ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

दोस्रो नेपाल चरा उत्सव नवलपुरमा

२५ माघ २०८०, बिहीबार
२५ माघ २०८०, बिहीबार

नवलपुर, २५ माघ ।

पुर्वी नवलपरासीको नवलपुरमा दोस्रो नेपाल चरा उत्सव हुने भएको छ । चरा उत्सव माघ २६ गतेदेखि २८ गते सम्म हुने भएको हो ।

चरा तथा तिनका वासस्थानको संरक्षण, जनचेतना सँगसँगै सरोकारवालाहरूलाई जीविकोपार्जनमा टेवा पुग्ने गरी चरा पर्यटनको विकास गर्ने उद्देश्यका साथ दोस्रो चरा उत्सव आयोजना गरिएको दोस्रो नेपाल चरा उत्सवका संयोजक मनशान्त घिमिरेले बताए । दोस्रो चरा उत्सव माघ २६ गतेदेखि २८ गतेसम्म तीन दिन नवलपुरको कावासोती नगरपालिका–१३ मा सञ्चालन गरिने र चराको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्नु नै चरा उत्सवको मुख्य उद्देश्य रहेको घिमिरेले बताए ।

नेपालमा सन् २०१८ मा पहिलो पटक चरा उत्सव भएको भए पनि त्यसलाई स्तरोन्नती गरी सन् २०१९ मा पोखरामा पहिलो नेपाल चरा उत्सव आयोजना गरिएको थियो । पोखरामा सम्पन्न प्रथम नेपाल चरा उत्सव पाँच बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको थियो ।

उत्सवको चार हजार पाँच सय स्थानीय र विद्यार्थीहरूले अवलोकन गर्ने र पंक्षी तथा जैविक विविधताको क्षेत्रमा काम गर्ने ३९ वटा संघसंस्थाका प्रतिनिधि, भारत, भुटान, श्रीलङ्का, मलेसिया, हङकङ, सिंगापुर, फिलिपिन्स, जापान, स्वीजरल्याण्ड, अमेरिका, आयरल्यान्ड, बेलायत, ताइवान लगायतका देशहरूबाट टुर अपरेटर लगायतको सहभागिता रहने वर्ड एजुकेसन सोसाइटीका अध्यक्ष टिकाराम गिरीले जानकारी दिए ।

उत्सवमा पंक्षी पहिचान तालिम, ट्रेल प्याकेज, फोटो प्रदर्शनी, पक्षिकला प्रतियोगिता, पेपर प्रस्तुति, फोटो प्रस्तुति, पंक्षी अवलोकन, गिद्धका गतिविधि अवलोकन, जङ्गल सफारी, लोकसांस्कृतिक प्रस्तुति, पक्षी सङ्गोष्ठी, प्यानल छलफल, विविध स्टल प्रदर्शनी, संरक्षण अवार्ड वितरण, अनुसन्धान अवार्ड वितरण, निःशुल्क स्वास्थ्य शिविर लगायतका गतिविधिहरू रहने जटायु रेस्टुरेन्टका व्यवस्थापक डि.बि. चौधरीले बताए ।

नेपालमा आठ सय ९४ प्रजातिका पंक्षीहरु पाइन्छन् भने नवलपुरको नारायणी नदी र चितवन राष्ट्रिय निकुञ्ज आसपास पाँच सय ६५ प्रजातिका चराहरू पाइने चौधरीको भनाइ छ । नेपालमा विश्वमै दुर्लभ मानिएका ४३ प्रजातिका चराहरू पाइने गरेकोमा नारायणी नदी र चितवन राष्ट्रिय निकुञ्ज आसपास विश्वमै दुर्लभ मानिएका ३९ प्रजातिका चराहरू पाइने गर्दछ ।

पोखरा पंक्षी समाजको आयोजना एवं जटायु रेष्टुरेन्ट व्यवस्थापन समिति र वर्ड एजुकेशन सोसाइटीको सह आयोजनामा दोस्रो नेपाल चरा उत्सव सञ्चालन गर्न लागिएको हो । उत्सवको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल पन्छी संरक्षण सङ्घको समन्वयमा नवलपुरमा दोस्रो पंक्षी उत्सव हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?