ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति

चुनाव अगाडि गठबन्धन नगर्ने , संघ र प्रदेशका मन्त्रालय घटाउनुपर्ने : काँग्रेस लुम्बिनी

१८ मंसिर २०८०, सोमबार
१८ मंसिर २०८०, सोमबार

बुटवल,१८ मंसिर । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सम्मेलनले आगामी निर्वाचनमा चुनाव अगाडि अन्य दलसंग गठबन्धन गर्न नहुने प्रस्ताव पारित गरेको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मंसिर १६ र १७ गते सम्पन्न सम्मेलनले चुनाव अघिको गठबन्धन अनुचित भएको ठहर सहित चुनाव अघि गठबबन्धन नगर्ने प्रस्ताव पारित गरेको हो । सम्मेलनले पारित गरेका प्रस्तावहरु जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा प्रदेश सभापति अमरसिंह पुनले विचार नमिल्ने दलहरुसंग चुनाव अघि गरिने गठबन्धर्नलाई पार्टीका कार्यकर्ता र मतदाताले नरुचाएकाले गठबन्धन गर्ने नहुने प्रस्ताव पारित गरेको बताए । अन्य प्रदेशले पनि लुम्बिनीको यो प्रस्तावलाई अनुशरण गर्ने सभाति पुनले बताए ।
यस्तै पार्टीको तहगत आधारमा तहगत सरकारी निकायको निर्धारण, निर्देशन, नियन्त्रण, समन्वय तथा मुल्याङ्कन सम्बन्धित तहले गर्न पाउने व्यवस्था हुनुपर्ने प्रस्ताव पारित गरेको छ । संघीय र प्रदेश सरकारका मन्त्रीमण्डल सानो, मितव्ययी र प्रभावकारी बनाउनुपर्ने, संघीय सरकार र प्रदेश सरकारमा जाने व्यक्तिको चयन ड्रिम प्रोजेक्टका आधारमा तय गर्ने प्रस्ताव पारित गरेको छ । मन्त्रालय बढी हुंदा राज्यलाई ठूलो आर्थिक भार पर्ने भएकाले प्रदेशमा कुल सांसदको २० प्रतिशतसम्म मन्त्री बनाउने संवैधानिक व्यवस्था परिवर्तन गर्नुपर्ने खांचो देखिएको प्रदेश सभापति पुनले बताए ।

पार्टी सङ्गठनलाई व्यवस्थित गर्नका लागि अनुशासनलाई विधिगत आधारमा चुस्त गराउने, सबै समिति एवम् पदाधिकारीका कार्यप्रगति प्रविधिसम्पन्न शैलीमा उपलब्ध गर्ने÷गराउने,कार्यक्षमताका आधारमा प्रतिनिधित्व एवम् नेतृत्व चयन र मुल्याङ्कन गर्ने प्रस्ताव पारित गरेको छ । प्रदेश प्रतिनिधिहरूमध्येबाट महाधिवेशन प्रतिनिधि एवम् महासमिति सदस्य समेत निर्वाचित हुने व्यवस्था गर्ने,वार्ड तहलाई बलियो बनाउन संगठनात्मक आधार वडालाई व्यवहारिक रूपमा कार्यान्वयवन गर्ने र ७ सय ५३ वटै पालिकाका सभापतिहरू पदेन महाधिवेशन प्रतिनिधि हुने व्यवस्था गर्ने, कुनै पनि तहका पद वा प्रतिनिधित्व स्वतः हुने व्यवस्था खारेज गर्ने प्रस्ताव सम्मेलनले पारित गरेको छ ।

यसले अब केन्द्रीय पदाधिकारी एवम् सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि र संघीय सांसद स्वतः क्षेत्रीय प्रतिनिधि हुने, प्रदेश सभा सदस्य स्वत प्रदेश अधिवेशन प्रतिनिधि हुने व्यवस्था अन्त्य गर्नेछ ।
पार्टी लेबी जुन तहले उठाउनुपर्ने हो, सो तहमा ५० प्रतिशत उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने,एउटै तहको कार्यसमितिमा बढीमा २ पटकसम्म मात्र मनोनित गर्न पाउने , मनोनित सँगै निर्वाचित आरक्षित सीटका लागि पनि यसै बमोजिम परिमार्जन गर्ने प्रस्ताव सम्मेलनले पारित गरेको छ ।

हालको बहुपदीय प्रणालीमा नेपाली काँग्रेसका ८ वटा तहमध्ये प्रत्येक बहुपद हुने ठाउँमा एक जना निर्वाचित र अन्य पदाधिकारी मनोनित हुने व्यवस्था गर्ने, कोषाध्यक्ष पद निर्वाचित हुने व्यवस्था गर्नुपर्ने प्रस्ताव सम्मेलनले पारित गरेको छ ।
समानुपातिक र लाभको पदलाई सो व्यक्तिको जीवनकालका लागि एकपटक मात्र हुने व्यवस्था गर्ने तर समावेशीताको आधारभुत सिद्धान्तबमोजिम हुने गरी मात्र अवसर दिनुपर्ने,आरक्षित सीटका लागि पनि यसै बमोजिम परिमार्जन गर्ने प्रस्ताव सम्मेलनले पारित गरेको छ ।
युवा र महिला स्वरोजगारका लागि नेपाली काँग्रेसको समाजवादी नीति परिणाममुखी रूपमा कार्यान्वयन गर्ने ,लुम्बिनी प्रदेशको आर्थिक सशक्तिकरण गर्न आधुनिक कृषि, पर्यटन र उद्योगको विकाशलाई जोड दिने,त्यसका लागि अल्पकालीन, मध्यकालीन र दिगो रणनीतिक योजना बनाई कार्यान्वयन गर्ने तथा जनशक्ति तथा पुजी पलायन रोक्ने नीति र कार्यक्रमको नीति निर्माण तथा कार्यान्वयन गर्ने प्रस्ताव सम्मेलनले पारित गरेको छ ।
सुसशासन, पारदर्शिता र जवाफदेहिताको विकाश गर्ने,भ्रष्टाचार र अनियमितता रोक्नका लागि राजनैतिक इच्छाशक्तिको विकाश तथा सम्बन्धित निकायलाई स्वायत्तता प्रदान गर्नुपर्ने, संविधान प्रदत्त शिक्षा र स्वास्थ्य निःशुल्क व्यवस्था गर्ने ,बीमाको प्रभावकारी कार्यान्वयन,प्राविधिक, व्यवसायिक एवम् स्वरोजगारमुखी शिक्षालाई प्राथमिकतामा राख्ने प्रस्ताव सम्मेलनले पारित गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बढी लोककल्याणकारी बनाउन परिवर्तनकारी दलहरूबीच थप बहस र आवश्यक परिमार्जित कदमका लागि आह्वान गर्ने प्रस्ताव सम्मेलनले पारित गरेको छ ।
लुम्बिनी प्रदेश सरकार र सो अन्तर्गतका १०९ स्थानीय सरकारलाई अनुगमन गर्न पार्टीको लुम्बिनी प्रदेश कार्यसमिति अन्तर्गत अनुगमन समिति बनाउने प्रस्ताव सम्मेलनले पारित गरेको प्रदेश महामन्त्री विक्रम खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?