ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

समुदायमा कांग्रेस अभियानको सार्थकता

२४ माघ २०८०, बुधबार
२४ माघ २०८०, बुधबार

नेपाली काँग्रेसको अभियान समुदायमा काँग्रेस लोगो सहित रूपन्देहीमा सहिद दिवसको अवसर पारेर यही माघको १६ गते जिल्ला कार्य समितिले अभियानको शुरुवात गरेको छ । १६ गते देखि शुरु भएको यो अभियान २६ गतेसम्म सन्चालन हुने जनाइएको छ । यो अभियान जिल्लाको १५५ वडाहरूमा संचालन हुनेछ । हिमाल, पहाड, तराई, मधेसमा नेपाली काँग्रेसको राष्ट्रिय अभियानको पहिलोचरण शुरु गरेको केन्द्रिय समितिले जिल्लाहरूमा परिपत्र गरेको छ । यो अभियान मुलुकको ७७ जिल्ला र विदेशस्थित ३३ वटा जनसम्पर्क समितिले एक साथ शुरु गर्ने लक्ष्य अनुसार संचालन भएको हो । मुख्यत यो अभियानको उद्देश्य गुटगत राजनीतिको अन्त्य गर्ने र समुदायमा पुगेर कार्यकर्तासंग भलाकुसारी गर्ने रहेको छ । गुटगत राजनीतिको अन्त्य गरी आन्तरिक एकतामा जोड दिने भनिएको यो अभियानले कुन रूप लिने हो हेर्न बाँकी नै छ ।

नेपाली काँग्रेस नेपालको सबैभन्दा ठूलो समाजवादी र लोकतान्त्रिक राजनीतिक दल हो । यो दलको स्थापना २००६ चैत २७ मा नेपाल राष्ट्रिय काँग्रेस र नेपाल प्रजातान्त्रिक काँग्रेसको एकिकरणबाट भएको थियो । यो दलको युवा संगठन नेपाल तरुण दल हो भने विद्यार्थी सँगठन नेपाल विद्यार्थी संघ हो । सदस्यका आधारमा लगभग १० लाख क्रियाशील सदस्यसहित नेपाली काँग्रेस देशको सबैभन्दा ठूलो पार्टी हो । हाल यो प्रतिनिधि सभामा प्रमुख दल समेत हो । नेपाली काँग्रेसका प्रधानमन्त्रीहरूले राणा शासनको अन्त्य पछि र आम निर्वाचन २०१५ मा नेपालको पहिलो प्रजातान्त्रिक तवरले निर्वाचित सरकार लगायत पञ्चायत युगको सुरुवातका वीच चारवटा सरकारको नेतृत्व गरेका थिए । नेपाली काँगे्रस बहुमत प्राप्त गर्न सफल एक मात्र नेपाली दल हो । जसले तीन चुनावमा बहुमत ल्याएको छ । यसैगरी दुई चुनावबाट यो पहिलो दल बन्न सफल भएको इतिहास छ ।

नेपाली काँग्रेसको इतिहास जति लामो छ, पार्टीभित्र गुटको इतिहास पनि उति लामो छ । राणा र पन्चायतकालमा व्यवस्था परिवर्तनका लागि सँघर्ष गरिरहँदा पनि नेपाली काँग्रेसभित्र गुटको टकराव थियो । तर, बाहिर छताछुल्ल थिएन । चुनावी राजनीतिमा आएपछि २००७, २०१७ र २०४७ यता भने गुटबीच खुलेआम द्वन्द्व भए । नेपाली काँग्रेस स्थापनापछि अहिलेसम्म दुईपटक पार्टीमा ठूला विभाजन हुँदाताका दुवैपटक काँग्रेस नेतृत्वको सरकार थियो । पहिलोपटक २००९ सालमा पार्टी विभाजन हुँदा मातृकाप्रसाद कोइराला प्रधानमन्त्री थिए भने बीपी कोइराला पार्टी सभापति थिए । दोस्रोपटक २०५९ सालमा विभाजन हुँदा शेरबहादुर देउवा नेतृत्वको सरकार थियो । सभापति गिरिजाप्रसाद कोइराला थिए । उनी २०५७ सालमा पोखरामा भएको दशौं महाधिवेशनमा देउवालाई पराजित गरेर सभापति भएका थिए । तर दुई गुटबीचको द्वन्द्व यथावत थियो ।

सरकारको नेतृत्व गरेका देउवालाई २०५९ सालमा संकटकाल नथप्न पार्टीले निर्देशन दियो । माओवादी द्वन्द्व चरम अबस्थामा थियो । देउवाले पार्टी निर्देशन अवज्ञा गर्दै संकटकाल लम्ब्याए । केन्द्रिय समितिमा कोइराला बहुमतमा थिए । उनले पार्टी बैठक राखेर देउवालाई कारबाही गरे । देउवाले ४ असार २०५९ मा बानेश्वरमा आफु पक्षीय कार्यकर्ताको भेला गरेर नयाँ पार्टी नेपाली काँग्रेस ( प्रजातन्त्रिक) गठनको घोषणा गरे । त्यतिबेला देउवालाई गोपालमान श्रेष्ठ, प्रकाशमान शिंह, विजयकुमार गच्छदार, विमलेन्द्र निधि, बालकृष्ण खाँण, पूर्णबहादुर खडका लगायतका नेताले साथ दिएका थिए । पार्टी फुटेको पाँच वर्षपछि फेरि दुवै काँग्रेसबीच एकता भयो र कोइराला नै सभापति कायम रहे । त्यसअघि २००९ सालमा ठूलो फुट हुँदा पार्टी सभापति बीपी कोइराला थिए भने प्रधानमन्त्री मातृकाप्रसाद कोइराला थिए । निवर्तमान पार्टी सभापतिसमेत रहेका मातृकालाई बीपी गुटले कारबाही गरेपछि काँग्रेस विभाजनतर्फ गयो । त्यसबेला काँग्रेस एकैपटक चार चिरा भएको थियो । काँग्रेस स्थापनादेखि नै पार्टीमा मातृका र बीपी गुट जन्मिएका थिए । दुवैको महत्वाकाँक्षाका कारण दुई गुटको द्वन्द्व चलेको थियो । जसको परिणाम खुला राजनीतिमा आएपछि काँग्रेस विभाजित भयो । तर, नेपाली काँग्रेस स्थापनाअघि नेपाली राष्ट्रिय काँग्रेस हुँदा नै बीपी कोइरालाले पार्टी फुटाउने अभ्यास गरिसकेका थिए । डिल्लीरमण रेग्मीसँगको अन्तरद्वन्द्वका कारण बीपीले पहिलोपटक पार्टी फुटाएका थिए ।

माथि उल्लेख गरे अनुसार जुन उद्देश्य राखेर दोस्रो चरणको अभियान समुदायमा काँग्रेस चलाइएको छ र नेपाली काँग्रेसको इतिहास पल्टाएर हेर्दा समुदायमा पनि गुटको असरका कारण काँग्रेस बलियो हुन सकिराखेको छैन । यो अभियानले पार्टी भित्रको द्वन्द्वलाई छुन्छ भन्ने लाग्दैन । अहिलेको अबस्था हेर्दा पनि गुटगत स्थानीय तहमा आफनो पार्टीको मान्छेले जित्छ कि भन्ने चिन्ता उही पार्टीका मान्छेमा देखियो । आफू भए ठिक तर अर्को आउँदा दुःख मनाउ गर्ने, अर्को गुटलाई पाटीकै मानिस नसम्झिने जस्ता कारणले पनि काँग्रेस कमजोर बन्दै गएको छ । बल्लतल्ल चुनाव जितेपनि काम गर्न नदिने र खुट्टा तान्ने गुटगत कार्यकर्ता नै हुने गरेका छन । आफु वा आफनो गुट परे ठिक होइन भने कसरी असफल गराउने भनेर लाग्ने र असहयोग गर्ने आफ्नै पार्टीका हुने गरेका छन । पार्टीभित्र कार्यकर्ताको योग्यता र क्षमताको कदर छैन । हिंजोको दिनदेखि पार्टी सम्हालेका अग्रजको खोजी छैन । कार्यकर्तालाई गुटगत विभाजन गर्दिने, सोधपुछ नगर्ने, कसलाई कुन स्थान दिने हो कुनै मूल्याँकन नगर्ने जस्ता कारण कार्यकर्तामा नैराश्यता छाएको छ । । को बडे नेताको वरिपरी घुम्छ को सँग के स्वार्थ जोडिएको छ, त्यही आधारमा राजनीतिक नियुक्ति बाँडिन्छ । चाकडी र चाप्लुसीमा पाटी चलेको छ ।

नेपाली काँग्रेसले पहिलो चरणमा देश बिदेशमा चलाएको जनजागरण अभियान औपचारिकतामा सकिएको छ । पहिलो चरणको अभियान जस्तै यो पनि औपचारिकतामा सिमित हुने काँग्रेसमा आस्था राख्ने पुराना नेपाली काँग्रेसका बुद्धिजीबीले आँकलन गरेका छन । वडाका टोलदेखि केन्द्रसम्म गुटगत राजनीति हावी छ । जाने दुश्मनसँग जस्तो एउटा गुटले अर्को गुटलाई केही कुरा थाहा नदिने कार्यक्रम अथवा कुनै योजना थाहा पाउँछन कि भनेर तर्सिरहेको अबस्था छ । पछिल्लोसमय स्थानीय तहमा जीत हासिल गरे पछि पार्टीका नियमित बैठक चल्न छोडेका छन । छताछुल्ल यो यो गुट, त्यो त्यो गुटको आदी भनेर गुटगत बिल्ला क्रियाशील कार्यकर्ता सबैलाई भिराइएको छ । एउटा कुनै नेताले भेला बोलाउन भन्यो भने कुन गुट हो त्यसलाई रोक्नु पर्छ भनेर असहयोग गर्ने गतिबिधी छ भने टोलदेखि वडा नगर क्षेत्र जिल्ला र प्रदेशका अधिवेशनले गुट चिनाउने काम गरेको छ । अन्तमा साँच्चीकै समुदायमा काँग्रेस अभियान सफल पार्न वडाका टोल समितिलाई चलायमान गराउनु पर्छ । मेरो काँग्रेस होइन हाम्रो काँग्रेस, राम्रो काँग्रेस भन्ने छाप बाँडेर सबै बिचार बोक्नेलाई ब्यवहारले आफ्नो पार्टीतिर तान्ने वातावरण यो अभियानले ल्याउनुपर्छ र मात्र यो अभियानको सार्थकता रहन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?