ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

विमानस्थलमा सरकारको खोजी…

२३ मंसिर २०८०, शनिबार
२३ मंसिर २०८०, शनिबार

भैरहवा, २३ मंसिर । लुम्बिनी क्षेत्रका उद्योगी व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणको सुरुवात गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनुपर्ने भन्दै ध्यानाकर्षण गराए । उनीहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सञ्चालन हुनुपर्ने मागसहित २५६७औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस–२०८० मूल समारोहका लागि लुम्बिनी आएका प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा रूपन्देही काग्रेसको जिल्ला सम्मेलनमा भैरहवा आउँदा उनलाई पनि ज्ञापनपत्र बुझाए । ज्ञापन पत्रमा देउवालाई उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश र सिद्धार्थनगर उद्योग वाणिज्य संघ रूपन्देहीले विमानस्थल नियमित सञ्चालनका लागि पहल गरिदिन आग्रह गरिएको थयो ।

यसैगरी अघिल्लो हप्ता मात्रै नियमित रूपमा अन्तर्राष्ट्रिय उडान गर्ने माग सहित व्यवसायीहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरातीलाई नौं बुँदे ज्ञापान पत्र बुझाए । नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स एजेण्ट्स (नाट्टा) लुम्बिनी प्रदेशको एक प्रतिनिधि मण्डलसँग सिंहदरबारस्थित मन्त्रालयमा छलफलपश्चात मन्त्री किराँतीले ‘भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय उडान जतिसक्दो छिटो गर्ने गरी लागिरहेको बताएका थिए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरा विमानस्थलबाट जसले नियमित उडान गर्छ त्यसलाई पुरस्कारस्वरूप प्रत्येक उडानको पाँचलाख दिने तयारी गरेको उनको आश्वासन थियो ।

यो क्रम शुक्रबार पनि रोकिएन । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सञ्चालनको माग गर्दै ब्यावसायीहरूले भैरहवामा शान्तिपूर्ण याली गर्दै बिरोध प्रदर्शन गरे । भैरहवाको विभिन्न चोकमा प्रदर्शन गर्दै ब्यावसायी तथा संघ संस्थाहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सञ्चालन नभएसम्म निरन्तरूपमा बिरोध प्रदर्शनका कार्यक्रम गर्ने बताएका छन् ।

शुक्रबार भैरहवामा भएको बिरोध प्रदर्शनमा उनीहरूको माग थियो, ‘श्रम स्वीकृती कार्यालय पूर्णरूपमा सञ्चालन हुनै पर्छ । भैरहवामा मेन पावर कार्यालय स्वीकृत गर । अन्तर्राष्ट्रिय सबै एयरलाइन्स उडान गर । भिषा सेन्टर कार्यालय पूर्ण क्षमतामा सञ्चालन हुनै पर्छ । अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्यु आर सहितको खोप केन्द्र स्थापना गर । नेपालको सबै ठाउँमा आन्तरिक उडान गर । आवश्यक सबै उपकरण जडान गर’ ।
विरोधको क्रममा लुम्बिनी प्रदेशका गृहमन्त्री तथा लुम्बिनी प्रदेश सरकारका प्रबक्ता सन्तोष कुमार पाण्डेय समेतले एक्यबद्दता जनाए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल पूर्णरूपमा सञ्चालनका लागि जनतासंगै आन्दोलनमा आउन तयार रहेको बताए । भैरहवामा सिद्धार्थ सञ्जाल रूपन्देहीले गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल पूर्ण सञ्चालनका लागि शान्तिपूर्ण जनदबाब ¥याली तथा विरोध प्रदर्शनमा बोल्दै मन्त्री पाण्डेयले गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल सञ्चालनका लागि प्रदेश सरकारले नेतृत्व लिएर सञ्चालन गर्ने प्रतिबद्धता ब्यक्त गरे । देशमा नेतृत्व गर्ने ब्यक्तिले आन्दोलन नगरेसम्म, शक्ति नदेखाएसम्म अधिकार दिँदैनन्, सिद्धार्थ सञ्जालले ज्ञापन पत्र प्रधानमन्त्रीलाई बुझाउँदा आश्वासन दिएका थिए । अब पनि देशको नेतृत्व गर्ने ब्यक्तिले काठमाडौ भनेको नेपाल, नेपाल भनेको काठमाण्डौ भन्छन् भने शान्तिको सन्देश दिने भगवान गौतमबुद्धको पवित्र ठाउँबाट बुद्ध जन्मे अन्तर्राष्ट्रिय बिमानस्थल बन्यो । पाण्डेयले भने–‘गौतमबुद्धका सन्तानले जसरीपनि सञ्चालन गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु ।’

दिल्लीका मुख्यमन्त्री केजरीवाल दिल्लीका अधिकारका निम्ती सडकमा गएर आन्दोलन गर्न सक्छन् भने बिमानस्थल सञ्चालनका लागि लुम्बिनी प्रदेशका गृहमन्त्री सडकमा आउन तयार रहेको बताए ।

लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य हेमा बेल्बासेले जनताका प्रतिनिधि सडक देखि सदनसम्म प्रदर्शनका निम्ती तयार रहेको बताइन् ।
सरकारको लगानी र जनताको लगानीलाई बचाउन, लगानी मैत्री वातावरण बनाउने प्रदेश सभा सदस्यको हैसीयतले सदैव लागि रहने वेल्वासेले प्रतिबद्धता ब्यक्त गरिन् । प्रदेश सभा सदस्य देवीप्रसाद चौधरीले बिमानस्थल सञ्चालनका लागि जहाँ जानु परेपनि आफू तयार रहेको बताए । रूपन्देही राम्रो होला भनेर सदैव लागेको बताउँदै बिमानस्थल सञ्चालनका लागि सदैव जनतासंगै रहने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा बोल्दै ब्यावसायीहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल कमिशनको खेलका कारण पूर्णरूपमा सञ्चालन हुन सकेको बताएका छन् । सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तीयाक अहमद खाँनले सरकारले बिमानस्थल बनाएर सञ्चालन नगर्नु दुखद भएको बताउँदै भैरहवामा पुरा नहुँदै पोखरा बनाउने पोखरा पुरा नहुँदै अर्को निजगढका अन्तर्राष्ट्रिय बिमानस्थल बनाउनु ठूलो कमिशनको खेल रहेको बताए ।
शान्तिपूर्ण आन्दोलनको नेतृत्व गरेको बताउँदै सिद्धार्थ सञ्जाल रूपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले सबैको हितका लागि र समृद्धिका लागि आन्दोलनसम्म आउनु परेको बताए । २५ गते देखि टिकट नकाटेर सबैले सहयोग गर्न आग्रह गरे । सबै जनताको साथ रहने बताउँदै ज्ञवालीले २४ गते धर्ना र २५ गते देखि माग पुरा नभएसम्म सदैव जारी रहने बताए ।

आन्दोलन समितिका संयोजक तथा सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्र प्रकाश(सिपी) श्रेष्ठले बिमानस्थल सञ्चालन होला भनेर प्रदेशका जनता खुसीले गदगद भएको तर आज बिमानस्थल नचल्दा ब्यावसायीलाई समस्या भएको बताए । सरकारले चाहेमा ५० औँ लाख पर्यटक आउने बताउँदै श्रेष्ठले बिमानस्थल नियमित चलोस भनेर आन्दोलन सुरुवात गरेको बताए ।

नेपाल च्याम्बर अफ कमर्शका महासचिव जेपी कंडेलले सिद्धार्थ सञ्जालको आयोजनामा सबै संघ संस्थाको उपस्थीति रहेको बताउँदै देशको खम्बा बिचमा रहेको बिमानस्थल कुनै हालतमा पनि चल्नुपर्ने बताए । आर्थिकरूपमा नेपाललाई श्रीलंका भन्दा अझ पछाडी बनाउन खोज्ने देशका नालायक भएको बताए ।

सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुल प्रसाद न्यौपानले भैरहवाबाट कुनै बिमानले उडान गर्न नचाहने गर्दा यस क्षेत्रका उद्योगी ब्यावसायीले अरबौँ लगानी गरेर धरासायी बन्ने अवस्था आएको बताउँदै बिमानस्थल चलेको खण्डमा यहाँका उद्योगी ब्यावसायीको उन्नती हुने थियो सरकारले जसरीपनि बिमानस्थल सञ्चालन गर्नै पर्ने बताए ।

ब्यावसायीहरूले बिमानस्थल सञ्चालन हुन्छ भनेर ठूलो लगानी गरेको बताउँदै पूर्णरूपमा सञ्चालनका लागि थप आन्दोलनमा ऐकबद्धता ब्यक्त गरेका थिए । शान्तिपूर्ण धर्ना तथा आन्दोलनमा सिद्धार्थ सञ्जाल रूपन्देहीले आयोजना गरेको कार्यक्रममा नेपाल ट्रक ब्यावसायी संघ, नेपाल भारत मैत्री संघ, आस्था महिला उद्यमी संघ, महिला सत्य सनातन धर्म संघ(राधे परिवार), सिद्धार्थनगर विश्वकर्मा महिला समाज, सिद्धार्थ सार्वजनिक यातायात प्रालि, तिलोत्तमा चेम्बर अफ कमर्श(ब्यापार संघ) लगायतको सहभागीता थियो ।

यस्तै उद्योग ब्यापार संगठन रूपन्देही, सिद्धार्थनगर सुनचाँदी ब्यावसायी संघ, भन्सार एजेन्ट संघ, सिद्धार्थ महिला जेसिज, उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश, च्याम्बर अफ कमर्श लुम्बिनी प्रदेश, होटल ब्यावसायी महासंघ लु, होटले ब्यावसायी संघ रूपन्देही, सिद्धार्थ होटल एसोसिएसन नेपाल, भैरहवा तेक्वादो क्लव, बेलहिया गाउँ समाज, पश्चिमाञ्चल ट्रक ब्यावसायी समिति, सिद्धार्थ यातायात प्रालि, सोटो लुम्बिनी प्रदेश, नाटा लुम्बिनी प्रदेश, मनिचेञ्जर ब्यावसायी संघ लगायत ३५ वटा भन्दा बढी संघ संस्थाहरूको उपस्थीति रहेको भन्सार एजेन्ट संघ सिद्धार्थनगर रूपन्देहीका अध्यक्ष तथा सिद्धार्थ सञ्जाल रूपन्देहीका प्रचार प्रसार समितिका संयोजक मधु पन्थीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?