ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति

एभरेष्टमा वादविवाद

देशको आर्थिक समृद्धि : स्थानिय उत्पादनको बजारीकरण की रेमिट्यान्स
२२ मंसिर २०८०, शुक्रबार
२२ मंसिर २०८०, शुक्रबार

बुटवल, २२ मंसिर । शैक्षिकसंग खेलकुद र अतिरिक्त क्रियाकलापमा अगाडी रहेको एभरेष्ट ईगलिस बोर्डिङ माबिमा अन्तरमाबि बादविवाद प्रतियोगिता भएको छ । बाह्रौ संस्करणको एभरेष्ट अन्तर विद्यालय बादविवाद प्रतियोगिता २०८० मा ‘देशको आर्थिक समृद्धि : स्थानिय उत्पादनको बजारीकरण वा रेमिटेन्समा वृद्धि’ विषयमा विभिन्न विद्यालयबाट सहभागी १७ जना विद्यार्थीहरुले प्रस्तुती गरे । कार्यक्रमको एक समारोहका बिच प्रदेश परिक्षा ब्यवस्थापन कार्यालय बुटवलका प्रमुख रमाकान्त तिवारीले उद्घाटन गर्दै बालबालिकामा अन्तरनिहित प्रतिभा प्रस्फुटनका लागि कार्यक्रम महत्वपूर्ण भएको बताए ।

विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले रुपन्देहीको शैक्षिक क्षेत्रमा नीजि क्षेत्रबाट आफुहरुले गुणस्तरीय शिक्षा दिन सफल भएको दाबी गरे । बालबालिकाहरुलाई शैक्षिकसंगै खेलकुद र अन्य विभिन्न रचनात्मक क्रियाकलापमा सहयोग गर्दै आएको उनले बताए ।

कार्यक्रममा निर्णायक समितिका संयोजक ऋषिराम भुषालले विद्यालयस्तरमा गरिने यस्ता प्रतियोगिताकै कारण बालबालिकाहरुमा वाक सिद्घ प्राप्त हुने बताए । परापुर्वकालदेखि नै समाजमा तर्कशास्त्रको अभ्यास, न्यायदर्शनका बौद्धिक दर्शनहरुकै कारण थोरै भएपनि नया सिकाईका रुपमा रहेको उनले बताए । हरेक जसो विश्वका समाज विकासको ईतिहासमा तर्क र न्यायशास्त्र बारे उपयोगी हुने गर्दछ । तर्कमात्र नभई कुतर्कको निस्तेज गर्ने बारेसमेत यस्ता कार्यक्रमबाट ज्ञान हुने उनले बताए । सहभागीहरुलाई प्रस्तुति, खण्डन, तार्कितता, भाषाशैली, उपसंहारका आधारमा विजेता घोषित गरिने उनले बताए ।

कार्यक्रममा नेपाल अभिभावक संघका लोकनाथ ज्ञवाली, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, प्रदेश परीक्षा ब्यवस्थापन कार्यालयका बाबुराम भण्डारी, एनप्याब्सलका प्रदेश उपाध्यक्ष कृष्ण पौडेल, शिक्षक माधव पौडेलले कार्यक्रम निक्कै उपलब्धिपुर्ण भएको भन्दै यसलाई सबैजसो विद्यालयहरुले महत्वदिनुपर्ने बताए ।
कार्यक्रममा विद्यालयका सहप्राचार्य भिमसेन गौतमले प्रतियोगिताको उपाधि विजेतालाई नगद १५ हजार, प्रमाणपत्र, उपविजेतालाई नगद १० हजार, प्रमाणपत्रबाट पुरस्कृत गरिने बताए । यसैगरि तृतियलाई नगद ६ हजार तथा सान्त्वनालाई ३ हजार रुपैयाबाट पुरस्कृत गरिने उनले बताए ।

प्रतियोगितामा सहभागीहरुले ६ मिनेटमा गोलाप्रथाबाट छनौट भएअनुसार पक्षविपक्ष विषय छनौट गरि ६ मिनेटमा आफ्नो प्रस्तुति दिएका छन । सहभागीहरुले श्रम निर्यात गरेर कुनै पनि देश समृद्धि भएको ईतिहास, देशको आर्थिक समृद्धिका लागि स्थानिय उत्पादनको बजारीकरण जरुरी, रेमिटेन्स अहिलेको देशको अर्थतन्त्रको मेरुदण्ड हुनुको कारण, गरिबी र पछ्यौटेपनालाई हटाउदै वैदेशिक रोजगारबाट भित्रने रेमिटेन्स महत्वपूणजस्ता तर्कहरु प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?