ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति

सर्वोच्चको आदेश कार्यान्वयनमा प्रादेशिक अस्पतालको अटेरी

एमालेले बुझायो ज्ञापन पत्र
२६ माघ २०८०, शुक्रबार
२६ माघ २०८०, शुक्रबार

बुटवल, २६ माघ ।

सर्वोच्चको आदेश कार्यान्वयन नगरेको भन्दै एमाले रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुदर्शन थापालाई ज्ञापन पत्र बुझाएको छ ।

सर्वोच्चले लुम्बिनी प्रदेश सरकारले यसअघि अध्यक्ष अजयमान श्रेष्ठलाई हटाई नयाँ अध्यक्ष नियुक्त गर्न गरेको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । तर सर्वोच्चको आदेश मेसुले अवज्ञा गर्दै अध्यक्षलाई पुनर्वहाली नगरेपछि एमाले रुपन्देहीले शुक्रबार मेसु थापाको ध्यानाकर्षण गराएको हो ।

तत्कालीन मुख्यमन्त्री लिला गिरीले नियुक्त गरेका अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठलाई हटाउन सरकारले अस्पताल गठन आदेश खारेज गरेको थियो । त्यसपछि प्रदेश भरका ६ अस्पतालका अध्यक्षहरु रिट सहित सर्वोच्च पुगेका थिए ।

त्यही बीचमा हालका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी नेतृत्वको सरकारले अस्पतालको अध्यक्षमा जीवन वझालाई नियुक्त गरेको थियो । तर सर्वोच्चले पुरानै निर्णय कार्यान्वयन गर्नु÷गराउनु भनेपनि अध्यक्षमा पुनर्वहाली हुनुपर्ने अजयमान श्रेष्ठलाई अझै पुनर्वहाली गरिएको छैन । मेसु थापाले सर्वोच्चको आदेश कार्यान्वयनमा असहयोग गरेको भन्दै एमालेले ज्ञापनपत्र बुझाएको हो ।

एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसीले अदालतको आदेशपछि स्वतः पुरानै अध्यक्षहरु पदमा रहने भएपनि मेसु थापाले अदालतको आदेशको अवहेलना गरेको बताए । उनले अन्य पाँच अस्पतालहरुमा पुरानै अध्यक्षहरुले काम गरिरहेको भएपनि लुम्बिनी प्रादेशिक अस्पतालमा भने मेसुकै कारण अध्यक्ष कार्यालयमा आउन नसकेको बताए ।

उनले मेसु डा. थापालाई अध्यक्षको नेमप्लेट र कुर्ची कार्यकक्षमा राख्न माग गरे । ज्ञापन पत्र बुझ्दै डा. थापाले सर्वोच्चको आदेश कार्यान्वयन गर्ने गराउने मुख्यमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालय रहेको भन्दै आफ्ना कारणले अध्यक्षको पुनर्वहाली नरोकिएको बताए । उनले मुख्यमन्त्री कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेको बताउँदै मुख्यमन्त्री कार्यालयले नै यो विषय टुंगोमा पुर्याउने बताए ।

साथै उनले आफ्ना कानुनी सल्लाहकारको राय सहित अघि बढ्ने समेत बताए । ज्ञापनपत्र बुझाउने कार्यक्रममा एमाले लुम्बिनी प्रदेश सदस्यहरु बावुराम भट्टराई, गोपाल राना, रुपन्देही क्षेत्र नं. २ का ईन्चार्ज क्रृषिराम पाण्डे, रुपन्देही सचिवालय सदस्य बावुराम पन्थी, नगर अध्यक्ष किसन ज्ञवाली, पुर्व मुख्य न्यायाधिवक्ता खुमाकान्त पौडेल लगायत अस्पताल पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?