ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

बिकृतितर्फ उन्मुख हाम्रा सामाजिक संस्कार

२३ माघ २०८०, मंगलवार
२३ माघ २०८०, मंगलवार

हाम्रा केही सामाजिक, सांस्कृतिक संस्कार र चाडपर्वका आफ्नै खाले मान्यता रहेका छन् । मानिस जन्मेपछि मृत्युपर्यन्त अनेक संस्कार गरिन्छ । जस्तो ६ दिनमा छैटी, ११ दिनमा न्वारन (नामाकरण), ६ महिनामा भात खुवाई (अन्न प्रासन), आठ वर्षमा छोरा भए ब्रतबन्ध छोरी भए कतै कतै गुन्युचोली दिने भन्ने चलन, त्यसपछी विवाह , त्यसपछि मृत्यु संस्कार, त्यसपछि पितृ संम्झने पितृ श्राद्ध । यिनै हुन नेपाली समाजमा गरिने संस्कार । त्यसपछिका हाम्रा परम्परागत चाडपर्व । आजकल यि संस्कारहरू र चाडपर्वहरू निकै खर्चालु र भड्किला हुँदै गईरहेका छन् । सबैभन्दा बढी बिहे । धन हुनेको देखासिकी मध्यमवर्ग र निम्न वर्गका मानिसले गर्न खोज्दा कयौ परिवार ऋृणको भारी बोक्न बाध्य हुन्छन् भने अर्कोतर्फ सानातिना जागिरे कर्मचारीहरू पनि भ्रष्टाचारी बन्दै गएका छन् । उसले त्यती कमायो, बिहे ब्रतबन्धमा यति खर्च गर्यो, मैलेपनि सुहाउँदो गर्नैपर्यो भन्ने सोचाई राख्छन् र खर्च गर्छन् । त्यसको परिपूर्ति गर्न अबैध तरिकाले पैसा कमाउन थाल्छन् । भ्रष्टाचार गरेर आएको पैसाले जीबनस्तर माथि उकासिदै जाने नै भयो र उकासी रहेका छन् । नत्र सामान्य जागिर गर्नेले महिना चलाउन गाह्रो हुन्छ । संस्कार निभाउने सिलसिलामा तामझाम गर्न नसक्नेलाई समाजले पनि हेयदृष्टीले हेर्छन् र भन्छन्– यो नामर्द हो, पैसा कमाउन सकेन । यत्रो बर्ष जागिर गरेर एउटा घर बनाउन सकेको छैन, छोरा छोरीको विहे कसरी गर्छ र भन्छन् । खिसिट्युरी गर्दछन् । यसरी हाम्रो समाजले नै मानिसलाई भ्रष्टाचारी बनाइरहेको छ । यो रोक्न त मानिस स्वयंले आफुलाई नियन्त्रण गर्नुपर्छ र सरकारले कडाईका साथ कानुन पालना गराउनुपर्छ । नत्र भ्रष्टाचार रोक्नेकुरा उही नेपाली उखान “काग कराउँदै जान्छ पीना सुक्दै जान्छ “भनेजस्तै हुन्छ । अब हेरौ न, बच्चा पेटमा आएदेखिबाट खर्च गर्ने बाटा सोझिन्छन् । त्यो पनि आयातित संस्कार । पहिला पहिला हाम्रो देशमा यस्तो चलन थिएन । बच्चा पेटमा हुँदा बेबी सावर रे ।

बच्चा जन्मेपछि नामाकरण न्वारान हुने नै भयो । यसमा पनि होटलमा सानोतिनो भोज, त्यसपछि छेवर, पास्नी, अनि गुनियो चोलो वा ब्रतबन्ध यो संस्कारमा पनि भोज भतेर र होटलमा पार्टी चल्न थालेको छ नै । त्यसपछि बिहेको कार्यक्रम आउँछ । बिहेमा पनि तीन चार दिन बिहे चल्छ । मगनी वा जनै सुपारीमा सानो तिनो बिहे हुन्छ । अर्को नेपालमा नगरिने आयातित् संस्कार हल्दी, मेहन्दी । यसमा पनि पार्टी नै हुन्छ । हल्दीमा पहेला कपडा, मेहन्दीमा हरिया परिया त्यही अनुसार चुरा पोते गरगहना । बिहे त हुँदै भयो सकेसम्म, सुन, हीराका गरगहना र महंगा साडी लेहंगा आदि इत्यादि दुलहीलाई लैजानै पर्ने, घर परिवारका सदस्यलाई उपहार, सम्धी सम्धेनी भेट त्यो पनि स्तर अनुसार हुने गर्छन् ।

सकेसम्मको गर्न मिल्ने र गर्नसक्ने सबै तामझाम हुने गर्छ । बिहेपछि बिहेको पार्टी । आजकल जन्तीबाख्रो खाने चलन लगभग हराइसक्यो । बिहे गरी दुलही लिएर घर आउँदा बाटोमा खसी काटेर ताउलामा भात पकाएर, सालको टपरीमा तातो पिरो मासुको झोलसंग भात सरप सरप खान्थे । भोलीपल्ट घरमा पनि जन्ती गएकालाई त्यस्तै भोज हुन्थ्यो । अब त्यो चलन रहेन र भोजगर्ने चलन पार्टी प्यालेस पुग्यो । बाफ रे सामान्य आय भएको मानिसले कसरी थाम्न सक्छ र यत्रो खर्च ? आखिर जुटाउने केटा र केटी नै हो । यत्रो खर्च थाम्न र घर गृहस्थी पनि नबिग्रन उ यात उद्योगी, ठूला ब्यापारी, दुई नम्बरी धन्दा गर्ने, भ्रष्टाचारी, जग्गा दलाल वा जापान कोरिया वा अन्यठाउँमा जागिर गरेर ल्याएको पैसाले मात्र त्यति खर्च थाम्न सक्ला । नत्र सक्ने कुरा आउँदैन । त्यति तामझामसंग बिहे गर्नेहरूको पनि दाम्पत्य जीवन सफल भए त ठिकै भयो तर आजकलको जेनरेसनमा दुईजनामा सानोतिनो मतभेद हुनेबित्तिकै छोडपत्र दिने चलन पनि बढेर गएको छ । जो हामीले देखेकै छौ । तराई बासीमा दहेज प्रथाले गाँजेको छ । भनेजति दाईजो नपाए दुलही जलाएर मार्ने, पिटेर मार्ने सम्मका घटना हुन्छन् ।

अर्को कुरा हरेक वर्ष आउने जन्मदिनको । हाम्रो परम्परागत चलन अष्टचिरञ्जीवी, अष्टमातृकाको पूजा गर्ने र उसको नाममा तेल बत्ति पालामा बाली दिने चलन हो । तर आजकल विदेशतिरबाट आएको छ केकमाथि मोमबत्ति बाल्ने अनि हैप्पी बर्थडे टु यु भनेर बलेका मोमबत्ति फुकेर निभाउने गरिन्छ । हाम्रो संस्कार अँध्यारोबाट उज्यालोतिर जाने हो भन्ने छ । बत्ति निभाउने एकवर्ष उमेर घट्यो भन्ने गर्छन् । यसबारे धेरै थाहा छैन । त्यसपछि क्रिसमस, भेलेनटाईन डे, अग्रेजी नयाँ वर्ष, के के हो के के सबै विदेशको सिको । नेपाली नयाँ वर्ष र चाडको वास्ता त्यति छैन सबै बिदेशको नक्कल ।
फेरी बिहेकै कुरा गरौ । मागी बिवाह र प्रेम बिबाह पनि फरक छ । मागी बिवाह केटाकेटीको बिवाह मात्र होईन, दुबै परिवारको पनि बिहे हुन्छ । छोडपत्र दिने अवस्था आएमा दुवैतर्फका अभिभावकले सम्झाउने बुझाउने गरेर सकभर मिलाउने प्रयास गर्छन् । लोकले के भन्ला, हाम्रो इज्जत के होला, अरू दाइलाई दिदी बैनीको बिहेलाई असर पर्ला भन्ने डर पनि रहन्छ । तर, भागी बिवाहमा त्यो सम्भावना कम रहन्छ । लभ गरेर बिहे गर्न बेर कि छाड्न बेर जस्तो हुन्छ । त्यसैले बिहे खर्चदेखि अन्य तामझाम कम गरेर पैसा बचत गरि राखिदिएमा केटा वा केटी दुबैलाई जीवन यापनमा सहज हुन्छ । चेतना पलाओस् सबैमा ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?