ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति
९ औ मणिमुुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०८०

अर्को पटक सुविधासम्पन्न पुर्वाधार तयार गर्छौ । – नगरप्रमुख खाड

बागमती प्रदेश, एपीएफ र कोशी प्रदेशले विजयी शुरुवात
२६ माघ २०८०, शुक्रबार
२६ माघ २०८०, शुक्रबार

बुटवल, २६ माघ । नवौ मणिमुकुन्द कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता शुक्रबारदेखि रुपन्देहीमा शुरु भएको छ । प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य प्रवद्र्धक तथा प्रायोजन, नेपाल भलिबल संघको संयोजन तथा मणिमुकुन्द भलिबल क्लबको आयोजनामा शुरु भएको प्रतियोगितामा बागमती प्रदेश, एपीएफ र कोशी प्रदेशले विजयी शुरुवात गरेका छन । तिलोत्तमा नगरपालिका वडा नं २ स्थित खेल मैदानमा भएको प्रतियोगिताको पहिलो दिनको खेलमा बागमतीले कर्णालीलाई ३–१ को सेट, कोशीले मधेस प्रदेशलाई ३–० को सोझो सेट तथा शसस्त्र प्रहरी बल एपीएफले लुम्बिनी प्रदेश टिमलाई ३–२ को सेटमा पराजित गर्दै अंक जोडेका छन ।

पहिलो खेलमा कर्णालीले पहिलो सेट २५–२२ अंकले खेलमा अग्रता लिएको थियो । तर त्यसपछि भने बागमतीले लगातार २५–१६, २५–१८ र २६–२४ अंकका साथ लगातार जित निकाल्दै खेलमा पहिलो जित निकाल्यो । दोस्रो खेल भने कोशी प्रदेशले मधेश प्रदेश माथि दबाबपुर्ण रुपमा २६–२४, २५–१६ र २५–१३ को अंकका साथ जित निकाल्यो ।

तेस्रो निक्कै प्रतिस्प्रर्धात्मक खेलमा लुम्बिनी प्रदेशले विभागिय टिमलाई कडा टक्कर दिएको थियो । स्थानिय दर्शकको साथ पाएको लुम्बिनीले पहिलो सेट २५–२१ अंकले जित्दै खेलमा अग्रता लिएको थियो । दोस्रो सेटमा भने अनुभवी विभागिय टिम एपीएफ खेलमा फर्कियो । दोस्रो र तेस्रो सेट एपीएफ २५–२०, २५–१९ ले जित्दै खेलमा अग्रता लियो । चौथो सेटमा भने लुम्बिनी २५–२० अंकको जित निकाल्दै खेललाई बराबरीमा ल्यायो । अन्तिम सेटमा एपिएफ १५–१० अंकले विजयी भयो ।

प्रतियोगिता अन्तर्गत शनिबार नेपाल पुलिस र सुदूरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब र मधेश प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश र कोशी प्रदेश तथा गण्डकी प्रदेश र कर्णाली प्रदेशबीच खेल हुनेछ । फागुन ३ गतेसम्म चल्ने प्रतियोगितामा प्रत्येक दिन ४ वटा खेल सञ्चालन गरिने संयोजक सुरेन्द्र गुरुङले बताए ।

कार्यक्रममा एक समारोहका बिच लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सिके गुप्ताले समुद्घाटन गर्दै खेलाडीहरुको हौसला बढाउने गरि प्रदेश सरकारबाट आवश्यक बजेट बिनियोजन गरि कार्यक्रमहरु ल्याएको बताए।सरकारबाट न्युन लगानी गरेको खेल क्षेत्रबाट विश्वमा नै खेलाडीहरु देशको नाम चिनाउदै आएको भन्दै खेल क्षेत्रको विकासमा आफुहरु लागेको बताए । खेलाडी छनौटको क्रममा नै हाम्रा भन्दा पनि राम्रा खेलाडी छनौट गर्ने परिपाटी विकास गर्न सुझाव दिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सदस्य सचिव जयप्रकाश भट्टराईले खेलकुद बहुआयाम बोकेको क्षेत्र भएको दाबी गरे । नेपाल खेल पर्यटनको सम्भावना बोकेको क्षेत्र भएको भन्दै यसमा सरकार योजनाबद्घ रुपमा लागेको बताए ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाडले खेलबाट मानिस स्वस्थ्यमात्र नभई अनुसासित, गतिशिल बनाउने बताए । खेलाडीहरु बिच सम्बन्ध बिस्तारमा मद्दत गर्ने उनले बताए । पुर्वाधार विकासमा पालिकाबाट निरन्तर जोड दिने बताउदै अर्को वर्ष क्षेत्रमा राष्ट्रिय प्रतियोगिता गराउन पुर्वाधार तयार गर्ने उनले प्रतिवद्घता जनाए ।

कार्यक्रममा नेपाल भलिबल संघका केन्द्रीय महासचिव रोशन श्रेष्ठले आफू १२ औ राष्ट्रिय भलिबल संघ २०४१/२०४२ सालमा मनाङमा यस क्षेत्रको टिमबाट खेलेको स्मरण गर्दै तत्कालिन टिम क्याप्टेन छबिलाल बिक र टिम कोच मोहन घलेलाई सम्झे । देशभरमा नै संस्थागत विकास गर्दै जनजनमा लैजाने योजना अनुसार खेलको विकासमा आफु निरन्तर लागेको बताए राष्ट्रको प्रतिष्ठाको विषय बनाएर भलिबलमा लागेका सबैप्रति नमन गरे । भलिबलको विकास र बिस्तार गर्ने गरि अन्तर्रक्रिया र प्रतियोगिताहरुमा जोड दिनुपर्ने बताए । यो ईन्डोर खेल भएकाले पनि पुर्वाधारमा कमजोर रहेको भन्दै यसतर्फ स्थानिय, प्रदेश र संघ सरकारको जोड दिन सुझाव दिए ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरीदेवि चौधरी, नेपाल भलिबल संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष योग गुरुङ, पुर्व राष्ट्रिय खेलाडी तथा पुर्व आईजी दोर्जे राई, क्लवका अध्यक्ष लोकन्द्र भण्डारी, निवर्तमान अध्यक्ष मिलन रानाले सबैको सहयोगमा खेल विकास हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?