ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति

पाकिस्तानमा इमरान खान समर्थक उम्मेदवारले जिते सबैभन्दा बढी सिट

२७ माघ २०८०, शनिबार
२७ माघ २०८०, शनिबार

काठमाडौं,२७ माघ । पाकिस्तानमा भएको आम निर्वाचनको जारी मतगणनामा इमरान खानको पार्टी पाकिस्तान तेहरिक ए इन्साफले समर्थन गरेका उम्मेदवारले सबैभन्दा बढी सिट जितेका छन् । पाकिस्तानमा बिहीबार ८ फेब्रुअरीमा मतदान भएको थियो । २६६ सदस्यीय नेसनल एसेम्बलीमा इमरान खान समर्थकले सबैभन्दा बढी ८३ सिट जितेका छन् ।
दोस्रो स्थानमा रहेको नवाज सरिफको नेतृत्वमा रहेको पाकिस्तान मुस्लिम लिग–नवाजले ६५ सिट जितेको छ । त्यस्तै पाकिस्तान पिपुल्स पार्टीले करिब ४२ सिट जितेको छ ।

इमरान खानले समर्थन गरेका अधिकांश उम्मेदवारहरू खैबर पख्तुनख्वाका हुन्। सबैभन्दा धेरै जनसङ्ख्या भएको राज्य पञ्जाबमा नतिजा आउन जारी छ।

यस चुनावमा पीटीआई प्रमुख इमरान खानलाई उठ्न दिइएन । उनको पार्टीलाई सार्वजनिक सभा पनि आयोजना गर्न दिइएन । यस्तो अवस्थामा पीटीआईका धेरै उम्मेदवारहरूले स्वतन्त्र उम्मेदवारका रूपमा यस निर्वाचनमा भाग लिएका छन् । पाकिस्तानमा स्वतन्त्र उम्मेदवारको रूपमा विजयी हुनेहरूले आफ्नो जितको ७२ घण्टाभित्र पार्टीलाई समर्थन दिनुपर्छ।
लाहोरको एनए १३० सिटबाट ठुलो मतान्तरले चुनाव जितेका नवाज शरीफले शुक्रबार साँझ आफ्नो पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीसँग आफ्नै बलमा सरकार बनाउनका लागि पर्याप्त सिट नरहेको समेत बताए । त्यसैले शहबाज सरिफलगायत उनको पार्टीका नेताहरूले पीपीपीका आसिफ अली जरदारी र एमक्यूएमलगायत अन्य दलका नेताहरूसँग भेट गर्नेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?