ट्रेंडिंग:

>> लुम्बिनीको शिखर सम्मेलनबारे संघीय संसदमा उठ्यो प्रश्नः सम्मेलन रोक्न एमालेको माग (भिडियोसहित) >> राजनीतिक र आर्थिक संकट समाधानका लागि संविधानमा पुनरावलोकन हुनुपर्छः त्रिपाठी >> बुद्धज्ञान शिक्षा विश्वव्यापी बनाउन पहल गरौँ : गृहमन्त्री श्रेष्ठ >> लौरियट्स एण्ड लिडर्स सम्मेलनबारे प्रदेशसभामा एमालेको विरोधः मुख्यमन्त्री ‘लेण्डुप दोर्जे’ बन्न खोजेको आरोप >> होटलको छतबाट खसेर एकको मृत्यु >> ५० करोड लागतमा भैरहवामा पर्यटकलक्षित होटल ल्याण्डमार्क सञ्चालनमा >> वीरेन्द्रनगरमा पहिलो महिला सम्मेलन हुँदै >> शालिनको पोस्टमार्टम रिपोर्ट : बलात्कार पुष्टि भएन, झुण्डिएर मृत्यु >> शिखर सम्मेलनबारे विपक्षीले विरोध गर्ने संकेत पाएपछि प्रदेशसभामा गएनन् मुख्यमन्त्री (लाईभ) >> सामाजिक रुपान्तरणका लागि महिला मञ्च दाङको अध्यक्षमा आचार्य >> लुम्बिनी प्रदेशसभामा शिखर सम्मेलनबारे किन बोलेनन् प्रधानमन्त्री ? >> दादुरा रुवेला विरुद्ध खोप सोमबारबाट >> प्रचण्ड र ओलीबीच बालुवाटारमा वार्ता >> राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासहित २० सदस्यको पदावधि आजदेखि सकिँदै >> शिक्षण सिकाई सहजिकरणमा अनलाइन र डिजिटल माध्यम >> शालिन पोखरेल मृत्यु घटनामा के भन्यो प्रहरीले ? (विज्ञप्तिसहित) >> सरकार र दूध उत्पादक किसानबीच पाँच बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित >> पश्चिमी वायुले देशभरको मौसम बदली, धेरै ठाउँमा मेघ गर्जनसहित वर्षाको सम्भावना >> महासमिति बैठक कागको कथन जस्तै भयो : उपसभापति गुुरुङ >> घोषणाको चार वर्षपछि गाउँटोलमा शौचालय अभियान >> बाली उपचार चिकित्सामा मिश्र सरको व्यस्तता उस्तै >> धार्मिक बसले बढायो श्रद्धालु >> नेताका सम्पत्ति शुद्विकरण गर्नुपर्ने >> वन्यजन्तु चोरी शिकारीको चिन्ता >> वन्यजन्तु संरक्षणका चुनौतीहरू >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> करिश्मामा निशुल्क स्वस्थ्य परिक्षण तथा परामर्श >> नागरिक समाज दाङको संयोजकमा थापा  >> पश्चिम नेपाल बस ब्यबसायीद्वारा बधार्ई तथा सम्मान >> मानसिक स्वास्थ्य रणनीतिको विषयमा वृहत छलफल >> संघीयता लागु गर्न नचाहने प्रवृत्ति अहिले पनि छ : प्रधानमन्त्री >> नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नेपाल फाइनलमा >> राष्ट्रिय लनटेनिस प्रतियोगिता : प्रदिप र अभिलाषालाई उपाधि >> लुम्बिनीमा मौलिकता झल्किने नेपाल थेरवाद विहार >> नेपाललाई नेदरल्यान्डले दियो १२१ रनको लक्ष्य >> मिसन ८४ को नारालाई सफल पार्न आफैमा रुपान्तरण पहिलो शर्त : अध्यक्ष बस्नेत >> चौतर्फी आलोचनापछि पत्रकार सम्मेलन गर्न मुख्यमन्त्री वाध्य,सरकारको २ करोड मात्रै,अरु विदेशी सहयोग भन्दै बचाउ >> लुम्बिनी अस्पतालमा मातृ तथा शिशु स्वास्थ्यका लागि सहयोग बढाउने दातृ निकायको प्रतिवद्धता >> नेदरल्यान्ड्सविरूद्ध पहिले फिल्डिङ गर्दै नेपाल >> आज लुम्बिनी बौद्ध विश्वविद्यालयको १५ औं सभाको बैठक, प्रधानमन्त्रीले उद्घाटन गर्दै >> थारु मानक भाषाका लागि भाषा वर्ण निर्धारण अभ्यास >> लोक सांस्कृतिक महोत्सवले संस्कृतिको प्रवद्र्धन गर्छ : मन्त्री थापा >> गोमाको ‘घरको अचार’ >> बाउन्नगढी नै प्राचीन बौद्धकालिन सम्पदा >> साइन्सोत्सव >> छत्रेश्वरीमा छाडा गाई व्यवस्थापन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनीमा राज्य पक्षबाट शान्ति भंग गर्ने प्रयास भयो : सांसद शुक्ला (भिडियो सहित) >> न्यून गुणस्तरका तीन औषधी विक्रिमा रोक >> लुम्बिनी, बाग्मती र एपीएफको जित
कृषि

आकाशे पानीको भरमा अन्न भण्डार

२४ माघ २०८०, बुधबार
२४ माघ २०८०, बुधबार

पाल्पा, २४ माघ ।

जिल्लाको सबै भन्दा ठूलो अन्न भण्डार मानिने माडी फाँटमा दीर्घकालीन सिचाईको व्यवस्था नहुँदा यहाँका किसान आकाशे पानीमा निर्भर हुनु परेको छ । धान, मकै, तेलहन दलहन वाली उत्पादनको प्रचुर संभावना बोकेको हजारौ रोपनीमा फैलीएको माडी फाँटमा एक वाली धानमा मात्र सीमित हुनु परेको छ ।

तीन दशक अगाडि सम्म वर्षे चैते, धान, गहुँ, मसुरो लगायत अन्य क्षेत्रमा समेत निर्यात गरेका कृषकहरु भन्छन्, “यो फाँटमा उब्जिएका खाद्यान्न तथा अन्य दलहन तथा तेलहन वालीले जिल्लालाई आत्मनिर्भर बनाएको थियो । पछिल्ला दशकमा पानीका श्रोतहरु सुक्दै गएपछि सिचाइको समस्याका कारण एक वाली धानलाई जसोतसो निरन्तरता रहर भन्दा बाध्यता रहेको छ ।”

तीन दशक अगाडि सम्म २० रोपनी क्षेत्रफलमा चैते धान लगाएका कृषक बुद्धिमान कुमाल भन्छन्, “पहिले पहिलेको समय त अहिले एकादेशको कथा जस्तै भएको छ । सिचाइको लागि प्रयोग भएका त्यति बेलाको कुलोमा अहिले नाम निसान नै छैनन् ।” भएका कुलोहरुमा पानी लगाउन साउन महिना कुर्नु पर्ने अवस्था रहेको उनी बताउँछन् । चैते धानका लागि फागुन महिनामै व्याड बनाउनु पर्छ । त्यतिबेलादेखि नै कुलोमा पानी बन्द भएपछि चैते धान लगाउने कृषकहरुको सख्या शुन्य नै भएको उनी बताउँछन् ।

कुनै समय माडीमा उब्जिएको धान खरिद गर्न भनेर तानसेनबाट घोडा लिएर फाँटमा खेत भएका मदन पोखरा, कसेनी, पोखराथोकका बस्ती बस्तीमा पुगेका पुराना पुस्ताका नारायण बहादुर भाट भन्छन्, “दैनिक २० मुरी धान तानसेनको मिलमा कुटेर स्थानीय बजारमा बिक्री हुन्थ्यो । आफुसंग १०÷१५ जना घोडा लिएर जाने हुन्थे । बोरा नाम्लोले बोकेर ल्याउने २० जना भन्दा बढी हुन्थे ।” माडीमा त्यतिका धान फलेर बाहिर निर्यात हुने फाँटमा त्यतिबेला बाहिरबाट ठूलो परिमाणमा चामल भित्र्याउन भनेर लज्जाबोधको कुरा भएको स्थानीय कर्ण बहादुर कार्की बताउँछन् । “पहिला त सिंचाइको समस्या थिएन । गाउँका सबै मिलेर खोलाबाट कुलो बनाउने काम हुन्थ्यो ।”

२०४६ सालको राजनैतिक परिवर्तन भएसंगै खोलाको दोहन हुने कार्य बढ्दै गयो । खोलाको दोहनको कारण पानी सुक्यो । त्यसैगरी २०६२ सालपछि पानीको मुहान भएका ठाउँहरुमा अनधिकृत रुपमा डोजरको प्रयोग बढ्यो । डोजरको कारण कतै पानीको मुहान पुरियो त कतै भूक्षय बढ्यो । त्यसको परिणाम खोला भन्दा खेतको सतह माथि हुदा समस्या भएको कसेनी गाउँका पुराना पुस्ताका स्थानीय कृषक तिलक घिमिरे बताउँछन् ।

बहुदलीय व्यवस्थाको पुनःस्थापना भएपछिका समयमा सम्पन्न भएका प्रतिनिधि सभाका निर्वाचनमा उमेदवारले बनाएका चुनावी घोषणा पत्र, प्रतिवद्धता पत्रहरु माडी फाँटमा सिंचाइको दिगो व्यवस्थापन गर्ने कार्य उल्लेख गरेपनि हालसम्म सिचाइको ठूला योजनाको थालनी हुन नसकेको स्थानीयहरुको भनाई छ ।

माडी फाँट हालको तानसेन नगर, वगनासकाली गाउँपालिका, रम्भा, माथागढी, तिनाउ गाउँपालिकाको पहाडको काखमा फैलिएको छ । यही क्षेत्रबाट निर्वाचित प्रतिनिधि संघीय सरकारका मन्त्री भए । प्रदेश सरकारको विषयगत अन्तर्गत सिचाई मन्त्री सम्म भए । तर यहाँको खेतियोग्य जमिन सिचाईको अभावमा बाँझिने क्रम समेत बढ्दै गएको छ । यही माडी फाँटको शिरमा मुहान भएर माडी फाँट हँुदै दक्षिणतर्फ बग्ने थुप्रै खोलाहरु छन् र त्यही पानीको श्रोतबाट रुपन्देहीमा सिचाइको मुख्य श्रोत बनेको छ । यहाँ तिनै खोलाहरु उपयोगमा आउन सकेका छैनन् । यहाँ भूमिगत पानीको प्रयोगबाट समेत सिचाई संभावना भएपनि त्यसतर्फ पहल नभएको पोखराथोकका कृषक तथा पुर्व जनप्रतिनिधि टेकनाथ गैरे बताउँछन् ।

सिचाई डिभिजन कार्यालयका प्राविधिकहरु पनि माडी फाँटमा दीर्घकालीन खालका ठुला योजना नै नभएको स्विकार गर्छन् । तराईमा जस्तो भूमिगत पानीको श्रोतबाट सिचाई गर्न सकिने भए पनि प्रर्याप्त बजेट नहुँदा त्यस विषयमा सम्भाव्यता अध्ययन गर्न सकिएन । खोलामा ड्याम बनाउन पनि सकिन्छ यो खर्चिलो प्रविधि हो ।

भूमिगत पानी विद्युतको माध्यमले तानेर सिचाइ गर्न सकिने भएपनि सरकारले यस्ता योजना बनाउन पहल गर्नु पर्ने सम्वद्ध प्राविधिकहरु बताउँछन् ।

सरकारको लगानी वालुवामा पानी

एक दशक अगाडि रुपन्देहीको बुटवलमा रहेको भूमिगत सिचाई कार्यालयद्वारा माडी फाँटमा गरेको लाखौं रुपैयाँ लगानी वालुवामा पानी जस्तै भएको छ ।

चापाकलको माध्यमबाट सिचाई गर्ने प्रविधि ल्याए पनि विद्युतको पहँुच पुग्न नसक्दा सरकारको लगानी वालुवामा पानी जस्तै भएको छ ।

फाँटमा २० भन्दा बढी चापाकलहरु गाडिएका छन् । यसका टाउको सबै चोरी भएका छन् । विद्युतीय मोटरले पानी तान्ने योजना पहँचका आधारमा ल्याइयो । त्यसमध्ये दुईवटा मात्र संचालनमा आएका छन् । सरकारको योजना प्रयोग नभएको एउटा गतिलो उदाहरण भएको स्थानीय इन्द्र बहादुर पचभैया बताउँछन् ।

यसका विकल्प पनि थिए । तल्लो फाँटमा ठुला ठुला मोटरले पानी तान्न सक्थ्यो । त्यसैले ठुलो क्षेत्रफलमा सिचाई गर्न सकिने भए पनि त्यति बेला टाठा बाठाले ल्याएको योजनाबाट सरकारी रकमको सदुपयोग भन्दा दुरुपयोग बढी नै भएको स्थानीयहरुको भनाइ छ ।

तत्कालीन समयमा यो योजना कसरी आयो, कसले ल्यायो, के काम गर्ने भन्ने विषयमा छलफल नै भएन । एकाएक फाँटमा चापाकल –(एन्डपाइप) गाड्न थाल्दा आफुलाई थाहा भएको तानसेन नगरपालिका वडा नं. ९ दमकडाका कृषक तथा पुर्व जनप्रतिनिधि हरि सुमर रेग्मी बताउँछन् । खाद्य भण्डार मानिने माडी फाँटमा ठुला ठुला योजना नै छैनन् । साना साना योजनाबाट कर्मचारी र ठेकेदारलाई मात्र लाभ पुग्ने भएकोले पनि सरकारको योजना वालुवामा पानी जस्तै भएको उनको भनाई रहेको छ ।

छोटिदै र खोटिदै खेति योग्य जमिन

सिचाईको सुविधा नभएको कारण यहाँका अधिकांश जमिन आवासीय क्षेत्रमा परिणत हुँदै छ । नापी कार्यालयको तथ्याङ्क अनुसार तीन सय रोपनी भन्दा वढी क्षेत्रफलमा पछिल्लो समयमा भवनहरु बन्ने क्रम बढेकोे कारणले हिजोको धानखेत आज बजार बन्न पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?