ट्रेंडिंग:

>> ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ? >> किन बढ्दै छ आइभिएफ ? >> ‘एक विद्यार्थी एक बिरुवा’ उपहार >> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

परम्परागत रुपमा राज्य ब्यवस्थामा रहेको ढिलासुस्ती विकासको बाधक —प्रदेश प्रमुख शेरचन

नाडा लुम्बिनीमा पुनः भट्टराई
२३ मंसिर २०८०, शनिबार
२३ मंसिर २०८०, शनिबार

बुटवल, २३ मंसिर। लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नेपालको राज्य ब्यवस्थामा परम्परागत कालदेखी रहेको कमीकमजोरी र ढिलासुस्ती विकासको बाधक भएको बताएका छन । लुम्बिनी अटोमोबाईल्स एशोसियन अफ नेपाल (नाडा लुम्बिनी) को तेस्रो बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन कार्यक्रमको उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले झण्झटिलो कर प्रणाली ब्यवसायीहरुको साझा समस्या भएको बताए । आफू हरेक पटक देशको विकासको बाधक बनेको यो प्रणालीको बारेमा कुरा उठाउदै आएको दाबी गर्दै उनले पंचायत कालबाट नभई यो भारतमा अग्रेजहरुबाट शासन गर्दादेखीको प्रणाली नेपालमा हट्न नसकेको दुखेसो गरे । देशका ब्यवसाय समस्यामा पर्ने गरि ६–६ पटक कर त्निुपर्ने झण्झटिलो प्रणालीलाई हटाउन आफुले केन्द्र सरकारसंग सुझाव दिने प्रतिवद्घता जनाए । कुनै बेला नेपालबाट खाद्यान्न लगायत बस्तु निर्यात गर्ने भारत जस्तो देश विश्वकै आर्थिक रुपमा शक्तिशाली देश बन्न सफल भएको उदाहरण दिदै उनले नेपाल गरिबीको तथ्याक हेर्दा भुटानभन्दा पनि पछि परेको दुखेसो गरे ।

राज्य ब्यवस्थामा भएका कमीकजोरी र ढिलसुस्ती यसको मुख्य कारक भएको दाबी गरे । नेपालमा सबैभन्दा पहिले पंजाबबाट बस ब्यवसायीहरु आएर नेपालमा शुरु भएको ईतिहास रहेको उनले बताए । काठमाडौं राजधानीमा केन्द्रीय रहेर मानव जिवनशैलीलाई सहजता दिने गरि सेवा दिन सफल भएको अटो ब्यवसाय देशभर सडक जंजालबाट जोडिने र बिस्तार हुन सफलभएको बताए । बाटो नभएको ठाउमा पनि विभिन्न हवाईबाट सवारी साधन लगेर सेवा दिदै आएको बताए । मित्रराष्ट्र देशबाट आयात गरेर अटोमोबाईलहरु नेपाली जनता पाच गुणा महगो शुल्क तिर्नुपर्ने अवस्था रहेको छ जुन आम उपभोक्ताहरुमा मार परेको उनले बताए । सरकार आम नागरिकको समस्याप्रति सोच नबनाई केवल राजश्व संकलन गरि देशको आर्थिक समृद्धिको सोचमा विगतबाट सबै सरकारको मानसिकता रहदा यो अवस्था आएको उनले दुखेसो गरे । एकता नै विकासको मार्ग प्रशस्त गर्ने आधार भएको दाबी गर्दै प्रचुरमात्रामा प्रकृतिबाट सम्पन्नशाली देश नै विकासको प्रमुख आधार भएको उनले दाबी गरे । ‘प्रकृतिबाट नै सम्पदालाई सदुपयोग गर्न सकेका छैन ।’—उनले भने । विश्वकै सम्पन्नशाली देश बनाउन सकिने प्राकृतिक सम्पदा रहेको उनले बताए ।

कार्यक्रममा नाडा केन्द्रका अध्यक्ष डा ध्रुव बहादुर थापाले ब्यवसायिक कठिनाइको बेला नेतृत्व लिएको स्मरण गर्दै समयचक्र घुमेर सहि समय आउने बताए । सकारात्मक लक्षणहरु पछिल्लोसमय देखिएको भन्दै ब्यवसायिक हकहितको पक्षमा २ वर्षको अवधि वितेको बताए । ‘सुधारको लक्षणहरु देखिएको छ ।’— उनले भने । नाडाले अटो शोहरु गरेर देशकै अर्थनिति सुधार गर्ने लक्ष्यसहित ३ वर्षदेखि रोकिएकोमा पछिल्लोसमय ईभि अटो शो गर्न सफल भएको बताए । नाडाको केन्द्रीय सचिवालय सुधार गर्न प्रतिवद्घता अनुसार आधुनिकरण गर्ने काम गर्न सफल भएको उनले बताए । यसैगरि देशभरका ३ हजार ३ सय सदस्यहरुको डाटा गर्ने काम सम्पन्न गरेको पनि उनले बताए ।
कार्यक्रममा नाडा केन्द्रका निवर्तमान अध्यक्ष कृष्ण दुलालले गाउगाउबाट अटो ब्यवसायीहरुलाई संगठित गर्दै हकहितमा लाग्न जरुरी रहेको बताए । उद्योग वाणिज्य महासंघको वस्तुगत संस्थामध्येको उत्कृष्ट भएको उनले बताए । अहिलेको वर्तमान आर्थिक कठिनाईको अवस्थामा पनि ब्यवसायीहरु समस्याका नपरेको उनले बताए । देशमा कुल ५० लाख सवारी साधन नपुगेको भन्दै उनले ब्यवसायीहरु कर तिरेर सरकारलाई सहयोग गर्दै आएको बताए ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले ब्यवसायिक हितसंगै संस्थागत विकासमा हातोमालो गर्दै अघि बढ्ने प्रतिवद्घता जनाए ।

उद्योगी करण चौधरीले अटोमोबाईल्स ब्यवसायीहरुलाई हकहितका लागि एकतावद्घ हुँदै सरकारसंग समस्या बुझाउन नसके ब्यवसाय धरासायी हुने अवस्था सृजना आउने दाबी गरे । कार्यक्रममा उत्कृष्ट सेवा गर्ने ट्राफिकहरु प्रहरी निरिक्षक शोभा पाण्डे, कपिलबस्तु जिल्लामा कार्यरत प्रहरी नायव निरिक्षक दामोदर मल्ल, बुटवलमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार कमल खनाल र बुटवलमा कार्यरत प्रहरी हवल्दार नबिन भण्डारीलाई नगदसहित सम्मान गरिएको थियो । पत्रकारीता क्षेत्रमा नाडा लुम्बिनीको समाचार प्रचारप्रसारमा बिशेष योगदान दिएका पत्रकारहरु कपिल ज्ञवाली र स्वस्तिक श्रेष्ठलाई नगद तथा कदरपत्रद्धारा सम्मान गरिएको एशोसियसनका महासचिव रोशन पाण्डेले बताए । सभामा अध्यक्ष, कोषाध्यक्ष र महासचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए । एशोसियसनले वर्षभरि नै आन्तरिक राजश्व र कर, भिसिटिएसको विषयमा तालिमहरु दिदै आएको छ । एशोसियसनमा करीब एक सय जना ब्यवसायीहरु आवद्घ रहेका छन ।

 

नाडा लुम्बिनीमा पुनः भट्टराई

अटोमोबाईल्स ब्यवसायीहरुको हकहितका लागि स्थापना गरिएको लुम्बिनी अटोमोबाईल्स एशोसियन अफ नेपाल (नाडा लुम्बिनी) को तेस्रो बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट पुनः गणेश प्रसाद भट्टराईको अध्यक्षतामा नया नेतृत्व चयन गरेको छ। शनिबार सम्पन्न भएको अधिवेसनबाट संस्थागत उपाध्यक्ष नरेन्द्र बहादुर वली, वरिष्ठ उपाध्यक्ष रोशन पाण्डे, उपाध्यक्ष कृष्ण प्रसाद भण्डारी, महासचिव राम प्रसाद बेल्बासे, कोषाध्यक्ष नारायण प्रसाद पौडेल, सहकोषाध्यक्ष चन्द्रदीप जोशी, सचिव विवेक कुमार श्रेष्ठ, सहसचिव तिलकराम पाण्डे तथा सदस्यहरुमा दिपक ओली, कमलप्रसाद न्यौपाने, प्रवेश भट्टराई, रमेश श्रेष्ठ, दिनेश अमात्य, थिरेन्द्र श्रेष्ठ, दिपक पौडेल, ओमहरि आचार्य, केशव पाण्डे तथा बालकृष्ण पाण्डे सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक कृष्ण प्रसाद पाण्डेले बताए ।
एशोसियसनका नवनिर्वाचित अध्यक्ष अध्यक्ष गणेश प्रसाद भट्टराईले ब्यवसायीहरुको हकहितमा रहेर वार्षिक योजनासहितका कार्यक्रम गर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?