ट्रेंडिंग:

>> गोमाको ‘घरको अचार’ >> बाउन्नगढी नै प्राचीन बौद्धकालिन सम्पदा >> साइन्सोत्सव >> छत्रेश्वरीमा छाडा गाई व्यवस्थापन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनीमा राज्य पक्षबाट शान्ति भंग गर्ने प्रयास भयो : सांसद शुक्ला (भिडियो सहित) >> न्यून गुणस्तरका तीन औषधी विक्रिमा रोक >> लुम्बिनी, बाग्मती र एपीएफको जित >> एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी >> मसिना युवा क्लबद्वारा तीन दिवसीय भलिबल प्रतियोगिता सुरु >> कन्चनमा प्रस्तावना तथा प्रतिवेदन लेखन सम्बन्धी तालिम सुरु >> टिसिएल लगातार दुई वर्ष ग्लोबल टप २ टिभी ब्रान्डको स्थानमा >> सिटिजन्स बैंकले ९.९९ प्रतिशत ब्याजदरमै घर कर्जा दिने >> दैलेखमा अन्तरपालिकास्तरीय खेलकुद प्रतियोगिता >> लुम्बिनीका मुख्यमन्त्रीको दोहोरो चरित्रः शिखर सम्मेलनमा ७ करोड खर्चिदा बालमैत्रीको बजेटमा बेवास्ता >> प्रदिप र अभिलाषा उपाधि रक्षाको दाउमा >> कर्णालीको पानी लम्की ल्याइँदै, मुख्यमन्त्री शाहद्वारा आयोजनाको शिलान्यास >> गाउँबस्ती सफा राख्न अन्तक्र्रिया >> लुम्बिनी प्रदेश सभाको बैठक ६ मिनेटमै सकियो >> स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउन सांसद घिमिरेको माग >> नामिबियाविरुद्ध नेपालको रोमाञ्चक जित >> सहमती कार्यान्वयनको माग राख्दै बर्दघाटमा धर्ना >> फोहोर जलाउने क्रममा घरमा आगलागी, दुई लाख ३० हजारको क्षति >> रुपन्देही र इलामका होटेल व्यवसायीको माग : पर्यटनलाई सरकारले मुख्य एजेण्डा बनाओस् >> देवदह नगरपालिकामा उपभोक्ता समितिको परिचालन र व्यवस्थापन >> रुन्न बरिलै भन्दै आइन् सुजाता >> दुई बर्ष भित्र घोराही लैंगिक हिंसा नियन्त्रित नगर घोषणा गर्ने तयारी >> टी- २० सिरिज: नेपालले आज नामिबियाको सामना गर्दै, जित्नैपर्ने दबाबमा नेपाल >> उद्घाटन खेलमा लुम्बिनी टिम गण्डकीसंग खेल्दै >> सरकारद्वार स्वर्गद्वारी गुठीपीडित किसानसंग वार्ता समिति गठन >> हिउँदयाम सकियो, आजदेखि प्रिमनसुन सुरु >> लुम्बिनीको हिउँदे अधिवेशन आजदेखि, शनिबार प्रधानमन्त्रीले सम्बोधन गर्ने >> ठेकेदार लापरबाहीले नागरिकलाई सास्ती >> लुम्बिनी स्वच्छतामा बढ्दो लापरवाही >> दादुरा रुबेला खोपः बालबालिकाको जोगाउँछ जीवन >> आठ वर्षमा बन्यो प्रदेशको लैंगिक नीति, छिट्टै कार्यान्वयनको आशा >> प्रिन्टेड पेपर ‘क्यान्सरको घर’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> नेपालगन्जमा होटल पौवाको ५ तारे होटलको शिलान्यास >> नेपाल स्काउटको बुटवल आयुक्तमा खरेल >> मुख्यमन्त्रीलाई सभामुख घर्तीका १० गम्भीर प्रश्न >> किन हुँदैछ कर्णालीलाई डिजिटल बनाउने बहस् ? >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा टोकन प्रणाली शुरु >>   प्रदिप, प्रनव, रितिक र निशान्त छैटौ बुटवल खुला राष्ट्रिय लनटेनिसको अन्तिम चारमा >> फुलबारीमा कुडुले घर >> अखिल नेपाल महिला संघको कर्णाली अध्यक्षमा रेग्मी >> कृषिमन्त्रीको राजीनामा माग्दै दूध किसान सडकमा (भिडियोसहित) >> रुपन्देहीको व्यवसाय चलायमान बनाउन सुझाव संकलन >> विश्व किर्तीमानधारी हरिबहादुरलाई सम्मानको ओइरो >> लुम्बिनीमा शिखर सम्मेलनः मुख्यमन्त्रीको स्वार्थमा शक्ति केन्द्रको चलखेल
सुरक्षा÷अपराध

१४ किलो सुन प्रकरण छानबिनका लागि समिति

२२ मंसिर २०८०, शुक्रबार
२२ मंसिर २०८०, शुक्रबार

काठमाडौँ ।

बिहीबार राति दुबई हुँदै आएका गोरखाका चन्द्र घलेबाट बरामद १४ किलो सुन प्रकरण छानबिनका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले छानबिन समिति बनाएको छ।

प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा उक्त ६ सदस्यीय समिति बनाइएको हो। यो समितिलाई ५ दिनको कार्यादेश दिइएको छ।

समितिमा प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, भन्सार अधिकृत डिल्लु प्रसाद शर्मा, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुंगाना सदस्य रहेका छन्।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बिहीबार राति विशेष सुराकीको आधारमा करिब १४ किलो सुन बरामद गरेको  थियो।

बिहीबार राति ११.४० बजे फ्लाई दुबईको उडान नं. एफजेड ५७३ बाट आएका राहदानी नं. पीए ०१४५४८८ भएका नेपाली नागरिक चन्द्र घलेको साथबाट उक्त परिमाणको सुन बरामद गरिएको थियो।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुखसहितको टोलीले विमानस्थल सुरक्षा कार्यालयको सहयोगमा गोरखाका घलेलाई नियन्त्रणमा लिई खानतलासी गरेको थियो।

त्यसक्रममा बिस्कुट आकारको ७ थान करिब १४ किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद गरिएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ।

उक्त कार्यमा चन्द्र घले र गोरखा स्थायी ठेगाना भएका मीनबहादुर घले पनि संलग्न रहेको पाइएपछि पक्राउ गरेर भन्सार कार्यालयले अनुसन्धान अघि बढाएको छ।

सुन जस्तो देखिने पहेँलो धातु परीक्षणका लागि भन्सार विभाग पठाइएको प्रमुख भन्सार प्रशासक डा. टोकराज पाण्डेले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?