ट्रेंडिंग:

>> नेप्सेमा ५४ अंकको उच्च बृद्धि, १२ अर्बको कारोबार >> रोम विधान अनुमोदन गर्न माग गर्दै प्रशासनमा ज्ञापनपत्र >> प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने >> रुपन्देहीको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ढाकास्थित दूतावासले नेपालीलाई भन्यो– अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु >> बाबुले कुकुर मारे, छोराले बाबु >> वीरगन्जमा १५ लाख बढीको भन्सार छलीको सामान बरामद >> रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान >> ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता >> ‘कार्साङ’ को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु >> निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ? >> अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन शुरु >> सर्पदंशबाट बालकको मृत्यु >> नवलपुरमा पुलबाट खसेर एकको मृत्यु >> प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता >> डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह >> अलपत्र कन्चनिया पुल : करोडौ लगानी, नागरिकलाई सास्ती >> आज हरिशयनी एकादशी, कस्तो छ शास्त्रीय मान्यता ? >> जनज्योतीमा पोशाक वितरण >> आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना >> पाण्डवेश्वर मन्दिरमा महा शिवपुराण सुरु >> लायन्स स्टार्सद्वारा बिद्यालयलाई सहयोग >> शिक्षाका लागि समान अवसर आवश्यक >> दृष्टिविहीन स्थायी शिक्षकः खुसी भन्दा पीडा बढि >> भूकम्प पीडितको समस्या समाधान गर >> वातावरणीय नैतिकता सम्झाउने साउन महिना >> रेसुङ्गामा एक महिने साउने मेला शुरु >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२० जनाको मृत्यु >> सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला >> समाजवादी मोर्चाको बैठक शुरु >> राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण >> जन्मदिनमा फजुल खर्च नगरी विद्यार्थीलाई सहयोग >> इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा >> महान्यायाधिवक्ता पोखरेलको राजीनामा >> सिरिजको अन्तिम खेलमा नेपाली महिला क्रिकेट टिम विजयी >> मोतिपुरमा सातौ जुनियर युवा गोष्ठी सम्पन्न >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ >> नेप्सेमा हरियाली, ७० अंकले बढ्यो >> लुम्बिनीका प्रादेशिक अस्पतालमा निःशुल्क टिकटको व्यवस्था खारेज >> वैवाहिक बलात्कारको मुद्दामा गायक ओडलाई सफाई >> सहयोगको याचना गर्दै न्यौपाने >> परराष्ट्रमन्त्री राणालाई भारत र पाकिस्तानका समकक्षीको बधाई >> उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदुतको भेटवार्ता >> उत्तर कोरियाका कूटनीतिज्ञले दक्षिण कोरियामा शरण लिएको दाबि >> अक्षयकुमारको सरफिरा बक्स अफिसमा असफल >> समाजवादी मोर्चाको बैठक बस्दै >> सिँचाईले ल्यायो खुसी >> बुटवलको चौरहा–गोलपार्क सडकको ठेक्का रद्द, नयाँ टेण्डर आह्वान

खुनुवा–केरुङ पद मार्ग : बुटवलको पर्यटन विकासमा नयां इट्टा

पर्यटन क्षेत्रमा काम गर्दै आएको संस्था नाटा लुम्बिनीकी अध्यक्ष रचना पन्तले कपिलवस्तु , बुटवल, तानसेन हुंदै चीनसम्म पुग्ने पदमार्ग सांच्चिकै कार्यान्वयन भएमा बुटवलको मात्र नभई लुम्बिनी प्रदेशकै पर्यटन विकासमा कोशेढुंगा सावित हुन सक्ने बताइन् ।
१६ माघ २०८०, मंगलवार
१६ माघ २०८०, मंगलवार

बुटवल,१६ माघ ।  भारतको खुनुवाबाट कपिलवस्तुको मर्यादपुर–बुटवल हुंदै चीनको सीमा केरुङसम्मको पदमार्ग निर्माण भएको छ । यो पदमार्ग कार्यान्वयनमा आए बुटवलको पर्यटन विकासमा नयां आयाम थपिने आशा पलाएको छ । खुनुवाबाट बुटवलसम्म करिब ६५ किलोमिटर दूरी छ  ।
लामो समयदेखि नेपालको पर्यटन प्रवर्द्धनमा लागेको अर्थबाउण्ड एक्सपिडिसनले भारतको खुनुवा नाकाबाट कुदान, तौलिहवा, जगदीशपुर ताल, बुटवल, मस्याम, तानसेन, आर्यभञ्ज्याङ, केलादीघाट, घिरिङ, रिसिङ, दमौली, बन्दीपुर, गोरखा, बोर्लाङ, टारीबेँसी, कटुञ्जे, मेगाङ, साल्मे, गोङ्गा, सिङ्लापास, पाङ्सिङ पास, सोम्दाङ, चिलिमे हुँदै रसुवागढीस्थित केरुङ नाकासम्म समेटेर पदमार्ग बनाएको हो ।

पदमार्ग भन्ने वित्तिकै विशेषगरी पहाडी र हिमाली क्षेत्रमा गरिने यात्राका लागि बनाइएको रुटलाई बुझ्ने आम धारणाका बीच अर्थ बाउण्ड एक्सपिडिसन अध्यक्ष राजन सिंखडाले नेपालको तराईको भूभागबाट पहाडी भूभाग हुँदै हिमाली भूभागलाई समेटेर नयां पदमार्ग बनाएका हुन् ।
समुद्र सतहबाट ६० मिटरमा रहेको खुनुवानाकाबाट सुरु हुने उक्त पदमार्ग चार हजार ८० मिटर उचाइको सिङ्ला पास गरेर रसुवागढी नाका पुग्न सकिने सिंखडाले बताए । । यो पदमार्ग चार सय ४० किलोमिटरको भएको र पदमार्ग पार गर्न आफूलाई १७ दिन लागेको सिंखडाले बताए।

नयाँ पदमार्गलाई २० देखि २५ दिनको बनाएर अगाडि बढाउन सकिए नेपालको पर्यटन र ग्रामीण अर्थतन्त्रमा समेत टेवा पुग्ने सिंखडाको भनाइ छ।
यो पदमार्गले बुटवलको पर्यटन व्यवसायीहरुमा नयां आशा पलाएको नेप्लिज होटेलियर्स एशोसिएसन एनएचए लुम्बिनीका उपाध्यक्ष दिलिप गौचनले बताए ।
‘यो पदमार्गले बुटवललाई पनि समेटेको हुंदा बुटवल क्षेत्रका पर्यटन व्यवसायीका लागि ज्यादै खुशीको कुरा हो, अब यसलाई कार्यान्वयनमा ल्याउन सरकारी र निजी क्षेत्रले प्राथमिकता दिनुपर्छ’– गौचनले भने –पदमार्ग हुंदै भारतबाट आउने पर्यटकलाई बुटवलमा विश्राम गराउन सके व्यवसायीले लाभ लिन सक्छन् ।’ एनएचएले पदमार्गका निर्माता सिंखडासंग छलफल गरी होटेल व्यवसायीले के सहकार्य गर्न सकिन्छ गर्न तयार रहेको गौचनले प्रतिवद्धता जनाए ।

पर्यटन क्षेत्रमा काम गर्दै आएको संस्था नाटा लुम्बिनीकी अध्यक्ष रचना पन्तले कपिलवस्तु , बुटवल, तानसेन हुंदै चीनसम्म पुग्ने पदमार्ग सांच्चिकै कार्यान्वयन भएमा बुटवलको मात्र नभई लुम्बिनी प्रदेशकै पर्यटन विकासमा कोशेढुंगा सावित हुन सक्ने बताइन् ।

‘यो पदमार्गमा अरब भन्दा बढी जनसंखया भएका देश भारत र चिनका पर्यटक आवत जावत गर्न थालेभने नेपालको पर्यटन क्षेत्रमा कायापलट नै हुन्छ, तर यसलाई कार्यान्वयनमा ल्याउन सरकारले भूमिका खेल्नुपर्छ । निजी क्षेत्र त सधैं तयार नै छ ।’ पदमार्गमा यात्रा गर्ने भारतीय र चिनिया पर्यटकलाई बुटवलममा बास बसाल्ने र खाजा, खाना खुवाउने, यहांको जितगढी,केबलकार लगायत पर्यटकीय स्थलमा घुमाउन सकियो भने यो पदमार्ग सांच्चिकै बरदान हुनसक्ने पन्तको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?