ट्रेंडिंग:

>> राजनीतिक र आर्थिक संकट समाधानका लागि संविधानमा पुनरावलोकन हुनुपर्छः त्रिपाठी >> बुद्धज्ञान शिक्षा विश्वव्यापी बनाउन पहल गरौँ : गृहमन्त्री श्रेष्ठ >> लौरियट्स एण्ड लिडर्स सम्मेलनबारे प्रदेशसभामा एमालेको विरोधः मुख्यमन्त्री ‘लेण्डुप दोर्जे’ बन्न खोजेको आरोप >> होटलको छतबाट खसेर एकको मृत्यु >> ५० करोड लागतमा भैरहवामा पर्यटकलक्षित होटल ल्याण्डमार्क सञ्चालनमा >> वीरेन्द्रनगरमा पहिलो महिला सम्मेलन हुँदै >> शालिनको पोस्टमार्टम रिपोर्ट : बलात्कार पुष्टि भएन, झुण्डिएर मृत्यु >> शिखर सम्मेलनबारे विपक्षीले विरोध गर्ने संकेत पाएपछि प्रदेशसभामा गएनन् मुख्यमन्त्री (लाईभ) >> सामाजिक रुपान्तरणका लागि महिला मञ्च दाङको अध्यक्षमा आचार्य >> लुम्बिनी प्रदेशसभामा शिखर सम्मेलनबारे किन बोलेनन् प्रधानमन्त्री ? >> दादुरा रुवेला विरुद्ध खोप सोमबारबाट >> प्रचण्ड र ओलीबीच बालुवाटारमा वार्ता >> राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासहित २० सदस्यको पदावधि आजदेखि सकिँदै >> शिक्षण सिकाई सहजिकरणमा अनलाइन र डिजिटल माध्यम >> शालिन पोखरेल मृत्यु घटनामा के भन्यो प्रहरीले ? (विज्ञप्तिसहित) >> सरकार र दूध उत्पादक किसानबीच पाँच बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित >> पश्चिमी वायुले देशभरको मौसम बदली, धेरै ठाउँमा मेघ गर्जनसहित वर्षाको सम्भावना >> महासमिति बैठक कागको कथन जस्तै भयो : उपसभापति गुुरुङ >> घोषणाको चार वर्षपछि गाउँटोलमा शौचालय अभियान >> बाली उपचार चिकित्सामा मिश्र सरको व्यस्तता उस्तै >> धार्मिक बसले बढायो श्रद्धालु >> नेताका सम्पत्ति शुद्विकरण गर्नुपर्ने >> वन्यजन्तु चोरी शिकारीको चिन्ता >> वन्यजन्तु संरक्षणका चुनौतीहरू >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> करिश्मामा निशुल्क स्वस्थ्य परिक्षण तथा परामर्श >> नागरिक समाज दाङको संयोजकमा थापा  >> पश्चिम नेपाल बस ब्यबसायीद्वारा बधार्ई तथा सम्मान >> मानसिक स्वास्थ्य रणनीतिको विषयमा वृहत छलफल >> संघीयता लागु गर्न नचाहने प्रवृत्ति अहिले पनि छ : प्रधानमन्त्री >> नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नेपाल फाइनलमा >> राष्ट्रिय लनटेनिस प्रतियोगिता : प्रदिप र अभिलाषालाई उपाधि >> लुम्बिनीमा मौलिकता झल्किने नेपाल थेरवाद विहार >> नेपाललाई नेदरल्यान्डले दियो १२१ रनको लक्ष्य >> मिसन ८४ को नारालाई सफल पार्न आफैमा रुपान्तरण पहिलो शर्त : अध्यक्ष बस्नेत >> चौतर्फी आलोचनापछि पत्रकार सम्मेलन गर्न मुख्यमन्त्री वाध्य,सरकारको २ करोड मात्रै,अरु विदेशी सहयोग भन्दै बचाउ >> लुम्बिनी अस्पतालमा मातृ तथा शिशु स्वास्थ्यका लागि सहयोग बढाउने दातृ निकायको प्रतिवद्धता >> नेदरल्यान्ड्सविरूद्ध पहिले फिल्डिङ गर्दै नेपाल >> आज लुम्बिनी बौद्ध विश्वविद्यालयको १५ औं सभाको बैठक, प्रधानमन्त्रीले उद्घाटन गर्दै >> थारु मानक भाषाका लागि भाषा वर्ण निर्धारण अभ्यास >> लोक सांस्कृतिक महोत्सवले संस्कृतिको प्रवद्र्धन गर्छ : मन्त्री थापा >> गोमाको ‘घरको अचार’ >> बाउन्नगढी नै प्राचीन बौद्धकालिन सम्पदा >> साइन्सोत्सव >> छत्रेश्वरीमा छाडा गाई व्यवस्थापन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनीमा राज्य पक्षबाट शान्ति भंग गर्ने प्रयास भयो : सांसद शुक्ला (भिडियो सहित) >> न्यून गुणस्तरका तीन औषधी विक्रिमा रोक >> लुम्बिनी, बाग्मती र एपीएफको जित >> एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी
विचार

बालिकाहरूमा डरत्रासको मनोविज्ञान र असर

२५ माघ २०८०, बिहीबार
२५ माघ २०८०, बिहीबार

लुसी भन्छिन– मेरो बाल्यकाल कसरी वित्यो त्यो मलाई थाहा छैन । अग्रजले भनेको आधारमा म भाग्यमानी सन्तान हुँरे । जब म सानो थिएँ, आमाले मलाई घरमा थुुनेर काम गर्न जानुु हुुन्थ्यो । म कराउने, रुने, झ्यालबाट बाहिर हेर्ने गर्थे । आखिरमा निरास हुुँदै थाकेर निदाउँथे । बिउँतिदा भोक लागेको हुुन्थ्यो । आमाले खाने कुरा कोठाको छेउमा छोड्नुु भएको हुुन्थ्यो । चिसो भए पनि मिठो नभएपनि त्यही खाएर चुुप लाग्थेँ । चिसो र डरले होला दिसा पिशाव लागि रहन्थ्यो । त्यसको लागि भाँडो त्यही हुन्थ्यो । भाँडोको आकार नमिलेर वा के हो भाँडो ढल्ने र पोखिने हुुन्थ्यो । कहिले दिसा धुुन बिर्सन्थेँ । आमा आएपछि धोइ दिनुुहुुन्थ्यो । यसरी थुुनिएर हुुर्किएको म विद्यालय जानुुपर्ने भयो । विद्यालय जान मन लागेन । डर लाग्यो । डर भुुतको थियो । तीन घण्टे आउँछ भन्दै अग्रजले डराइ दिने गर्थे । मकै बारीमा तीन घण्टे आउँछ भन्थे । मैले कहिलै देखिन तर डराइरहँे । बारीको काँक्रो चोर्छन । मकै भाँचि दिन्छन् भन्ने त्यसबेलाको मानिसको सोँच थियो होला । मलाई विद्यालयमा जाँदा पनि त्यहि तीन घन्टे आउँला कि भन्ने डर भयो । विद्यालय जानेबाटो सुुनसान थियो । सधै डराइ डराइ विद्यालय जाने गर्थे । फेरी अर्को डर थपिदिए, जोगीले लैजान्छ भन्ने । मलाई सानैमा एक सन्यासी वाबाले तर्साएका थिए । अव त साँच्चै जोगीले लैजान्छ भन्ने डर लाग्यो । यसरी मलाई बाल्यकालमा भूत, तीन घन्टे र जोगीको डर भयो । जसबाट सुुरक्षित हुुने आश थियो उनीहरूले नै मेरो दिमागमा डर हालिदिए । म झनै डरपोक र कमजोर भएँ । मेरो बाल मस्तिष्कमा बिस्तारै डर हुुर्किदै गयो । मेरो उमेरमा परिपक्कता आएपछि शारीरिक परिवर्तन देखाप¥यो । त्यसपछि डरको अर्को अध्याय शुरु भयो । डरको पाठ पढाउने पालो आयो आमा, काकी र हजुुरआमाको । उहाँहरू डर पढाउने शिक्षक बनेर आउनुु भयो । उहाँहरूले आफू सक्दो डर मेरो दिमागमा भर्दै जानुुभयो । उहाँहरूले मलाई केटा मान्छे अर्थात लोग्ने मान्छेसँगको डर थप गरिदिनुु भयो । उहाँहरू भन्नुुहुन्थ्यो– अब लोग्ने मान्छेको नजिक जाँदा ठाडो शीर गराउँदै जाने होइन । शरीरमा आएको परिवर्तन देखिने गरि हिड्ने होइन । छातीको आकार देखाउनुु हुुँदैन । सलले छोप्नुु पर्दछ । तँ ठूली भइस् । सानी छैनस् । तेरो उमेरमा त हाम्रो विवाह भइसकेको थियो । मलाई उहाँहरूको यो कुुराले डर लाग्यो । अर्काको घर पठाईदिने हुुन कि, यदि अरूको घरमा पठाइदिए के गर्ने ? रुने त होला नि । मनमा यस्तै कुराको डर हुुन्थ्यो ।

म पहिलोपटक महिनावारी भएपछि अर्को डर थपी दिनुभयो– अब लोग्ने मानिसहरूसँग छोइस भने गर्भवती बन्छस् । पेटमा बच्चा आउँछ । बेइजत हुुन्छ । पाप लाग्छ । यसरी डर र अल्पज्ञान भरि दिनुुभयो । मलाई केटा मान्छेसँग छोइनुु हुुदैन भन्ने भ्रम र डर भयो । गर्भवती भइने डरले कक्षा १० पढ्ने वेलासम्म नछोइने प्रयास गरिरहेँ । भागिरहेँ । केटो मान्छेसँग बोल्दा नजिक हुने र छोइने डरले म प्रायः बोलिन । कक्षामा केटीहरूसँग मात्र बसेँ । केटा मान्छेको नजिक हुनुु हुँदैन भन्ने डरले विद्यालय जीवनमा अगाडी गएर बोल्न पनि लाज भयो । म खाली आफुुलाई बचाउने लुुकाउने प्रयासमा लागिरहेँ । शिक्षक पनि केटो मान्छे हो उहाँहरूसँग बोल्न र नजानेको कुुरा सोध्न डर भयो । त्यसको प्रभावले पढाई कमजोर भयो । म धेरै पछि परेँ । म यति डरमा बाँचेकि कुनै गल्ती भइहाले आफ्नो कुुरा सुुनाउन नसक्ने अवस्था थियो । परिवारले गल्ती कुुन बेला होला र दण्ड गरौँला जस्तो गरि कुुरेको मात्र भान हुुन्थ्यो । छोरा छोरी हुुर्काउने ज्ञान अभिभावकलाई नहुुँदाको असरको शिकार म भइरहेकी थिएँ । परिवारमा कुुरा राख्दा छोरी मान्छे धेरै जान्ने भएको राम्रो होइन, पोँथी बासेको अलक्षिन हुन्छ । चुुपचाप बस् भन्थे । साथीहरू बादविवाद र वक्तृत्वकला प्रतियोगितमा भाग लिइरहँदा आफ्नो भने घरमा बोल्न पाउने वातावरणपनि थिएन । बाल अधिकार र प्रतिभा प्रष्फुटनको कुुरा निकै पर भयो । घरमै मुख बन्द गर्न लगाएपछि अन्याय पर्दा बोल्ने बानी नहुनेरैछ ।

आमा, काकीहरू र हजुुर आमाको मनमा म बलात्कृत हुुन्छुु कि ? कसैले लोभाई फकाई गरि नराम्रो काममा फसाउँछ कि ? भन्ने डर थियो होला । उहाँहरूले अरूको घटना देखेर मलाई सजक बनाउन खोज्नुु भएको थियो होला । उहाँहरू भन्नु हुन्थ्यो– केटा मान्छे मात्रै भएको घरमा भित्र नछिर्नुु । मेरो आमाको पुुरुषप्रतिको अविश्वास विस्तारै मेरो मस्तिष्कमा सरेको जस्तो भयो । जति उमेर बढ्दै जान थाल्यो उति डर र तनाव दिन दुुई गुुना रातमा चौगुुणा बढ्दै जान थाल्यो । बसमा यात्रा गर्दा पुुरुषहरूले मलाई छुुन्छन् कि भन्ने डर विकसित भयो । म उकुुस मुुकुुस भएकी हुुन्थेँ । कुनै पुुरुषको अनुुहारमा हेर्ने आँट हिम्मत ममा हुुदैन थियो । म हिन्दुु परिवारमा जन्मे पनि मलाई मानसिक रूपमा डर, लाज, शरमको तीनपत्रे बुुर्का लगाइएको थियो । यात्रा गर्दा बस भिडमा हुुन्थ्यो । केटीहरू मात्रै चढ्ने बस भए पनि हुुन्थ्यो जस्तो लागिरहन्थ्यो । छात्राले मात्रै पढ्ने स्कुुल र कलेज हुुन्छन् भन्ने सुुनेकी म सधै यस्तै बसको खोजिमा निष्कन्थे तर दुुर्भाग्य त्यस किसिमको बस आजसम्म पनि पाइएन । डरले मलाई धेरै हदसम्म आत्मनिर्भर हुनबाट रोक्यो । शिक्षक र साथीहरूसँग खुुलेर बोल्न सक्ने बनिन् । जसले मलाई आम सञ्चारमा पछि पायो ।

कक्षा ११ र १२ पढ्न जाँदा बिहानी कक्षा थियो । डर र तनाव शुुरु भयो । ६ बजे कलेज लाग्थ्यो । जाडो मौसममा हुुस्सुु र कुुहिरो लागेर ७ बजेसम्म अध्याँरो सुुनसान हुन्थ्यो । घरबाट ५ः३० मा निष्कनुु पथ्र्यो । अध्याँरोको डर, लोग्ने मान्छे भेटिने डर र साथी नभएकोले अनेकाँै डर मनमा खेलिरहेको हुुन्थ्यो । बेलुुका सुुत्ने बेलादेखि भोली विहानको पिर हुुन्थ्यो । कहिलेकाँही भोलीदेखि नडराइ कलेज जान्छुु भन्ने हिम्मत निकाल्थेँ तर विहानपखको चिसो सिरेटोले बाहिरी छालालाई प्रभावित गर्दथ्यो भने डरले मन चिसो हुुन्थ्यो । आँट हिम्मत नहुुँदा कक्षा १५ देखि ३० मिनेट सम्म छुुट्ने गर्दथ्यो । शिक्षक र साथीहरूले ढिलो आउने अल्छी भनि जिस्काउने गिज्याउने गर्थे । डरकै कारण टाढाको राम्रो कलेज पढ्न जान सकिन । स्नातक तह पढ्दा विहे भएका साथीहरू र पुुस्तकहरूको थप अध्ययन गर्दा गर्भवती हुन धेरै संयोग मिल्न पर्ने रहेछ भन्ने बास्तविकता थाहा पाएँ । महाभारतको कथामा कुुन्ती सुुर्यबाट गर्भवती भएको पढेकी म त्यसैलाई बास्तविक ठानेको थिएँ । सहि ज्ञान पाएपछि भ्रममा बाँचेको बुुझेँ ।
समय, साथी र परिवेश फरक फरक हुुँदै जाँदा मेरो सोचाइमा पनि नयाँपन विकास भयो । ज्ञान थप भयो । मभित्रको अज्ञानता हट्यो । अज्ञान भन्दा डरले सानैमा जरा गाडेको त्यो हटेन । लाज हटेन । त्यो प्रभाव आजसम्म पनि केही हद बाँकी छ । यसलाई म आजकाल महिलाको संस्कारको रूपमा स्वीकार गरेकी छुु । स्नाकोत्तर तहमा विश्वविद्यलयमा अध्ययन गर्न जाँदा म पूर्णरूपमा फरक विचारले संसार हेर्ने भएको थिएँ । आफै एक्ले बाँच्न सक्छुु । बस्न सक्छुु भन्ने आँट आउँदै गयो । साथीहरू र गुुरुहरूको कुरा सुुन्ने गरेँ । धेरै तितामिठा अनुुभवहरू संगाले । लाज, डर र शरम ममा किन रह्यो होला ? यसको उत्तर मनमनै सोच्छुु, बाल मस्तिष्कमा के रोपेको हो त्यो पछि फल्ने रहेछ । अझैपनि महिला डर त्रासमा बाँचेका छन्, वेलावेला छात्राहरू असुुरक्षित भएको र जवरजस्तीकरणीमा परेको समाचार आइरहन्छन् । यो जमानामा पनि महिलाहरू किन निर्धक्क छैनन् । विद्यालयदेखि विश्वविद्यालयका छात्राहरू कुनै न कुुनै खालको डरबाट पीडित छन् । उनीहरूमा डर जीवित छ ।

असुुरक्षाको कारण केटी मान्छेलाई उसको बा आमाले आर्थिक हैसियत भएपनि टाढा राम्रो विषय र कलेज पढ्नको लागि पठाउन सकेका छैनन् । सानोदेखि मनमा डर नभएकाहरू अध्ययनको लागि विदेशका विश्वविद्यालय चाहार्दै गर्दा कतिपयले भने आफ्नो देश र परिवेशमै असुुरक्षित मानिरहेका छन् । छात्राहरूलाई कलेजमा किन ढिलो आएको ? पहिलो पिरियड पढ्न किन नआएकी भन्दा उनीहरू भन्छन्– म्याडम, डर लाग्छ । अध्यारो हुुन्छ । पहिलो पिरियड चाहाना हुुँदाहुुँदै पनि आउन सकिन्न । यो उत्तर सुुन्दा आफुु विगतमा डराएको यादले चसक्क पार्छ । जाडो मौसमा कुुहिरो लाग्दा कति छात्रा एक्लै हिडन डराउने रहेछन् । आज पनि यो डर जीवित छ । छात्राहरूले डरको कारण पढाइमा पछि पर्नुु परेको छ । कक्षा गुुमाउनुु परेको छ । यो दुुःखत प्रमाण हो । विवाह अघिको केटा मान्छेको डर, विवाहपछि श्रीमान, उहाँको घर परिवार र नाता, छिमेक हरेक कुरामा डर । अझ माइतीको इज्जत बचाउनुु पर्ने डर । यस्तँै अनेकौँ डर हुने रहेछ । सामाजिक बन्धन र पारिवारीक बन्धन टुुट्लाकी भन्ने डर हुुने रहेछ । आत्मविश्वास बढ्दै गए पनि डरका रूप र प्रकृति फरक फरक हुुने रहेछ । सानो उमेरमा डर र जिम्मेवारीले थिचेपछि सृजनात्मक र उर्जाशील उमेर खेर जान्छ । यसको प्रत्यक्ष असर अध्ययन र व्यक्तित्व विकासमा पर्दछ । यसरी हुुर्किएपछि अन्याय र हिंसाविरुद्ध आवाज बुुलन्द गर्न सक्दैन् । त्यसकारण हामी वालवालिकाको दिमागमा डर होइन, कारण र त्यसको प्रभावबारे ज्ञान भरि दिनुुपर्छ । काल्पनिक डरबाट बाहिर निष्कन सिकाउनुुपर्छ । लाज र डरको कारण बच्चा पछि पर्छन् भन्ने कुुरा अभिभावकले बुुझ्न पर्दछ । सुुरक्षित वातावरण निर्माण गर्नुु गराउनुुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?