ट्रेंडिंग:

>> गोमाको ‘घरको अचार’ >> बाउन्नगढी नै प्राचीन बौद्धकालिन सम्पदा >> साइन्सोत्सव >> छत्रेश्वरीमा छाडा गाई व्यवस्थापन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनीमा राज्य पक्षबाट शान्ति भंग गर्ने प्रयास भयो : सांसद शुक्ला (भिडियो सहित) >> न्यून गुणस्तरका तीन औषधी विक्रिमा रोक >> लुम्बिनी, बाग्मती र एपीएफको जित >> एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी >> मसिना युवा क्लबद्वारा तीन दिवसीय भलिबल प्रतियोगिता सुरु >> कन्चनमा प्रस्तावना तथा प्रतिवेदन लेखन सम्बन्धी तालिम सुरु >> टिसिएल लगातार दुई वर्ष ग्लोबल टप २ टिभी ब्रान्डको स्थानमा >> सिटिजन्स बैंकले ९.९९ प्रतिशत ब्याजदरमै घर कर्जा दिने >> दैलेखमा अन्तरपालिकास्तरीय खेलकुद प्रतियोगिता >> लुम्बिनीका मुख्यमन्त्रीको दोहोरो चरित्रः शिखर सम्मेलनमा ७ करोड खर्चिदा बालमैत्रीको बजेटमा बेवास्ता >> प्रदिप र अभिलाषा उपाधि रक्षाको दाउमा >> कर्णालीको पानी लम्की ल्याइँदै, मुख्यमन्त्री शाहद्वारा आयोजनाको शिलान्यास >> गाउँबस्ती सफा राख्न अन्तक्र्रिया >> लुम्बिनी प्रदेश सभाको बैठक ६ मिनेटमै सकियो >> स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउन सांसद घिमिरेको माग >> नामिबियाविरुद्ध नेपालको रोमाञ्चक जित >> सहमती कार्यान्वयनको माग राख्दै बर्दघाटमा धर्ना >> फोहोर जलाउने क्रममा घरमा आगलागी, दुई लाख ३० हजारको क्षति >> रुपन्देही र इलामका होटेल व्यवसायीको माग : पर्यटनलाई सरकारले मुख्य एजेण्डा बनाओस् >> देवदह नगरपालिकामा उपभोक्ता समितिको परिचालन र व्यवस्थापन >> रुन्न बरिलै भन्दै आइन् सुजाता >> दुई बर्ष भित्र घोराही लैंगिक हिंसा नियन्त्रित नगर घोषणा गर्ने तयारी >> टी- २० सिरिज: नेपालले आज नामिबियाको सामना गर्दै, जित्नैपर्ने दबाबमा नेपाल >> उद्घाटन खेलमा लुम्बिनी टिम गण्डकीसंग खेल्दै >> सरकारद्वार स्वर्गद्वारी गुठीपीडित किसानसंग वार्ता समिति गठन >> हिउँदयाम सकियो, आजदेखि प्रिमनसुन सुरु >> लुम्बिनीको हिउँदे अधिवेशन आजदेखि, शनिबार प्रधानमन्त्रीले सम्बोधन गर्ने >> ठेकेदार लापरबाहीले नागरिकलाई सास्ती >> लुम्बिनी स्वच्छतामा बढ्दो लापरवाही >> दादुरा रुबेला खोपः बालबालिकाको जोगाउँछ जीवन >> आठ वर्षमा बन्यो प्रदेशको लैंगिक नीति, छिट्टै कार्यान्वयनको आशा >> प्रिन्टेड पेपर ‘क्यान्सरको घर’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> नेपालगन्जमा होटल पौवाको ५ तारे होटलको शिलान्यास >> नेपाल स्काउटको बुटवल आयुक्तमा खरेल >> मुख्यमन्त्रीलाई सभामुख घर्तीका १० गम्भीर प्रश्न >> किन हुँदैछ कर्णालीलाई डिजिटल बनाउने बहस् ? >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा टोकन प्रणाली शुरु >>   प्रदिप, प्रनव, रितिक र निशान्त छैटौ बुटवल खुला राष्ट्रिय लनटेनिसको अन्तिम चारमा >> फुलबारीमा कुडुले घर >> अखिल नेपाल महिला संघको कर्णाली अध्यक्षमा रेग्मी >> कृषिमन्त्रीको राजीनामा माग्दै दूध किसान सडकमा (भिडियोसहित) >> रुपन्देहीको व्यवसाय चलायमान बनाउन सुझाव संकलन >> विश्व किर्तीमानधारी हरिबहादुरलाई सम्मानको ओइरो >> लुम्बिनीमा शिखर सम्मेलनः मुख्यमन्त्रीको स्वार्थमा शक्ति केन्द्रको चलखेल
विचार

हिंसाविरुद्धको अभियान र महिला पुरुष अधिकारको कुरा

२२ मंसिर २०८०, शुक्रबार
२२ मंसिर २०८०, शुक्रबार

महिलाका निम्ति धेरै आवाज उठे र उठाइयो । समस्या समाधानमा कोही निस्के त कोही अधुरै रहे । समयले तिब्र छलाङ्ग मारेछ तर समस्या भने उस्तै । फरक संस्कृति, फरक रहनसहन र फरक भेषभुषा । पीडा एउटै तर पिडक फरक । हुन त महिला हिंसा न्यूनीकरण भएको छैन तर केही हदसम्ममा राहत मिलेको छ । अहिलेपनि महिला हिंसा पीडितहरूले आाफू अन्यायमा परी न्यायको माग गर्दासमेत समयमै न्याय नपाउने, जर्बजस्ती रूपमा सुरक्षा निकायले मिलापत्र गरिदिने, डर, धाक धम्की, प्रलोभन देखाई गाउँमै मिलापत्र गरिदिने जस्ता गलत परम्पराले गर्दा अझैपनि वास्तविक रूपमा महिला हिंसाका घटनाहरू सार्वजनिक हुन सकिरहेका छैनन् र पीडकहरूले न्यायको प्रत्याभूत गर्न सकिरहेका छैनन् । देशमा राजनीतिक स्थायित्व सँगसँगै नेपालले महिला हक, अधिकार र मानव अधिकारको संरक्षण संवर्धन गर्दै संविधानले सबै किसिमका विभेदसहित लैङ्गिक विभेदको अन्त्य गर्ने सङ्कल्प पूरा गर्नुपर्ने राज्यको दायित्व हो ।

नेपालमा विसं २०२१ को मुलुकी ऐन खारेज गरी मुलुकी देवानी संहिता र मुलुकी अपराध संहिता कार्यान्वयनमा आएको छ । यस संहिताका थुप्रै प्रावधानमा महिलाको हक अधिकारका पक्षमा छन् । अहिले सो आचारसंहिता कार्यान्वयन भइसकेको छ तर वास्तविक पीडकहरूले समेत न्याय पाउन सकिरहेको देखिँदैन । महिलाविरुद्ध हुने हिंसाको कुनै न कुनै तवरबाट घटना सार्वजनिक हुनुपर्छ र घटनाका दोषीलाई कानुनी कठघरामा उभ्याउनै पर्छ तर यो अभियान कसैको नैतिक आचरण, रिसइवी साट्ने कार्यमा मात्रै प्रयोग हनु कदापि हुँदैन । महिलाविरुद्ध हुने सबै किसिमका हिंसाप्रति सरकारले शून्य सहनशीलताको नीति अवलम्बन गर्दै लैङ्गिक हिंसाको अपराधमा संलग्न हुने जोसुकैलाई कानुन बमोजिम कडा सजाय दिन सरकार दृढ रहेको, मुलुकी देवानी संहिता र मुलुकी अपराध संहिताको प्रभावकारी कार्यान्वयनले सबै प्रकारका हिंसा अन्त्यका लागि नेपाल सरकारले लिएको लक्ष्यलाई सबैले होस्टेमा हैसे गर्दै अघि बढ्नुपर्ने आवश्यकता छ । अहिले पनि हाम्रो समाजमा बोक्सीको आरोपमा कुटपिट, सामाजिक बहिष्कार, गाउँं निकाला, मलमूत्र खुवाउने, शारीरिक तथा मानसिक यातना दिई गाली बेइज्जत गर्ने, छाउपडी राख्ने, देउकी, झुमा, वादी, जारी प्रथाका कारण अझै महिला हिंसा भोग्न बाध्य पारिएका छन् । लैङ्गिक हिंसाविरुद्धको अभियान चली नै रहँदा महिलाविरुद्ध घरेलु हिंसा निम्त्याउने प्रमुख कारणको अन्त्यका लागि सबैले एकजुट भएर पहल गर्नुपर्छ । बिगत केही समयदेखिको तुलनामा अहिलेको अवस्थामा महिला जागरण तथा महिला सशक्तीकरणको अभियानले भने न्याय पक्कै पाएको छ । महिला केही हदसम्म स्वावलम्बी बन्दै गर्दा पनि घरेलु हिंसा कम भएको मान्न सकिन्छ । तर बिगतको परिप्रेक्ष्यमा महिलाको तुलनामा पुरुष हिंसामा परेको देख्न सकिन्छ । घरको पिल्लर पुरुषलाई मानिएता पनि सर्बेक्षण अनुरूप जति पनि चल अचल पुंजी छन ८०% को हाराहारीमा महिला को नाममा छन । महिलाप्रतिको सम्मान आफू आत्मनिर्भर बने पश्चात् बढ्दो छ । हुन त मानव सबै किसिमको क्षमतामा पोख्त त हुँदैन तर पनि हर कोहीमा केही न केही थप क्षमता भने पक्कै हुन्छ । त्यस्तै पुरुष घरको सम्पूर्ण जिम्मेवारी बहन गर्ने एक आदर्श र सच्चा सेवक हुन भन्दा फरक नपर्ला । कतिपय ठाउँमा सम्पूर्ण जिम्मेवारी महिलाले बहन गरेका त छन तर पनि हालको समयसम्म धेरैजसो पुरुष नै घरको मूल हुन ।

आर्थिक, राजनैतिक, सामाजिक हरेक क्षेत्रमा सफलता तब मिल्छ जब एक नारी साथमा हुन्छिन । परिवारको खुसी र जिम्मेवारी पूरा गर्न काम गर्ने सिलसिलामा देश बिदेश धाइरहँदा पुरुषलाई बुझिदिने असल स्त्री नभैदिदा कामसंगै हरेक कुरामा एक कदम पछाडि हुनुपर्ने हुन्छ । दिन रात नभनी आर्जन गरेको धन फेसनको नाममा हिनामिना भैरहेको देखिन्छ । के कसरी कहाँबाट आयो बुझ्दै नबुझी बस उनलाई समाजमा सकि नसकी बिलासी जीवनको प्रतिस्पर्धा गर्न मन लाग्छ । शारीरिक पिडा माथि झन मानसिक बोझ थप्दै जान्छिन उनी । गर्दागर्दै ओभर टाइमको पनि कुनै अस्तित्व नै रहदैन उनको देखासिकीको अगाडी । जे छ त्यसैमा रमाउन खुसी हुन सक्दिनन उनी । अनि थपिन्छ ऋणको बोझ । उमेरले ५० काटीसक्यो न त घडेरी न घर न त समय न पैसा, उल्टो ऋणको थुप्रो । कमाएको धन राख्ने भाँडो चुहिनी परेछ । अनि घट्छ दर्दनाक घटना । साहुको वचन, अलिकती भएको गाउँको टुक्रो पनि बैंकको लिलामी । कहि कतै बाटो देख्दैनन् । अझ त्यसैमासथ घरको कचकच । अन्तिम विकल्प आत्महत्या । हुन त देहात्याग नै समाधान त होइन तर मानवको कुनै बेलाको सोच बाँचेर अर्थ नै देख्दैन । परिवारको साथ माया अटुट सम्बन्ध छताछुल्ल ।

हरेक परिस्थितिमा साथ दिने परिवार जब उ आर्थिक र शारीरिक रूपमा कमजोर हुन्छ तब झन परिवार भएरपनि एक्लो महसुस गरेको हुन्छ । शारीरिक, मानसिक, सामाजिक, आर्थिक तथा यौन हिंसामा परेका ती पुरुषहरू न्याय खोज्न कहाँ जानू । साथीभाई सामु दुःख पोखुँ कस्तो जोइटिङग्रे रहेछ भन्छ्न । कुनै अधिकारकर्मी भेटुँ मेरो इज्जत कहाँ पुग्छ, फेरि महिलाको अधिकार धेरै लाग्छ । मेरो कुराको कुनै अर्थ नै छैन । यही सोचेर उ घरेलु हिंसामै सीमित रहन्छ । हरेक समस्याको समाधान हुन्छ जुन कि खोज्न जान्नुपर्छ । मिठो बोली, आदर्श व्यवहार र अनुशासनले नै घर स्वर्ग बन्छ । यसका लागि परिवार नै मिलेर अघि बढ्नुपर्छ । एक हातले ताली कहाँ बज्छ र हो । त्यस्तै हो परिवार पनि कस्तो बनाउने आफूमा निर्भर रहन्छ । तसर्थ महिलाका अधिकार खोज्दै गर्दा कतै पुरुष पीडित त छैनन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?