ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

एमाले उपाध्यक्ष पोखरेल र लोकानन्द स्वामीद्वारा कामाख्या मन्दिर दर्शन

२० माघ २०८०, शनिबार
२० माघ २०८०, शनिबार

बुटवल, माघ २० । पूर्व उपप्रधान तथा रक्षामन्त्री एवं ने.क.पा.(एमाले)का वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले कामाख्या देवी मन्दिर दर्शन गरेका छन् । पोखरेल लुम्बिनी केबलकारको यात्रामार्फत पाल्पाको बसन्तपुर पुगेर मन्दिर दर्शन गरेका हुन् । सो अवसरमा उनले लुम्बिनी प्रदेशकै पहिलो यो केवलकारले रुपन्देही र समग्र प्रदेशको पर्यटन एवं आर्थिक विकासमा योगदान गर्ने बताए । ठूला लगानीका यस्ता पर्यटकीय पुर्वाधारको प्रवद्र्धनमा तीनै तहका सरकारले सहयोगी भूमिका खेलेर लगानीमैत्री वातावरण बनाउनुपर्ने पोखरेलको सुझाव थियो । नेता पोखरेल केबलकारले सञ्चालनमा ल्याएको साहसिक खेल जीपलाइन पनि चढेका थिए । उनले पर्यटकले खोजे अनुसारका सुविधा र पर्यटकीय पुर्वाधार थपेर प्रदेशकै नमूना पर्यटकीय गन्तब्य बनाउन सकिने सुझाव दिएका थिए ।
नेता पोखरेलसहित प्रदेश सांसद जानकी न्यौपाने, बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्याल लगायतलाई केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजू,विभागीय प्रमुख प्रज्ज्वल घिमिरे लगायत कर्मचारीले स्वागत गर्दै केबलकार परियोजनाबारे जानकारी गराएका थिए ।

लोकानन्द स्वामीद्वारा प्रवचन

यसैबीच बुटवल –१२ स्थित मुक्तिनाथ धाममा सञ्चालन हुने महायज्ञको पुर्वसन्ध्यामा धामका पीठाधीश लोकानन्द स्वामीले लुम्बिनी केबलकारको माथिल्लो स्टेशन बसन्तपुरमा रहेको कामाख्या देवी मन्दिरमा पुजा तथा आराधना गरेका छन् ।


यहि माघ २२ गतेदेखि २९ गतेसम्म मुक्तिनाथ धाममा हुन गइरहेको १७ औं ज्ञान महायज्ञ सफल बनाउन प्रख्यात शक्तिपीठ कामाख्यादेवी मन्दिरमा पूजा आराधना गरिएको पिठाधीश लोकानन्द स्वामीले बताए ।
कामाख्या माताको पूजा आराधना सगंसगै लोकानन्द स्वामी द्धारा कामाख्या मन्दिर परिसरमा धार्मिक प्रवचन समेत आयोजना गरिएको थियो । उक्त धार्मिक प्रवचनको क्रममा सतातन धर्म, संस्कृतिको आवश्यकता र महत्वको बारेमा लोकानन्द स्वामीले प्रकाश पारेका थिए । मुक्तिनाथ धाममा हुने यसपटकको महायज्ञ विशेष ज्ञान महायज्ञ हुने भन्दै उनले महायज्ञको पुर्वसन्ध्यामा कामाख्यादेवी मन्दिरमा पूजा आराधना गरिएको स्पष्ट पारे ।
माता कामाख्याको मन्दिर लुम्बिनी केबलकारको माथिल्लो स्टेशन तिनाउ–३ पाल्पामा अवस्थित छ । कामाख्या देवीको मन्दिर हिन्दु धर्मावलम्बीहरुका लागि विशिष्ट आस्था र आकर्षण मानिन्छ । माताको दर्शनले भक्तजनको मनोकामना पुरा हुने धार्मिक विश्वास रहि आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?