ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

बुटवलमा भलिबलको ‘कुम्भ मेला’

२६ माघ २०८०, शुक्रबार
२६ माघ २०८०, शुक्रबार

बुटवल, २६ माघ । भलिबल खेलको पर्यायवाची बनेको छ, मणिमुकुन्द भलिबल क्लब । रूपन्देहीमा भलिबल खेल भन्ने बित्तिकै यो क्लबको नाम आउने गर्दछ । क्लबको ईतिहास र वर्तमानमा भलिबल छ । विशेषत पुरुष भलिबल विकासमा यो क्लबको योगदान रहेको छ । लुकेर रहेका युवा प्रतिभालाई खोजेर भलिबलमा निखार ल्याउने काम क्लबले गर्दै आएको छ । यस क्षेत्रमा युवा खेलाडीहरू उत्पादन गर्ने, नियमित अभ्यासमा जोड्ने, ब्यवसायिक बनाउने र उनीहरूलाई अवसर दिन प्रतियोगिता आयोजना गर्नेसम्ममा क्लब लागेको छ ।

तिलोत्तमाको सामुदायिक वन क्षेत्रमा खेल पूर्वाधारको प्रक्रियामा लागेको यो क्लब अहिले पहिलोपटक राष्ट्रिय भलिबल प्रतियोगिता आयोजनाको चटारो सकेको छ । बिहीबारबाट शुरु हुने प्रतियोगिताको विभागिय टिमहरू शसस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब लगायतका टिमहरू रूपन्देही आईसकेका छन । ९ औ मणिमुुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०८० को प्रदेश खेलकुद परिषद लुम्बिनी प्रवर्द्धन र मुख्य प्रायोजन, नेपाल भलिबल संघ संयोजन, तिलोत्तमा नगरपालिका र सहारा ईन्जिनियरिङ प्रालिको विशेष सहयोगमा मणिमुकुन्द भलिबल क्लबले गर्न लागेको हो ।

अन्तर जिल्ला र क्षेत्रिय गरि आठ वटा प्रतियोगिता भब्यताको साथ सम्पन्न गरेको क्लब पहिलोपटक राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्न लाग्दा धेरै महेनत गर्नु परेको मणिमुकुन्द भलिबल क्लबका अध्यक्ष लोकेन्द्र बहादुर भण्डारी बताउँछन । जिल्ला खेल खेलाएको अनुभवकै आधारमा आँट गरेर लागेको उनले बताए । ‘श्रोत जुटाउनेदेखी मैदानको तयारीसम्मको काममा खटिरहेका छौं ।’– थकित मुद्रामा उनले भने । प्रतियोगिताको स्वीकृति लिन प्रदेश खेलकुद परिषद लुम्बिनीबाट सहयोग मिलेको उनले बताए । यसैगरि प्रायोजनका लागि स्थानीय पालिकाहरू, संघसंस्थाहरूबाट सहयोग हुँदा प्रतियोगिता आयोजना गर्न आफूहरू ढुक्क भएको बताए ।

प्रतियोगिता प्रदेशकै गौरबका रूपमा रहेको प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई बताउँछन । आयोजनाको स्वीकृति लिनेदेखी प्रमुख प्रवद्र्धन र प्रायोजकका रूपमा सहयोग गरेको उनले बताए । प्रदेश आफ्नै कार्यक्रमका रूपमा लिएर आवश्यक सहयोगमा लागेको उनले बताए ।

क्लबका संरक्षक तथा प्रतियोगिताका संयोजक सुरेन्द्र गुरुङले दिनरात खटिएर तयारी अन्तिम चरणमा पुगेको बताउँछन । ‘पुस १८ गतेबाट शुरु भएको तयारी अब अन्तिम चरणमा पुगेको छ ।’–उनले भने । क्लबकै खेलमैदानलाई दैनिक ५० जना युवाहरू लागेर ब्यवस्थित गर्न लागेको उनी बताउछन । ‘हामीले ३ हजार दर्शक अट्ने प्याराफिट तयार गरेका छौ ।’–उनले भने । दर्शकको सुविधा र खेलाडीको सहजतालाई पहिलो प्राथमिकतामा राखेको उनले बताए । म्याटलाई सेट गर्ने काम भएको उनले बताए । मोफसलमा स्थानिय क्लबको पहलमा पहिलो पटक हुन लागेको हुँदा पनि धेरै चुनौती रहेको छ । स्थानिय, जिल्ला खेलाएको अनुभवकै आधारमा राष्ट्रिय गर्ने तयारी निक्कै कठिनाई भएको उनको अनुभव छ । खेल मैदानको ब्यवस्थापन देखि खेलाडीको गुनासो नआउने गरि काम गर्न आफूहरू खटिएको उनले बताए । बिहीबार टाईसिट निकाल्ने तयारी छ । प्रतियोगितामा सहभागी हुने प्रत्येक टिमबाट १२ जना खेलाडी र ३ जना अफिसियलसहित १५ जनालाई खाना र बस्नको ब्यवस्थापन आयोजककै हो । नेपाल भलिबल संघबाट तोकिएको रेफ्रि/अफिसियनहरूबाट खेलाईन्छ । प्रत्यक्ष प्रसारण नमस्ते सुर्खेत अनलाईन पोर्टलबाट हुने सम्झौता भएको छ ।

लिग कम नकआउटका आधारमा खेलाईने खेलमा २४ वटा म्याच हुने उनले बताए । प्रतियोगितामा भाग लिने २ सय जना खेलाडीलाई १ लाख रूपैया बराबरको ईन्सुरेन्स समेत गरिएको उनले बताए । प्रतियोगितामा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदुर पश्चिम प्रदेश भलिबल संघसहित त्रिभुवन आर्मि क्लब, नेपाल पुलिस क्लब र एपिएफ क्लब गरि १० टिमले भाग लिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?