ट्रेंडिंग:

>> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी

एभरेष्टले जित्यो प्रदेशस्तरीय हाजिरीजवाफको उपाधि

२६ माघ २०८०, शुक्रबार
२६ माघ २०८०, शुक्रबार

बुटवल,२६ माघ । प्रदेशस्तरीय अन्तर मावि हाजिरीजवाफ  प्रतियोगिताको उपाधि बुटवलको एभरेष्ट बोर्डिङ हाइ स्कूलले जितेको छ । न्यू होराइजन मावि बुटवलको आयोजनामा पुसदेखि सञ्चालित ३० औं संस्करणको प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनलमा अन्य ५ विद्यालयलाई पछि पार्दै एभरेष्ट विजेता बनेको हो ।
प्रतियोगितामा दमकडा मावि पालपा दोस्रो र सुनगाभा पब्लिक बोर्डिङ मुर्गिया तेस्रो भएका छन् । यस्तै जनता माावि (जेभिटी) तानसेन,मेचीकाली बोर्डिङ घोराही र जनज्योति विद्या मन्दिर घोराही सान्त्वना भएका छन् ।
विजयी विद्यालय र विद्यार्थीहरुलाई न्यू होराइजन संस्थाका कोषाध्यक्ष रामेश्वर श्रेष्ठ,विद्यालयका प्राचार्य लोकनाथ उपाध्याय,सहप्राचार्यहरु बालकृष्ण भण्डारी,बासुदेव अर्याल र राजीव श्रेष्ठ लगायतले पुरस्कार र प्रमाणपत्र प्रदान गरे ।

प्रथमले ३३ हजार,दोस्रोले २४ हजार र तेस्रोले १८ हजार तथा सान्त्वना भएका तीनवटा विद्यालयले ३ हजारका दरले नगद पुरस्कार प्राप्त गरे ।

फाइनल प्रतियोगिताको उद्घाटन गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माले हाजिरीजवाफ अरु अतिरिक्त क्रियाकलाप भन्दा फरक र ज्यादै महत्वपूर्ण विधा भएको उल्लेख गर्दै यसले विद्यार्थीलाई बौद्धिक क्षमतामा अब्बल बनाउने बताए । उनले न्यू होराइजन देशकै अग्रणी शैक्षिक संस्था बनेको भन्दै प्रतियोगितालाई राष्ट्रियस्तरको बनाउन सुझाव दिंदै सरकारले निजी विद्यालयलाई गरेको विभेद र पक्षपातविरुद्ध सबै निजी विद्यालयहरु एकजुट भएर आवाज उठाउनुपर्ने बताए ।

संस्थाका कोषाध्यक्ष रामेश्वर श्रेष्ठले गुणस्तरीय शिक्षासंगै विद्यार्थीको सर्वाङगीण विकास र सामाजिक उत्तरदायित्वका क्षेत्रमा संस्थाले ठूलो लगानी गरेको बताए ।

विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले संस्थागत र सामुदायिक विद्यालयहरुबीचको सम्बन्ध सुमधुर बनाउने उद्देश्यले २०५० सालमा शुरु भएको प्रतियोगिता जिल्ला हुदै प्रदेशस्तरीय बनाइएको बताए ।
बुटवल, लमही र तानसेनमा छनोट चरण भएको प्रतियोगितामा पहिलो चरणमा ८७ विद्यालयले प्रतिस्पर्धा गरेकामा तीन वटै केन्द्रमा प्रथम र दोस्रो भएका ६ वटा विद्यालय फाइनलमा प्रवेश गरेका प्रतियोगिताका संयोजक कमलापति अर्यालले बताए ।

यसअघि तीनवटै केन्द्रमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना ३ वटा टिमलाई क्रमशः प्रथम पुरस्कार ९ हजार, द्वितीय पुरस्कार ६ हजार, तृतीय पुरस्कार ४५ सय र प्रोत्साहन पुरस्कार ३ समूहलाई प्रति समूह १५ सयका दरले प्रदान गरिएको थियो । गत वर्ष भएको प्रतियोगितामा दाङको तुलसी माथि प्रथम, एभरेष्ट मावि बुटवल दोस्रो र बुद्ध पब्लिक मावि देवदह तेस्रो भएका प्रतियोगिता समापनका सञ्चालक विद्यालयका शिक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?