ट्रेंडिंग:

>> पूर्वप्रधानमन्त्री माधव नेपालले गरे चलचित्र नमेटिने घाउको आफ्नो दृश्यको डबिङ >> ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ? >> किन बढ्दै छ आइभिएफ ? >> ‘एक विद्यार्थी एक बिरुवा’ उपहार >> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त

‘लुम्बिनी प्रदेशको पर्यटन र सम्भावना’ विषयक वक्तृत्वकला

१८ मंसिर २०८०, सोमबार
१८ मंसिर २०८०, सोमबार

पाल्पा, १८ मंसिर ।

विद्यार्थीलाई पर्यटनको आवश्यकता र महत्वको जानकारी गराउने उद्देश्यले पाल्पाको तानसेन नगरपालिका–३ भगवतीटोलस्थित पाल्पा प्यारागन ईङ्गलिस बोर्डिङ्ग स्कूमा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको छ । नेपाल टुरिजम बोर्ड, टुरिजम रिसर्च एण्ड ट्रेनिङ इन्स्टिच्यूट (टिआरटिआई), यूएनडीपी र जीटीटीपीको सहकार्यमा आइतबार लुम्बिनी प्रदेशको पर्यटन र सम्भावना विषयक वक्तृत्वकला प्रतियोगिता गरिएको हो ।

आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विद्यार्थीहरुमा पर्यटन सचेतना एवं शिक्षालाई जोड दिंदै विद्यार्थीहरुमाझ पर्यटन सम्बन्धी वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको टुरिजम रिसर्चका निर्देशक मदन बरालले बताए । ७ वटै प्रदेशमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको उनको भनाई छ । विद्यार्थीहरु भविष्यका कर्णदार भएकाले उनीहरुलाई पर्यटन सम्बन्धित जानकारी लिन र सम्भावनाहरुको खोजी गरी भोलिका दिनमा पर्यटन व्यवसायीलाई माथि उकास्ने अपेक्षा सहित विद्यालय विद्यालयमा पुगेर यस्ता कार्यक्रम गरिएको निर्देशक बरालले बताए ।

प्रतियोगिताको उद्घाटन गर्दै तानसेन नगरपालिका–३ का वडा अध्यक्ष बाबुरत्न शाक्यले लुम्बिनी प्रदेश पर्यटनको सम्भावना भएको प्रदेश भएकाले पनि विद्यालय तहबाट पर्यटन सम्बन्धी कार्यक्रम हुनु प्रशंसनीय रहेको बताए । यस्ता प्रतियोगिताले पर्यटन क्षेत्रको विकासमा ठूलो सहयोग पु¥याउनेमा उनले विश्वास व्यक्त गरे ।

स्कूूल व्यवस्थापन समितिका अध्यक्ष जगदीश भट्टराईले विद्यार्थीहरु समक्ष पर्यटनका बारेमा प्रतियोगिता सञ्चालन गर्ने÷गराउन महत्वपूर्ण भूमिका खेलेको भन्दै संस्थाहरुप्रति आभार एंव धन्यवाद व्यक्त गरे । उनले देशको आर्थिक मेरुदण्डको रुपमा रहेको पर्यटन व्यवसायीलाई प्रवद्र्धन गर्ने गरी विद्यालयतमा पुुगेर गरेका यस्ता कार्यक्रमहरुले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

स्कूलका प्रिन्सिपल गंगाबहादुर खत्रीले कितावी ज्ञानमा मात्र सिमित विद्यार्थीहरुका लागि प्रतियोगिताले पर्यटन प्रति पनि खोज अनुुसन्धान गर्न सहयोग पुग्ने बताए । उनले भने, ‘हाम्रो शिक्षा प्रणालीमा प्राप्तांकले विद्यार्थीमा योग्यतताक्रम हासिल भए पनि व्यवहारिक ज्ञान नहुने हुँदा समस्या भएको छ, यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने छ ।’ त्रिभुवन बहुमुखी क्याम्पसका नेपाली विभाग प्रमुख तथा प्रतियोगिताका निर्णायक मण्डल टंक प्रसाद पन्तले विद्यालय पाठ्यक्रममा पर्यटन सम्बन्धी कुराहरु समावेश हुनुपर्नेमा जोड दिए ।

प्रतियोगितामा केकी बस्याल प्रथम, आरती बस्याल द्वितीय र सियसी सारू तृतीय भएका छन् । उनीहरूलाई पुरस्कृत गरिएको छ । प्रतियोगीहरुले पाल्पासहित लुम्बिनीका १२ वटै जिल्लामा पर्यटकीय प्रचुर सम्भावना रहेको भन्दै तिनीहरुको उचित व्यवस्थापन गरी प्रवद्र्धन गरिनुुपर्नेमा जोड दिएका थिए । उनीहरुले घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको बसाई लम्ब्याउनका लागि त्यस्तै खालको वातावरण सिर्जना गर्नुपर्ने, पर्यटकहरुलाई आटो, ढेडो जस्ता स्थानीय खानाहरु खुवाई नेपालीपन र स्वाद प्रदान गर्न आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

सोही अवसरमा स्कूलका प्रिन्सिपल गंगाबहादुर खत्रीको संरक्षकत्वमा शिक्षक भीमा कुमारी चापागाइँ संयोजक र रोसनी थापा क्याप्टेन रहने गरी ११ सदस्यीय पर्यटन क्लब समेत गठन गरिएको छ । जसको सदस्यमा विद्यार्थीहरु केकी बस्याल, अंकिता बस्याल, सितास्मा बस्याल, रेजिना पाण्डे, दिया रेश्मी, गोविन्द जर्घा, दिलबहादुर दर्लामी, आयोन गाहा रहेका छन् । प्रतियोगिताको निर्णायक मण्डलमा त्रिभुवन बहुमुखी क्याम्पसका नेपाली विभाग प्रमुख टंक प्रसाद पन्त र नेपाली विभागका तुुल्सीराम पोखरेल रहेका थिए । कार्यक्रममा सहभागी पर्यटन व्यवसायी धनिश्वर बस्याल, पाल्पा विकास केन्द्रका कार्यक्रम संयोजक तथा पत्रकार किरण कौसल लगायतले नेपालमा पर्यटनमार्फत समृद्धि र उन्नति गर्न सकिने भन्दै विद्यालय तहदेखि नै विद्यार्थीलाई पर्यटनका बारेमा जानकारी गराउन गरिएका यस्ता कार्यक्रम प्रशसंनीय रहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?