ट्रेंडिंग:

>> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी

लुम्बिनीसँग जोडेर सैनामैनाको पर्यटकीय विकास गर्न सुझाब

१९ मंसिर २०८०, मंगलवार
१९ मंसिर २०८०, मंगलवार

सैनामैना १९ मंसिर । रुपन्देहीको सैनामैना क्षेत्रलाई लुम्बिनीसँग जोडेर पर्यटकीय विकास गर्नुपर्नेमा सम्बद्ध सरोकारवालाहरुले धारणा व्यक्त गरेका छन्। सैनामैना पर्यटकीय सम्भावना बोकेको नगर भएको र यहाँका धार्मिक, ऐतिहासिक, पुरातात्वीक र प्राकृतिक स्थलहरुको व्यवस्थित तरिकाले प्रवद्र्धन र विकास हुनुपर्ने उनीहरुको भनाइ छ ।
छैटौ राष्ट्रिय सैनामैना, कृषि, पर्यटन, प्रवधि तथा औद्योगिक व्यापार महोत्सवको अवसरमा मंगलबार महोत्सव स्थल मुर्गियामा पर्यटन प्रवद्र्धन सम्बन्धी गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम भएको थियो।
अन्तरक्रियामा सहभागीहरुले सैनामैनाको रानीकुवा क्षेत्र र पर्रोहा परमेश्वर बोलबम धामलाई नगरको पर्यटकीय पहिचानको रुपमा अघि बढाउनुपर्ने विचार व्यक्त गरेका थिए। सैनामैनालाई लुम्बिनी प्रवेशमार्गको रुपमा प्रचार तथा प्रवद्र्धन गरि पर्यटकीय चहलपहल बढाउनुपर्ने उनीहरुले बताए ।
कार्यक्रममा सैनामैना नगरपालिकाका नगरप्रमुख फणेन्द्रप्रसाद शर्माले सैनामैनाको बुद्धकालिन स्थललाई लुम्बिनीसँग जोड्न प्रयत्न गरिरहेको जानकारी दिए। रानीकुवा र राजाकुवा क्षेत्र लुम्बिनी विकास कोष भित्र समेटियो भने लुम्बिनी आएका पर्यटकहरुलाई यहाँ आकर्षित गर्न सकिन्छ। उनले भने त्यसको लागि हामी निरन्तर प्रयत्न गरिरहेका छौं । नगरप्रमुख शर्माले पर्यटन प्रर्वद्धनको लागि नगरपालिकाले सहयोग र सहकार्य गर्न तयार रहेको भन्दै पर्यटक आकर्षित गर्ने वातावरण बनाउन निजी क्षेत्रलाई आग्रह गरे।
लुम्बिनी पर्यटन परिषदका सदस्य तथा महोत्सव अन्तर्गत पर्यटन प्रवद्र्धन उपसमितिका संयोजक हरि पोखरेलले नगरको पहिचान बनेको पर्रोहा बोलबमधाममा साउनमा मात्र नभई अन्य समयमा पनि धार्मिक पर्यटक आकर्षित गर्नुपर्ने बताए। उनले रानीकुवा क्षेत्रका सम्पदाहरुको संरक्षण र प्रचार प्रसार गर्नुपर्ने, बोलबम पार्क, मलमला, राजापानी सिमसार क्षेत्र लगायतका पर्यटकीय स्थल सैनामैनमा रहेको भन्दै योजना बनाएर पर्यटकीय गतिविधि अगाडी बढाउनुपर्ने उल्लेख गरे।
सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष प्रेमबहादुर खड्काले महोत्सव सँगै सैनामैनाको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले अन्तरक्रिया आयोजना गरिएको जानकारी दिए। संघका निवर्तमान अध्यक्ष राजबहादुर शाहीले नगरमा पर्यटन सम्बन्धी संयन्त्र बनाएर गन्तव्यहरुको पहिचान, संरक्षण, प्रवद्र्धन र प्रचार प्रसार लगायतका गतिविधि गर्नुपर्ने धारणा राखे।
सैनामैना व्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेलले सैनामैनामा पर्यटकीय चहलपहल बढेमा अन्य व्यवसायलाई फाइदा पुग्ने उल्लेख गरे। व्यापार संघका निवर्तमान अध्यक्ष दुर्गा गौतमले रामापुर कलौनी र मुर्गियालाई लुम्बिनी प्रवेश मार्गको रुपमा विकास गर्न सके नगरमा पर्यटकीय चहलपहल बढ्न सक्ने बताए।
सैनामैनामा रहेको थारु होम स्टेका अध्यक्ष खुशिराम चौधरीले सैनामैनाको सम्पदा र संस्कृतीको संरक्षण र प्रवद्र्धन गर्न सके पर्यटकीय सम्भावना प्रचुर रहेको उल्लेख गरे।
सैनामैना होटल व्यवसायी संघका अध्यक्ष झविन्द्र पोखरेलले पर्यटकहरुका लागि आफूहरुले स्तरिय सेवा दिने प्रयास गरिरहेको बताए।
पर्यटकीय अनलाइन बुद्धपरिपथ डटकमका पत्रकार सुदिप भण्डारीले नगरमा धार्मिक, पुरातात्वीक, प्राकृतिक गन्तव्यहरु रहेको भन्दै यहाँको पर्यटकीय विकासका लागि तत्कालिन र दिर्घकालिन योजना बनाएर अघि बढ्न सुझाब दिए।
कार्यक्रममा घरेलु तथा साना उद्योगका दिनेस पाण्डे, कृषि उद्यमी देवेन्द्र पौडेल, सैनामैना उद्योग बाणिज्य संघका महासचिव लोकनाथ अधिकारी लगायतले बोल्दै लुम्बिनी आउने पर्यटकलाई सैनामैना आकर्षित गर्ने गरि अघि बढ्नुपर्ने बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?