ट्रेंडिंग:

>> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी

अर्थतन्त्र सुधार हुने गरि कार्यक्रम ल्याउन रुपन्देहीका होटल ब्यवसायीहरुको आग्रह ।

२० मंसिर २०८०, बुधबार
२० मंसिर २०८०, बुधबार

बुटवल, २० मंसिर । देश संकटग्रस्ट अवस्थामा पुग्दा पनि सरकार र राजनितिक दलहरु संवेदनशिल नभएको रुपन्देहीका होटल ब्यवसायीहरुले गुनासो गरेका छन । आर्थिक संकटकै कारण होटल ब्यवसायीहरु धरासायी भएको वर्तमान अवस्था समाधान गर्ने भन्दा पनि राजनितिक दलहरु जुगाको लडाईमा रमाउनु गलत भएको बताए ।

होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ अन्तरगत वडा ७ र ८ टोल समिति गठन कार्यक्रमको उद्घाटन गर्दै संघका अध्यक्ष लेखनाथ भण्डारीले ब्यवसायको जटिल परिस्थिति आएको बताए । ‘ब्यवसायीहरुको अनुहारमा खुशियाली छैन ।’— उनले भने । पर्यटन क्षेत्रमा लगानी गर्ने आधार बुद्ध जन्मस्थल लुम्बिनी, अन्तरास्ट्रिय बिमानस्थल, अन्तराष्ट्रिय सम्मेलन केन्द्र, पर्यटकीय क्षेत्र भएको उनले बताए । यी सबै क्षेत्रलाई चलायमान गराउन नसक्दा ब्यवसाय धरासायी भएको उनले दुखेसो गरे। आफ्नो कार्यकालमा टोलस्तरबाट नै समस्या उठान र समाधान गर्ने गरि समिति गठन अभियान चलाएको उनले बताए । हाल १४ वटा टोल समिति गठन गरिएको उनले बताए । अहिलेको संकटग्रस्ट ब्यवसायलाई मध्येनजर गरि घरबहाल न्युनिकरण गर्ने कार्यबाट धेरै लाभ मिलेको उनले बताए । ब्यवसायीहरुलाई क्षमता विकास गर्न तालिम र अभिमुखीकरण कार्यक्रममा जोड दिएको उनले बताए ।

कार्यक्रममा संघका सल्लाहकार बालाराम भट्टराईले संस्थागत अगुवाईबाट नै समस्या समाधान गर्न सकिने बताए । संकटग्रस्त अवस्था देशमा आएको छ तर देशमा अभिभावक विहिन भएको अवस्था आएको उनले बताए । सरकारको नेतृत्वमा बस्नेहरु गम्भीर नबन्दा देश समस्याको भुमरीतिर धकेलिएको उनले दुखेसो गरे । राजनितिक किचलो, मौद्रिक निति समयमा ल्याउन नसक्नु, योजनावद्घ पुर्वाधार विकास नहुनु जस्ता कारण विकासको बाधक भएको उनले बताए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव खनालले ब्यवसायलाई चलायमान बनाउने गरि लाग्ने बेला भएको बताए । पर्यटन प्रर्वद्धनका कामलाई अघि बढाउने गरि मौलिक नृत्य चलाएको उनले बताए। यसैगरि सडक खाना महोत्सवको तयारीमा रहेको उनले बताए । खानाका स्टल दर्ताका लागि संघका सचिव थमन भण्डारीको संयोजकत्वमा अघि बढाईएको उनले बताए । पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डे, द्घितिय उपाध्यक्ष प्रेम भट्टराई, सुर्दशन खनालले शुभकामना दिए ।

रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ अन्तरगत टोल समिति गठन

होटल ब्यवसायी सन्तोष खड्काको अध्यक्षतामा १३ सदस्यीय रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ अन्तरगत वडा ७ र ८ टोल समिति सर्वसम्मत चयन भएको छ । जसको वरिष्ठ उपाध्यक्ष रोमाकान्त पाण्डे, उपाध्यक्ष नारायण पहराई, सचिव पवित्रा ज्ञवाली, कोषाध्यक्ष सुदर्शन खनाल तथा सदस्य पदम सेन, सरस्वति पन्थ, पवन रेग्मी, नारायण न्यौपाने, रमेश पाण्डे, मिना शेरचन र शर्मिला अधिकारीलाई चयन भएका छन । सल्लाहकारमा चुत्र बहादुर पौडेल, केशवराज पराजुली, यामप्रसाद गैरे, यज्ञमुर्ती भण्डारीलाई चयन गरेको छ । वडा नं ७ र ८ अन्तरगत चादबारी, आम्दा लाईन, दिपनगर, रामनगर, मुटु अस्पताल क्षेत्रमा गरि ८२ जना सदस्यहरु छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?