ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति

फागुन पहिलो हप्ता दीप गायन ताराको ११ औ संस्करण

२७ माघ २०८०, शनिबार
२७ माघ २०८०, शनिबार

बुटवल, २७ माघ । दीप बोर्डिङ स्कुलले ४३ औ स्थापना दिवसको अवसरमा ११ औ संस्करणको जिल्लास्तर दीप गायन प्रतियोगिता हुने भएको छ । शनिबार पत्रकार सम्मेलन गरि विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले फागुन ४ र ५ गते हुने बताए। १२ वर्ष अघि शुरुवात भएको प्रतियोगिता सिक्ने र सिकाउने गरि शैक्षिकबाहेक गायन विधालाई प्राथमिकता दिएर शुरुवात गरेको उनले बताए । विद्यार्थीहरुमा लुकेर रहेका प्रतिभा प्रस्फुटन गराउन जिल्ला स्तरिय दिप गायन ताराको सोचअनुसार दशौ संस्करणसम्म आउदा सफल भएको उनले बताए ।

कार्यक्रममा संयोजक बालकृष्ण पाठकले विजेतालाई नगद ३० हजार रुपैया, उपविजेतालाई नगद २० हजार, तृतियलाई १० हजार रुपैया तथा दुई सान्त्वनालाई नगद २ हजार रुपैया, शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने बताए । अहिलेसम्म सम्पन्न दशौ संस्करणकका विजेताहरु अस्मिना चापागाई, प्रिया भण्डारी, अक्सर अलि, जुना गुरुङ, नबिन परियार, दिप्सन श्रेष्ठ, वर्षा परियार, सक्सेस पाण्डे, कुशल आचार्य र विबेक पंगेनी स्थापित गायकगायिका बनेका छन ।

प्रतियोगितामा फागुन ४ र ५ गते हुने छ । पहिलो चरणमा ट्रयाकबिना गित गाउने र उत्कृष्ट २० जनालाई दोस्रो चरणमा छनौट हुने छन। दोस्रो चरणमा ट्रयाकसहित गित गाउने र यो चरणबाट उत्कृष्ट ५ जनालाई पुरस्कार वितरण गरिने छ । यस चरणमा प्रतियोगीले एक राष्ट्रिय र एक स्वैच्छिक गीत गाउने छन । कुल साढे ६ लाख खर्च हुने अनुमान छ ।

हालसम्म१६६ विद्यालयहरुमा पत्राचार गरिएकोमा ५० विद्यालय दर्ता भैसकेको सहसंयोजक श्याम बश्यालले बताए । अघिल्लो संस्करणमा ५१ विद्यालयबाट प्रतिस्पर्धामा सहभागी भएको उनले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेलले विद्यालय पढ्नेमात्र नभई बालबालिकाको प्रतिभा प्रस्फुटनका प्रतियोगिता गर्न जरुरी रहेको बताए । पुर्वाधार विकास र शैक्षिक गुणस्तरको अर्को पाटाको रुपमा खेलकुद र अन्य गतिविधि भएको भन्दै यस्ता कार्यक्रमलाई सबै विद्यालयहरुले अनुसरण गर्नुपर्ने बताए ।

कार्यक्रममा विद्यालयका सहप्राचार्य ज्ञानु थापा, सुरेन्द्र कुमार शाक्य, दशौ संस्करणका संयोजक पुरुषोत्तम न्यौपानेले निस्पक्षताका लागि आयोजक विद्यालयबाट भाग नलिईने भन्दै कार्यक्रम सफल बनाउन सबैको साथसहयोग जरुरी रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?