ट्रेंडिंग:

>> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी

हाम्रो पुरुषार्थभित्र रुरु क्षेत्रको बिषद् चर्चा

२३ माघ २०८०, मंगलवार
२३ माघ २०८०, मंगलवार

गुल्मी जिल्लाको सदरमुकाम तम्घासबाट त्रैमासिक रूपमा प्रकाशित हुँदै आएको साहित्यीक पत्रिका हाम्रो पुरुषार्थले २०८० साललाई स्वर्ण वर्षको रूपमा भव्यरूपले मनाईरहेको छ । यस अवसरमा कार्तिक–पुस अङ्कलाई शताङ्कको रूपमा प्रकाशित गरिएको छ । गुल्मी जस्तो उद्योग कलकारखाना नभएको र बन्द व्यापार पनि कम भएको जिल्लामा एउटा साहित्यीक पत्रिका निरन्तर प्रकाशित भई स्वर्ण वर्ष मनाउनु आफैमा ठूलो उपलब्धी हो । विविध प्रतिकूल परिस्थितिकाबीच यसलाई जीवित राखेर बार्षिक, अर्धबार्षिक र २०७० सालदेखि मासिक रूपमा प्रकाशित हुँदै आएको यो साहित्यीक पत्रिकाको सयवटा अङ्क प्रकाशित हुँदा यसका केही अङ्क हेर्ने पढ्ने अवसर पाइयो । धेरै अङ्क पढ्ने अवसर जुरेन । रेसुङ्गा क्याम्पसको विद्यार्थी कालमा यसका केही अङ्क रुचीपूर्वक पढियो । जसले किशोर कालमा साहित्य र पत्रकारिता प्रति रुची जगाईदिएका थिए । तम्घासस्थित किरण पुस्तकालय र रेसुङ्गा क्याम्पसको पुस्तकालयमा यो हामी विद्यार्थीहरूकालागि उपलब्ध हुन्थ्यो । वि.सं. ५० को दशकदेखि बुटवल झरेपछि यसलाई देख्ने पढ्ने अवसर जुरेन । स्वर्ण वर्षमा पुनः भेट भयो यससँग । स्वर्ण वर्ष अन्तर्गतका ९६ र ९८ औं अङ्क हात परे । रुचीपूर्वक पढियो । आफू जन्मे हुर्केको र शिक्षित दीक्षित भएको ठाउँबाट यति गुणस्तरीय साहित्यीक पत्रिका निरन्तर प्रकाशित भएको पाउँदा गौरवानुभूति भयो । मुलुकको महत्वपूर्ण साँस्कृतिक सम्पदा रुरु क्षेत्रको विशेषाङ्कको रूपमा ९८ औं अङ्क प्रकाशित गरिएको थियो । पत्रकारिता हतारको साहित्य हो । यस अर्थमा म पनि एउटा सानोतिनो साहित्यकार हुँ । यसमा मलाई साँस्कृतिक विषयले ज्यादा मन छुन्छ ।

साँस्कृतिक विषयमा रिपोर्टिङ्ग गर्न बढी रुची लाग्छ । साँस्कृतिक विषयमा लेखिएका सामग्रीहरू पढ्न पनि अली बढी रुची लाग्छ । ९८ औं अङ्क पाउने वित्तिकै श्रद्धापूर्वक ढोगेँ । रुरु क्षेत्र एउटा पर्यटक वा सनातन धर्मप्रति अटल आस्थावान व्यक्तिका रूपमा धेरैपटक भ्रमण गरेको छु । ऋषिकेश मन्दिरको दर्शन र कालिगण्डकीमा स्नान गर्दा आनन्दानुभूति मिल्छ । त्यसकारण पनि मैले हाम्रो पुरुषार्थको रुरु क्षेत्र विशेषाङ्क रुचीपूर्वक पढेँ । ३६२ पृष्ठ मोटो यो ग्रन्थ विशेष ज्ञानबद्र्धक र सङ्ग्रहणीय लाग्यो । ९६ औं अङ्क पढेर गुल्मीको साहित्यीक पत्रकारिता र हाम्रो पुरुषार्थ बारे एउटा लेख बुटवलबाट प्रकाशित हुने बुटवल टुडे दैनिकमा प्रकाशित पनि गरेँ । ९६ औं अङ्क बारेमा उक्त लेखमा चर्चा गरिसकिएको छ । ९८ औं अङ्क रुरु क्षेत्र विशेषाङ्क मलाई तुलनात्मक दृष्टिले बढी मन प¥यो । किनकी धर्म वा अध्यात्मप्रति मेरो अलि बढी झुकाव छ । यस अङ्कमा नेपालका चार धाममध्ये एक मानिने रुरु क्षेत्रको जीवन्त वर्णन छ । रुरु क्षेत्रको इतिहास, महिमा र सनातन धर्म सँस्कृतिको संरक्षण र प्रबद्र्धनमा रुरु क्षेत्रको भूमिका बारे विभिन्न विद्वान लेखकज्यूहरूबाट विषद् वर्णन गरिएको छ । यसमा प्रारम्भमा भेटघाट स्तम्भमा रुरु क्षेत्रबासी नेपालका एक प्रसिद्ध पत्रकार आदित्यमान श्रेष्ठको अन्तरवार्ता छ । श्रेष्ठको जीवनी, पत्रकारको रूपमा काम गर्दाको अनुभव, सामाजिक योगदान र मुलुकको वर्तमान अवस्था बारे श्रेष्ठको विचार यसमा समावेश गरिएको छ । रुरु क्षेत्रमा जन्मे हुर्केर बुटवल, काठमाण्डौ र साउदी अरबलाई कर्म क्षेत्र बनाएका श्रेष्ठलाई यो स्तम्भमा निम्त्याइनु उहाँको उच्चतम सम्मान र पछिल्लो पुस्ताका पत्रकारहरूकालागि महत्वपूर्ण जानकारी पनि हो । आलेख खण्डमा विद्वान प्राध्यापक डाक्टर वेणिमाधव ढकालको पौराणिक रुरु क्षेत्र र पाल्पाका मणि–मुकुट भगवान ऋषिकेश शिर्षकको लेखमा रुरु क्षेत्रको महिमा र ऋषिकेश भगवानको बारेमा महत्वपूर्ण जानकारी दिइएको छ । साथै प्रम्लोचा अप्सराले देवदत्त ऋषिको तपस्या भङ्ग गरेको प्रसङ्ग पनि सविस्तार चर्चा गरिएको छ ।

विद्वान लेखक नारायण ज्ञवालीको रुरु क्षेत्रः पाना नपल्टाइएका पौराणिक प्रकरण विषयक लेखमा रुरु क्षेत्रस्थित महर्षि और्वको आश्रम, गोनिष्क्रमण तीर्थ (गाईघाट), भृगुतुङ्गेश्वर महादेव, अचम्मेश्वर महादेव गुफा, सहस्रलिङ्ग गुफा आदि साँस्कृतिक सम्पदाहरूको विषयमा थप खोज अनुसन्धान हुनुपर्ने कुराप्रति विद्वान वर्ग र नागरिक समाजको ध्यानकर्षण गराइएको छ । पूर्व प्रशासक युवराज पाण्डेको रिडी र कालिगण्डकी नदी सभ्यता र यसको सेरोफेरो शिर्षकको अर्को संस्मरणात्मक निबन्धमा रुरु क्षेत्रको स्थापना र महिमा बारेमा सविस्तार वर्णन गरिएको छ । रुरु क्षेत्रको थप खोज अनुन्धान र पर्यटकीय प्रबद्र्धन हुनुपर्नेमा पूर्व प्रशासक पाण्डेले जोड दिनुभएको छ । यसरी आलेख, निबन्ध, समिक्षा/टिप्पणी खण्डमा सह प्राध्यापक डाक्टर मोहनीलाल नेपाल, प्राध्यापक नवराज पाण्डे, पूर्व प्रशासक युवराज भुसाल, लेखक बेदप्रसाद पन्थ लगायत २८ जना विद्वान लेखकका रुरु क्षेत्रको स्थापना, महिमा, रुरु क्षेत्रस्थित ऋषिकेश मन्दिरको महिमा, नेपाली साहित्यमा रुरु क्षेत्रको योगदान, रिडीको पुरानो संस्कृत पाठशाला र शैक्षिक जागरणमा यसको योगदान, रुरु क्षेत्र शालिग्राम शिला र यसको महत्व, गण्डकी गाथा आदी विषयका लेखहरू समावेश गरिएका छन् । त्यस अतिरिक्त गित÷कविता÷गजल÷मुक्तक खण्डमा ८ जना महानुभावले गित÷कविता÷गजल र मुक्तक मार्फत रुरु क्षेत्रको महिमा गान गाउनु भएको छ । संस्मरण खण्डमा पनि ३ जना लेखकले रुरु क्षेत्रकै महिमा गान गाउनु भएको छ । यसरी हाम्रो पुरुषार्थको ९८ औं अङ्क रुरु क्षेत्रको स्मृती अङ्कको रूपमा प्रकाशित भएको छ । साउन महिनामा रुरु क्षेत्रस्थित कालिगण्डकी किनारमा बोलबम तीर्थ यात्रीहरूको स्नान मेला लाग्ने गर्छ । संयोगले यस अङ्कको प्रकाशन महिना असार परेको छ । निसन्देह रुरु क्षेत्र नेपाल एवं विश्वभरका सनातन धर्मावलम्बीहरूको महत्वपूर्ण तीर्थस्थल हो । आस्था र विश्वासको धरोहर हो । नेपालको एक महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । एक महत्वपूर्ण ऐतिहासिक र पुरातात्वीक एवं साँस्कृतीक सम्पदा हो । यसको पर्यटकीय विकास र प्रबद्र्धन हुनु जरुरी छ । पछिल्लो समय नवनिर्मित गुल्मी, स्याङ्जा र पाल्पालाई जोड्ने तीनमुखे पुलले पनि थप पर्यटकीय आकर्षण बढाएको छ । केही वर्ष अघि नेपाल सरकारले रुरु क्षेत्रस्थित ऋषिकेश मन्दिर अङ्कित रु. ५।– को हुलाक टिकटमाला प्रकाशित गरेको छ । सो हुलाक टिकटमाला पनि यस ग्रन्थमा प्रकाशित गरेको भए सुनमा सुगन्ध हुने थियो । रुरु क्षेत्रको महिमा अपरम्पार छ । जति खोतल्यो उति आकर्षणको मोहनी छ, यसमा । यसको अझ व्यापक खोज अनुसन्धान र प्रचार प्रसार हुन जरुरी छ । त्यसकोलागि हाम्रो पुरुषार्थको रुरु क्षेत्र विशेषाङ्क कोशे ढुङ्गा सावित हुनेछ । महत्वपूर्ण स्रोत सामग्री हुनेछ ।

हाम्रो पुरुषार्थ गुल्मी जस्तो भौगोलिक विकटता, आर्थिक, शैक्षिक र साहित्यीक विकासको तुलनात्मक दृष्टीले पछाडी पारिएको जिल्लाबाट निरन्तर प्रकाशित हुँदै आएको साहित्यीक पत्रिका भएपनि यसले नेपालकै शिक्षा, भाषा, साहित्य र सँस्कृतिको विकास र विस्तार एवं संरक्षण र प्रबद्र्धनमा महत्वपूर्ण योगदान दिएको छ । संभवतः सङ्घीय राजधानी काठमाण्डौ उपत्यका बाहिर यसको तुलनालायक साहित्यीक पत्रिका दोस्रो प्रकाशित हुने गरेको जानकारी मसँग छैन । यसले गुल्मी जिल्लामा मात्र नभई नेपालकै शैक्षिक, साहित्यीक र साँस्कृतिक जागरणमा ठूलो टेवा पु¥याएको छ । नेपालको साहित्यीक पत्रकारिता क्षेत्रमा यो पत्रिकाको अतुलनीय योगदान छ भन्दा अतिशयोक्ति हुनेछैन । तसर्थ हाम्रो पुरुषार्थ र यसका सम्पादकद्वय शशि पन्थी र दीन पन्थी अभिनन्दनीय हुनुहुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?