ट्रेंडिंग:

>> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी

लुम्बिनी केबलकार पुगेर कांग्रेस नेताहरुले भने : आर्थिक समृद्धिको मुख्य आधार पर्यटन

१८ मंसिर २०८०, सोमबार
१८ मंसिर २०८०, सोमबार

बुटवल, १८ मंसिर । नेपाली कांग्रेस लुम्बिनीका नेताहरुले मुलुकको आर्थिक समृद्धिको मुख्य आधार पर्यटन भएको बताएका छन् । प्राकृतिक सुन्दरता, भौगोलिक बनोट र हावापानीका कारण नेपालमा पर्यटन उद्योगको राम्रो सम्भावना रहेको उल्लेख गर्दै उनीहरुले भारत सहित विदेशी मुलुकबाट ठूलो संख्यामा पर्यटक भित्राउन सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए । सोमबार लुम्बिनी केबलकारको यात्रा र कामाख्या देवीको मन्दिर दर्शनपछि पत्रकारहरुसंग कुरा गर्दै नेताहरुले सीमा नाका र अद्यागमन कार्यालयमा पर्यटकमैत्री व्यवहार र नीति बनाउनुपर्नेमा जोड दिए ।
कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनले लुम्बिनी प्रदेश पर्यटनका दृष्टिले राम्रो संभावना बोकेको ठाउं भएको उल्लेख गर्दै बुटवल र पाल्पा जोड्ने गरी बनेको लुम्बिनी केबलकार र कामाख्या देवी मन्दिर आन्तरिकसंगै भारतीय पर्यटकका लागि आकर्षण बन्न सक्ने बताए । सभापति पुनले विदेशी पर्यटकलाई चाहेजति पैसा ल्याउन दिनुपर्ने नीति बनाउन माग गरे ।

भारतीय पर्यटकले २५ हजार भारु मात्र बोक्न पाउने व्यवस्था गलत भएको भन्दै सभापति पुनले पर्यटकलाई धेरै भन्दा धेरै पैसा ल्याउन पाउने नीतिगत व्यवस्था गर्न सके मात्रै विदेशी मुद्रा आर्जन गर्न सकिने बताए । ठूला लगानीका पर्यटकीय पुर्वाधारको प्रचार प्रसारमा सरकार र राजनीतिक दलहरुले सहयोग गर्नुपर्ने सभापति पुनले आग्रह गरे । सभापति पुनले पार्टीको आगामी वैठक लुम्बिनी केबलकारमा गर्ने प्रतिवद्धता जनाए ।

कांग्रेस लुम्बिनीका उपसभापति भुवनप्रसाद श्रेष्ठले लुम्बिनी केबलकारले आन्तरिक पर्यटन प्रवद्र्धनसंगै कामाख्यादेवी मन्दिरले भातीय पर्यटकलाई समेत आकर्षित गर्ने उल्लेख गर्दै यसको प्रवद्र्धनमा सरकारले पनि सहयोग गर्नुपर्ने बताए ।

कांग्रेस लुम्बिनीका अर्का उपसभापति एवं प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजु खनालले लुम्बिनी केबलकार सञ्चालनमा आएसंगै प्रदेशमा नयां र स्तरीय पर्यटकीय गन्तव्य थपिएको भन्दै यसको प्रवद्र्धनमा प्रदेश सरकार साथमा रहेको बताए ।

कांग्रेस लुम्बिनीका महामन्त्री विक्रम खनालले निजी क्षेत्रले पर्यटनमा गरेको लगानीको प्रतिफल दिलाउन सरकारले निजी क्षेत्रमैत्री नीति र कानून बनाइदिनुपर्ने बताए ।

प्रदेश सहमहामन्त्री नुमा गिरीले लुम्बिनी केबलकारको टप स्टेशन बसन्तपुर गर्मी मौसममा शितल र जाडोमा न्यानो हुने ठाउं भएकाले पर्यटकको रोजाई बन्ने बताइन् ।

कांग्रेस लुम्बिनीका युवा नेता विष्णु पोखरेलले प्रदेशको पहिलो केबलकारको प्रवद्र्धनमा यहांका राजनीतिक दलहरुको पनि भूमिका हुनुपर्छ भन्ने उद्देश्यले प्रदेश सम्मेलनका क्रममा प्रदेश कार्यसमितिका पदाधिकारीहरुले केबलकारको यात्रा र कामाख्या देवी मन्दिरको दर्शन गरेको बताए ।
सो अवसरमा केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैजू,इन्जिनियर सनी चौरसिया,सुजित यादवले केबलकारको लगानी,निर्माण भएका संरचना र प्राविधिक पक्षबारे नेताहरुलाई जानकारी गराएका थिए । आईएमई ग्रुपको नेतृत्वमा स्थानीयको समेत ५ अर्ब लगानीको केबलकारको टप स्टेशनमा १५० कोठा, एक हजार जना क्षमताको ब्याङक्वेट हल,क्यासिनो सहितको पांचतारे होटेल निर्माणको चरणमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?