ट्रेंडिंग:

>> राजनीतिक र आर्थिक संकट समाधानका लागि संविधानमा पुनरावलोकन हुनुपर्छः त्रिपाठी >> बुद्धज्ञान शिक्षा विश्वव्यापी बनाउन पहल गरौँ : गृहमन्त्री श्रेष्ठ >> लौरियट्स एण्ड लिडर्स सम्मेलनबारे प्रदेशसभामा एमालेको विरोधः मुख्यमन्त्री ‘लेण्डुप दोर्जे’ बन्न खोजेको आरोप >> होटलको छतबाट खसेर एकको मृत्यु >> ५० करोड लागतमा भैरहवामा पर्यटकलक्षित होटल ल्याण्डमार्क सञ्चालनमा >> वीरेन्द्रनगरमा पहिलो महिला सम्मेलन हुँदै >> शालिनको पोस्टमार्टम रिपोर्ट : बलात्कार पुष्टि भएन, झुण्डिएर मृत्यु >> शिखर सम्मेलनबारे विपक्षीले विरोध गर्ने संकेत पाएपछि प्रदेशसभामा गएनन् मुख्यमन्त्री (लाईभ) >> सामाजिक रुपान्तरणका लागि महिला मञ्च दाङको अध्यक्षमा आचार्य >> लुम्बिनी प्रदेशसभामा शिखर सम्मेलनबारे किन बोलेनन् प्रधानमन्त्री ? >> दादुरा रुवेला विरुद्ध खोप सोमबारबाट >> प्रचण्ड र ओलीबीच बालुवाटारमा वार्ता >> राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासहित २० सदस्यको पदावधि आजदेखि सकिँदै >> शिक्षण सिकाई सहजिकरणमा अनलाइन र डिजिटल माध्यम >> शालिन पोखरेल मृत्यु घटनामा के भन्यो प्रहरीले ? (विज्ञप्तिसहित) >> सरकार र दूध उत्पादक किसानबीच पाँच बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित >> पश्चिमी वायुले देशभरको मौसम बदली, धेरै ठाउँमा मेघ गर्जनसहित वर्षाको सम्भावना >> महासमिति बैठक कागको कथन जस्तै भयो : उपसभापति गुुरुङ >> घोषणाको चार वर्षपछि गाउँटोलमा शौचालय अभियान >> बाली उपचार चिकित्सामा मिश्र सरको व्यस्तता उस्तै >> धार्मिक बसले बढायो श्रद्धालु >> नेताका सम्पत्ति शुद्विकरण गर्नुपर्ने >> वन्यजन्तु चोरी शिकारीको चिन्ता >> वन्यजन्तु संरक्षणका चुनौतीहरू >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> करिश्मामा निशुल्क स्वस्थ्य परिक्षण तथा परामर्श >> नागरिक समाज दाङको संयोजकमा थापा  >> पश्चिम नेपाल बस ब्यबसायीद्वारा बधार्ई तथा सम्मान >> मानसिक स्वास्थ्य रणनीतिको विषयमा वृहत छलफल >> संघीयता लागु गर्न नचाहने प्रवृत्ति अहिले पनि छ : प्रधानमन्त्री >> नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नेपाल फाइनलमा >> राष्ट्रिय लनटेनिस प्रतियोगिता : प्रदिप र अभिलाषालाई उपाधि >> लुम्बिनीमा मौलिकता झल्किने नेपाल थेरवाद विहार >> नेपाललाई नेदरल्यान्डले दियो १२१ रनको लक्ष्य >> मिसन ८४ को नारालाई सफल पार्न आफैमा रुपान्तरण पहिलो शर्त : अध्यक्ष बस्नेत >> चौतर्फी आलोचनापछि पत्रकार सम्मेलन गर्न मुख्यमन्त्री वाध्य,सरकारको २ करोड मात्रै,अरु विदेशी सहयोग भन्दै बचाउ >> लुम्बिनी अस्पतालमा मातृ तथा शिशु स्वास्थ्यका लागि सहयोग बढाउने दातृ निकायको प्रतिवद्धता >> नेदरल्यान्ड्सविरूद्ध पहिले फिल्डिङ गर्दै नेपाल >> आज लुम्बिनी बौद्ध विश्वविद्यालयको १५ औं सभाको बैठक, प्रधानमन्त्रीले उद्घाटन गर्दै >> थारु मानक भाषाका लागि भाषा वर्ण निर्धारण अभ्यास >> लोक सांस्कृतिक महोत्सवले संस्कृतिको प्रवद्र्धन गर्छ : मन्त्री थापा >> गोमाको ‘घरको अचार’ >> बाउन्नगढी नै प्राचीन बौद्धकालिन सम्पदा >> साइन्सोत्सव >> छत्रेश्वरीमा छाडा गाई व्यवस्थापन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनीमा राज्य पक्षबाट शान्ति भंग गर्ने प्रयास भयो : सांसद शुक्ला (भिडियो सहित) >> न्यून गुणस्तरका तीन औषधी विक्रिमा रोक >> लुम्बिनी, बाग्मती र एपीएफको जित >> एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी
कृषि

आलु भण्डारणमा ‘आधा अनुदान’

किसानले उपजको उचित मूल्य पाउने उद्देश्यका साथ भण्डारण गृह (चिस्यान केन्द्र) मा आलु राख्दा आधा रकम अनुदानको रूपमा गाउँपालिकाले उपलब्ध गराउँदै आएको छ ।
२२ माघ २०८०, सोमबार
२२ माघ २०८०, सोमबार

बुटवल, २२ माघ । कञ्चनका किसान नन्दलाल लोध संगम कृषक आलु उत्पादक समूहका अध्यक्ष हुन । उनको समूहले २ विघा क्षेत्रफलमा आलु खेती गर्दै आएको छ । उत्पादन भएको आलुलाई उनीहरूले सिजनमा कम मूल्य पाउने भएको कारण कोल्डस्टोरमा राख्दै आएको छ । अहिले आलु उत्पादनको सिजन भएको कारण आलुको मूल्य कम छ । यसरी किसानले आलु उत्पादन गरेको आलुलाई कोल्डस्टोरमा राखेर बेमौसममा बजारीकरण गर्दा किसानले आधा भन्दा बढि नाफा गर्दैै आएका छन् ।

समूहका अध्यक्ष लोधका अनुसार किसानले उत्पादन गरेको आलु जम्मा गरेर भैरहवामा रहेको कोल्डस्टोरमा राख्दै आएका छन् । जसबाट पालिकाले उनीहरूलाई प्रति बेरामा १०० देखि २०० रूपैयाँ पाउदै आएका छन् । किसानले आलु राख्दा पालीकाले अनुदान दिँदै आएको हो । अधिकांस किसानलाई उत्पादनमा अनुदान दिने गरिन्छ । कतिपय किसानले उत्पादनको लागि अनुदान लिने पछि उत्पादन नै नगर्ने परिपाटी समेत रहेको छ । किसानलाई उत्पादनमा अनुदान भन्दा पनि उत्पादन पछिको भण्डारणको लागि रूपन्देहीको कञ्चन गाउँपालिकाले अनुदानको कार्यक्रम सुरुवात गरेको छ । खासगरी किसानले मौसममा उत्पादन गरेका कृषि जन्य उपजको कोल्डस्टोेरमा भण्डारण गरी राखेमा भण्डारण गृहमा राखे अनुसार ५० प्रतिशत अनुदान समेत उपलब्ध गराउँदै आएको हो ।

कञ्चन गाउँपालिकामा अधिकांस स्थानमा तरकारी खेती हुदै आएको छ । जसको तरकारी बुटवल, सैनामैना लगायतका हाटबजारहरूमा समेत बिक्री हँुदै आएको छ । मौसमी उत्पादनको रूपमा किसानले आलु खेती समेत गर्दै आएका छन् । आलु खेतीलाई पालिकाले पकेटको रूपमा समेत बिस्तार गर्ने योजना बनाएको छ । ३ वटा आलु उत्पादन किसान समूह नै बनाएर आलु को काम गर्दै आएको कञ्चन गाउँपालिकाले किसानले उत्पादन गरेको आलु भण्डारणको लागि भैरहवामा रहेको कोल्डस्टोर सँग सम्झौता गरी किसानले राखेको आलुको आधा अर्थात ५० प्रतिशत भाडामा अनुदान दिँदै आएको हो ।

कञ्चन गाउँपालिकाका कृषि शाखा प्रमुख रामप्रसाद अधिकारीका अनुसार यसरी किसानले उत्पादन गरेको आलु भण्डारण गरी राख्ने, बेमौसममा बढि मूल्यमा बिक्री गर्न पाउने हुँदा कोल्डस्टोरमा राखेको आधा भाडा रकम पालिकाले तिर्दै आएको जानकारी दिए ।
बर्षमा पालिकामा २० देखि २५ मेट्रिक टन आलु उत्पादन हुदै आएको छ । जसमा पालिका वडा नम्बर १, २ र ३ मा एउटा एउटा आलु उत्पादन गर्ने कृषक समूह नै निर्माण गरिएको छ । जसले समूह मार्फत उत्पादन भएको आलु हार्भेष्ट पछि बेमौसममा मूल्य बढि पाउनको लागि कोल्डस्टोरमा राख्दै आएका छन् । जसमा समूह मार्फत १०० बढि किसान र अन्य किसानहरू ३ देखि ४ सय भन्दा बढि किसानले व्यवसायिक रूपमा आलु खेती गर्दै आएको पालिकाको कृषि शाखा प्रमुख अधिकारी बताउँछन् । उनका अनुसार आलुको सुरुवाती चरणमा टिपीएस आलुको विउ पालिकाले अनुदानको रूपमा उपलब्ध गराएको थियो । त्यसपछि अहिले किसानले आफै विउलाई कोल्डस्टोरमा राखेर पुनः दोस्रो पुस्ताको विऊको रूपमा प्रयोग गर्दै आएका छन् ।

पालिका कृषि शाखा प्रमुख अधिकारी भन्छन्–‘किसानलाई अन्य अनुदान त, छ तर हामी उत्पादन पछि बेमौसममा किसानले मुल्य बढि पाउनुहुने अपेक्षा सहित खाने आलु र विऊको आलुमा स्टोर गर्दा ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएका छौं । ’
यसको अलवामा ठूलो मात्रामा आलु उत्पादन गर्ने किसानको लागि पनि पालिकाले नमुना किसान छनौट गरी अनुदान समेत प्रदान गर्दै आएको छ । पालिकाका प्रमुख प्रसासकीय अधिकृत सागर गौतमका अनुसार पालिकाले आलु किसान लाई प्रोत्साहन स्वरूप ३–४ जना नमुना किसान छनौट गरी अनुदानको रूपमा ३० देखि ६० हजार रूपैयाँ सम्म अनुदान उपलब्ध गराउदै आएका छौं । पालिकामा टिपीएस आलुको व्यवसायीक रूपमा उत्पादन बढि हुँदै आएको छ ।

तरकारीको राजा मानिने आलु जताततै पाइने प्रमुख नगदे बाली हो । आलु पोषक र स्वास्थ्यवर्द्धक मानिन्छ । मध्यम खाले एउटा आलुको डल्लामा ११२ क्यालोरी ऊर्जा हुन्छ । आलुमा २० प्रतिशत स्टार्च, २ प्रतिशत प्रोटिन, १ प्रतिशत खनिज र ८० प्रतिशत पानी हुन्छ । आलु चिसो मौसममा फष्टाउने बालीली हो भने चिस्यान मुक्त मलिलो माटोमा राम्रो फल्छ । नेपालका धेरै ठाउँमा आलु खेती गरिन्छ । कृषकले पनि आलुखेतीबाट राम्रो आम्दान गर्न सफल भएका हुन्छन् ।आलुलाई तरकारीका रूपमा मात्र नभइ उच्च पहाडी तथा हिमाली क्षेत्रमा खाद्यान्नकै रूपमा समेत प्रयोग गरिन्छ । उच्च पहाडी क्षेत्रमा राम्रो उत्पादन दिने जातहरूमा कुफ्रि ज्योति, जनकदेव, खुमल सेतो १, खुमल लक्ष्मी आदि जातहरू छन् ।

आलु खेतिका लागि हल्का चिसो माटो आवश्यक पर्ने गर्छ । आलु लगाउनुभन्दा पहिले खन जोत गरि माटोलाई खुकुलो पार्नु पर्ने हुन्छ । बढि सुख्खा माटो भएमा सिचाई गर्न सकिन्छ तर सिचाई गरेको ३ देखि ५ दिन सम्म पर्खिई आलु लगाउँदा माटोमा पानीको मात्र आलुका लागि आवश्यकता अनुसारको हुन सक्छ ।आलु १० हप्ता अर्थात साढे दुई महिनामा तयार हुन्छ । आलुलाई खन्दा सुख्खा दिनमा खन्ने गर्नुपर्छ । खन्ने समयमा विषेश ध्यान दिनुपर्ने हुन्छ । फलमा चोट लागे आलुनै बिग्रने र कुहिने डर वढि हुन्छ । आलुलाई खनिसकेपछि पानीमा धुनु सवैभन्दा हानिकारक हुन्छ त्यसैले नधोई राख्नुपर्ने हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?