ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

चटपटेको व्यापार : लगानी कम, आम्दानी राम्रो

२३ मंसिर २०८०, शनिबार
२३ मंसिर २०८०, शनिबार

पाल्पा,२३ मंसिर । रामपुर तिलकपुरकी ४५ वर्षिय गिता कुमालको परम्परागतको पेशा माटोका बिभिन्न सामग्री बनाउने हो । तर उनले आफनो पुर्वजले समेत नगरेको पेशा तथा व्यवसायको थालनी गर्दा आफन्त तथा टोल छिमेक सबैको हांसोको पात्र बन्नु परेको विगतको अनुभव सुनाउंछिन् ।
सानो उमेरमा सुरज बहादुर कुमालसंग बैवाहिक सम्वन्ध गांसिएको दुई वर्षमा पहिलो सन्तानको रुपमा छोरोलाई जन्म दिएपछि गिताले मनग्य धन कमाउने, पक्की घर बनाउने सपना देखेर श्रीमानलाई १ लाख रुपैया खर्चिएर खाडी मुलुक पठाइन् ।
श्रीमानले खाडी मुलुकमा पसिना बगाउदा आफ्नो कांधमा घर व्यवहार , मेलापात ,घरधन्दा सहित बिहान बेलुका चुलो चौका, छोराको पढाई, लत्ता कपडाको जिम्मेबारी बोझले च्यापेको बेला सानो रकम आवश्यक पर्दा आफन्त छिमेकीले नपत्याएको पीडाले अहिलेसम्म गीतालाई सम्झना छ ।
रामपुर बजारमा पानीपुरी तथा चटपटेको व्यापार भर्खर भर्खर बामे सर्न लागेको थियो । २०७२ सालको अन्तिमतिर अरुले पानी पुरी तथा चटपटे बनाएको देखेको भरमा गीताले पनि चटपटेको ब्याार शुरु गरिन् । साइकलमा राखेर बजार वरपर गरेर बिक्री गर्दा पहिलो दिनमै एक हजार रुपैयाको ब्यापार भएपछि उनमा खुशीको सीमा रहेन । साइकलमा राखेर बजार डुल्दा विस्तारै ब्यापार बढ्न थाल्यो । दिनमा ३ देखि ८ हजार रुपैयाको ब्यापार हुन थाल्यो । सोही क्रममा स्थानिय सरकारको तर्फबाट वडा कार्यलयले प्रोत्साहन स्वरुप ठेला खरिद गरि दियो । त्यसले आंखामा हर्षका आंशु आएको गिताले सम्झिन्छिन् ।
धन कमाउने सपना देखेर विदेशिएका श्रीमानको भने जस्तो आम्दानी नभएकाले श्रीमानलाई घर फिर्ता बोलाइन् । गिताले यतिखेर आफुलाई ५ सय रुपैया सापटी नपत्याउने आफन्तलाई ५ हजार रुपैया सम्म सापटी दिन पाउदा निकै आनन्द आएको बताउंछिन ।
सानो उमेरमा बैवाहिक सम्वन्ध , गरिबीका कारण शिक्षाबाट बन्चित भएका कारण तिन पटक सम्म खाडी मुलुकको रोजगारीले सन्तुष्टी नदिए पछि घर फर्किएका सुरज कुमालले श्रीमतीसंग मिलेर व्यापार गर्दा विदेशको तुलनामा राम्रो आम्दानी भएको बताउंछन ।
कुनै दिन ठेलामा व्यापार गर्दा १० हजार रुपैयासम्म आम्दानी गर्न सफल भएको उनी बताउंछन । विदेशको तुलनामा कम लगानीमा गरिएको पानी पुरीको ब्यापारले राम्रो सफलता दिएका कारणले छोराले यतिखेर उच्च शिक्षा हासिल गर्दै आएको र छोरीले रामपुरको स्थानिय विद्यालयमा कक्षा १०मा अध्ययन गरेको कुमाल दम्पती बताउंछन् ।
पानी पुरी तथा चटचटेको व्यापारमा छुट्टै पहिचान बनाउन सफल भएका सुरजको भनाई छ । रामपुरमा यही व्यापार गर्ने भारतिय मूलका दुइ सय भन्दा बढी छन । अरुले भन्दा स्वादिलो बनाउन सफल भएका कारण आफूलाई फोन गरेर समेत पानी पुरी माग गर्ने गरेको सुरजको भनाई छ । पानी पुरीमा प्रयोग गरिने मसला आफुले घरमै बनाउने भएकाले पनि स्वादमा फरक भएकाले राम्रो ब्यापार भएको उनले बताए । विदेशमा काम गरेर फर्किएका कारण आफुलाई यस्ता काम गर्न लाज नलाग्ने सुरज बताउंछन् । विदेशको सपना नदेखेर यो व्यापार व्यावसाय पहिलेबाटै सुरु गरेको भए अझ धेरै आम्दानी हुने रहेछ भन्ने उनलाई लागेको छ ।
दुइ सय रुपैयाको लगानीले दैनिक ३ हजार रुपैयासम्म आम्दानी गर्न सफल हुने यस्ता व्यवसाय गर्न छाडेर कामको खोजीमा विदेशिनु गलत भएको रामपुर उद्योग व्याणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकास ढकाल बताउंछन् ।
आफै गाउघरमा बसेर कुमाल दम्पतीले उदाहरणिय कार्य गरेकाले उनीहरुको व्यवसायलाई फराकिलो बनाउन आर्थिक सहयोग खोजेको खण्डमा युवा स्वारोजगार कार्यक्रम अन्तर्गत २ लाख रुपैया सम्म उपलब्ध गराउने नगर सरकारका प्रमुख रमण थापा बताउंछन ।
ठुलो धनरासी बाहिरियो
रामपुर बजारमा पानी पुरी चटपटे आइसक्रिमको व्यापार व्यावसाय संचालनका लागि भारतको उत्तर प्रदेश, बिहार राज्यको मोतीहारी जिल्लाबाट आएका दुईसय भन्दा बढी व्यापारीले वार्षिक रुपमा लाखौं रुपैया भारत लैजाने गरेको नगर प्रमुख थापाको भनाई छ ।
कम लगानीमा बढी आम्दानी हुने र दिनहु नगदैमा कारोबार हुने भएकाले दैनिक पाच सय रुपैयाका दरले मासिक १५ हजार घर पठाउने गरेको बिहारबाट आएर व्यापार गरेका सन्तोष बानिया बताउंछन् ।
सबै जसो आफना साथीहरुले मासिक भारतिय १५ हजार घर पठाउने गरेको उनको भनाई छ । एउटा कोठामा ४ देखि ५ जना साथीहरु बस्ने , बिक्रीका लागि बजार लैजाने चटपटे, पानीपुरी समेत समूहमा तयार गर्ने र बजारमा समानरुपमा लैजाने गरेको उनी बताउछन । भारतिय मुलका व्यापारीले चटपटे बेचेर वार्षिक रुपमा लाखौं रुपैया भन्दा बढि भारत पठाउने गरेका छन् । यसरी ठुलो रकम बाहिरिनबाट रोक्न स्थानिय युवाहरु नै क्रियाशिल रहनु पर्ने स्थानियहरु बताउछन ।
सात वर्ष देखि मौसमी व्यापार गरेका ४३ वर्षिय ओम प्रकास गुप्ता भन्छन्– ‘पहिलेको तुलनामा पछिल्ला दिनहरुमा रामपुरकै साथीहरु थुप्रै भए । पहिले ३, ४ जना हुंदा राम्रो आम्दानी भएकाले मासिकरुपमा ५० हजार रुपैया सम्म घर पठाउने गरेका थियौं, अहिले आम्दानी कम भएको छ ।’ भारतीयसंग सिकेर स्थानियहरुले पनि चटपटेको ब्यापार गर्न थालेपछि आफूहरुको आम्दानी घट्दै गएको चारतीय चटपटे व्यापारी दुधनाथ गुप्ता बताउंछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?