ट्रेंडिंग:

>> आज लुम्बिनी बौद्ध विश्वविद्यालयको १५ औं सभाको बैठक, प्रधानमन्त्रीले उद्घाटन गर्दै >> थारु मानक भाषाका लागि भाषा वर्ण निर्धारण अभ्यास >> लोक सांस्कृतिक महोत्सवले संस्कृतिको प्रवद्र्धन गर्छ : मन्त्री थापा >> गोमाको ‘घरको अचार’ >> बाउन्नगढी नै प्राचीन बौद्धकालिन सम्पदा >> साइन्सोत्सव >> छत्रेश्वरीमा छाडा गाई व्यवस्थापन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनीमा राज्य पक्षबाट शान्ति भंग गर्ने प्रयास भयो : सांसद शुक्ला (भिडियो सहित) >> न्यून गुणस्तरका तीन औषधी विक्रिमा रोक >> लुम्बिनी, बाग्मती र एपीएफको जित >> एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी >> मसिना युवा क्लबद्वारा तीन दिवसीय भलिबल प्रतियोगिता सुरु >> कन्चनमा प्रस्तावना तथा प्रतिवेदन लेखन सम्बन्धी तालिम सुरु >> टिसिएल लगातार दुई वर्ष ग्लोबल टप २ टिभी ब्रान्डको स्थानमा >> सिटिजन्स बैंकले ९.९९ प्रतिशत ब्याजदरमै घर कर्जा दिने >> दैलेखमा अन्तरपालिकास्तरीय खेलकुद प्रतियोगिता >> लुम्बिनीका मुख्यमन्त्रीको दोहोरो चरित्रः शिखर सम्मेलनमा ७ करोड खर्चिदा बालमैत्रीको बजेटमा बेवास्ता >> प्रदिप र अभिलाषा उपाधि रक्षाको दाउमा >> कर्णालीको पानी लम्की ल्याइँदै, मुख्यमन्त्री शाहद्वारा आयोजनाको शिलान्यास >> गाउँबस्ती सफा राख्न अन्तक्र्रिया >> लुम्बिनी प्रदेश सभाको बैठक ६ मिनेटमै सकियो >> स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउन सांसद घिमिरेको माग >> नामिबियाविरुद्ध नेपालको रोमाञ्चक जित >> सहमती कार्यान्वयनको माग राख्दै बर्दघाटमा धर्ना >> फोहोर जलाउने क्रममा घरमा आगलागी, दुई लाख ३० हजारको क्षति >> रुपन्देही र इलामका होटेल व्यवसायीको माग : पर्यटनलाई सरकारले मुख्य एजेण्डा बनाओस् >> देवदह नगरपालिकामा उपभोक्ता समितिको परिचालन र व्यवस्थापन >> रुन्न बरिलै भन्दै आइन् सुजाता >> दुई बर्ष भित्र घोराही लैंगिक हिंसा नियन्त्रित नगर घोषणा गर्ने तयारी >> टी- २० सिरिज: नेपालले आज नामिबियाको सामना गर्दै, जित्नैपर्ने दबाबमा नेपाल >> उद्घाटन खेलमा लुम्बिनी टिम गण्डकीसंग खेल्दै >> सरकारद्वार स्वर्गद्वारी गुठीपीडित किसानसंग वार्ता समिति गठन >> हिउँदयाम सकियो, आजदेखि प्रिमनसुन सुरु >> लुम्बिनीको हिउँदे अधिवेशन आजदेखि, शनिबार प्रधानमन्त्रीले सम्बोधन गर्ने >> ठेकेदार लापरबाहीले नागरिकलाई सास्ती >> लुम्बिनी स्वच्छतामा बढ्दो लापरवाही >> दादुरा रुबेला खोपः बालबालिकाको जोगाउँछ जीवन >> आठ वर्षमा बन्यो प्रदेशको लैंगिक नीति, छिट्टै कार्यान्वयनको आशा >> प्रिन्टेड पेपर ‘क्यान्सरको घर’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> नेपालगन्जमा होटल पौवाको ५ तारे होटलको शिलान्यास >> नेपाल स्काउटको बुटवल आयुक्तमा खरेल >> मुख्यमन्त्रीलाई सभामुख घर्तीका १० गम्भीर प्रश्न >> किन हुँदैछ कर्णालीलाई डिजिटल बनाउने बहस् ? >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा टोकन प्रणाली शुरु >>   प्रदिप, प्रनव, रितिक र निशान्त छैटौ बुटवल खुला राष्ट्रिय लनटेनिसको अन्तिम चारमा >> फुलबारीमा कुडुले घर >> अखिल नेपाल महिला संघको कर्णाली अध्यक्षमा रेग्मी >> कृषिमन्त्रीको राजीनामा माग्दै दूध किसान सडकमा (भिडियोसहित)
विचार

बाणासुरको अनुभूति दिलाउने नेताहरु

१३ मंसिर २०८०, बुधबार
१३ मंसिर २०८०, बुधबार

कृष्ण चरित्रमा रहेको एउटा रोचक कथा आजको रोजाइमा परेको छ । राजा वलीका सय पुत्रमध्येमा बाणासुर एक थियो । जसले पहिलोपटक शिवको तपस्या गरेर वर माग्यो । शिवले बाणासुरलाई आफ्नो पुत्रको रूपमा स्विकार गरेर उसले मागे जतिको वर दिए । उसले शिवको वरदानबाट शोणितपुरको राज्य पायो । अनि उक्त राज्यको रक्षकका रूपमा शिवलाई राख्न चाह्यो । शिवले त्यो पनि स्विकार गरे । वाणासुर असुर थियो तर तपको बलले गर्दा शिबलाई प्रसन्न बनाएर पटक पटक आफ्नो स्वार्थ पूरा गर्नतर्फ लागिरह्यो । यसैक्रममा एकदिन शिवसंग मेरा हज्जार बाहुली हुन सकुन भनेर वर माग्यो शिवले त्यो पनि तथास्तु भनेर पूरा गरे । एकदिनको कुरा हो बाणासुरले शिवजीको फेरी तपस्या गयो । शिव प्रसन्न भएर बाणासुरलाई सोधे “अव तिम्रो चाहना के छ ?” शिवजीले बाणासुरलाई आफ्नो पुत्रको रूपमा स्विकारेको हुनाले आफूले जे जस्तो माग राखे पनि पूरा हुन्छ भन्ने विश्वास थियो । असुर भएको हुनाले बाणासुरले तपस्याबाट प्रसन्न भएका शिवलाई भन्यो “पिताजी हजुरले मलाई हजार बाहु त दिनुभयो । तर मैले यो हजार बाहु कुनैपनि युद्धमा कहिल्यै प्रयोग गर्न पाइन । यसकारण मेरा यी बाहुहरू चिलाउन लागेका छन् । हज्जार बाहु भएको हुनाले मसंग युद्ध गर्न अन्य कोही पनि तयार हुँदैनन् । यसकारण हजुरसंग म युद्ध गर्न चाहन्छु ।” शिवजीलाई बाणासुरको कुराले असमञ्जसमा पा¥यो । हुन्छ भन्नु कि हुँदैन भन्नु ?

यस कथाले के बुझाउँछ भने जो कसैलाई पनि आफूसंग शक्ति छ भनेर शक्तिको दुरूपयोग गर्न हुने रहेनछ । शिवसंग बाणासुरले राज्य माग्यो त्यही दिए । राज्यको रक्षक बनिदिन आग्रह ग¥यो त्यो पनि उनले स्विकार गरे । हज्जार बाहु माग्यो त्यो पनि दिए । अन्तमा हज्जार बाहु चिलाउन लागे मसंग युद्ध गर्ने कोही भएनन् यसकारण पितासंग युद्ध गर्न चाहन्छु भनेर माग गर्न पुग्यो । शिवलाई बाणासुरका कुराले सकसमा पारिदियो । उनी आफू युद्ध गर्न तयार हुने कुरा पनि भएन । बाणासुरलाई फलानोसंग युद्ध गर्न जा भन्न पनि सकेनन् । आफूले दिएको वरदान फिर्ता लिन पनि सकेनन् । आफ्नो शक्ति दुरूपयोग गर्दा कहिले सकस हुने रहेछ भन्ने एउटा अनुपम उदाहरण हो यो । अन्तमा शिवले आफूले पुत्र ठानेको र चेलो ठानेको बाणासुरले युद्ध गर्छु भनेपछि उसका हज्जार हात फिर्ता लिन चाहेनन् । शिवजीले अर्को युक्ति निकालेर भने “तिमीसंग युद्ध गर्ने कुनै योद्धा जन्मेको छ । म छिटै त्यसको चाँजोपाँजो मिलाउँछु । तिमी उसैसंग युद्ध गर्नु ।

बाणासुरकी उषा नाम गरेकी एक पुत्री थिइन । उनी माता पार्वती भक्त थिइन । एकदिनको कुरा हो बाणासुरले आफ्नो छोरीको विवाहको निम्ति राज्यको रक्षाको निम्ति तयार पारेको अग्निध्वज (स्तम्भ) जुन राजकुमारले ध्वस्त पार्न सक्छ उसैसंग गरिदिने बचन दियो । सारा राज्यमा झ्याली पिटायो । विभिन्न मुलुकका बलवान ठानिएका राजकुमार उषालाई विवाह गर्ने लालसाले स्तम्भ ध्वस्त पार्ने बलका साथ उपस्थित भए । त्यहाँ उपस्थित भएका राजकुमारहरूलाई उषाकी संगिनी चित्रलेखाले राम्रोसंग चिन्दी रहिछन् । उक्त स्तम्भ ध्वस्त गर्ने प्रतियोगिता चलिरहेको समयमा चित्रलेखा र उषा एकै स्थानमा बसेका रहेछन । जुन देशको राजकुमार उठेर हतियार उठाउन लाग्दथ्यो चित्रलेखाले राजकुमारको वारेमा उषालाई जानकारी दिन्थिन । त्यसै समयमा उषाले माता पार्वतीको सम्झना गरेर त्यो टार्नका निम्ति आग्रह गर्दथिन । उषाको करुणा सुनेर पार्वतीले पनि उनको रक्षा गरिन । कुनैपनि राजकुमारले हतियार प्रयोग गर्न त के उठाउन समेत सकेनन् । यो दृश्य देखेर बाणासुर समेत तिन्छक पर्न गयो । अन्तमा राजकुमारहरूले आफ्नो शस्त्र तथा अस्त्र प्रयोग गरेर त्यो स्तम्भ ध्वस्त पार्न पाउनु पर्ने माग राखे । असुर बाणासुरले आज्ञा दियो । उनीहरूले आफ्नो अस्त्र शस्त्र प्रयोग गरे तर त्यो स्तम्भ ध्वस्त पार्न सकेनन् । वास्तवमा त्यो स्तम्भ ध्वस्त भएको खण्डमा वाणासुरको राज्य शोणितपुर ध्वस्त हुने थियो । एकदिन गफको सन्दर्भमा शिवले त्यो स्तम्भ ध्वस्त भएको खण्डमा तिमीले युद्ध गर्न पाउँछौ भनेका रहेछन् । युद्धको लालसाले बाणासुर उक्त स्तम्भ ध्वस्त पार्न चाहन्थ्यो । कुनैपनि राजकुमारले ध्वस्त पार्न नसकेपछि बाणासुर आफै हतियार बोकेर उठ्यो । उसको महामन्त्रीले बाणासुरलाई रोक्न पुग्यो ।

उषाले पार्वतीको वर अनुसार कृष्णका नाति अनिरुद्धलाई प्रेम गर्न पुगकी थिइन । अनिरुद्ध उषाले प्रेम गर्न लागेका कुरा थाहा पाएर शोणितपुरमा लुकिछिपी पुगे । बाणासुरले कडा पहरा दिएर उषालाई राखेको थियो । तर अनिरुद्ध जादूगरि विद्या जान्ने भएकाले विभिन्न भेष वदलेर उषाको कक्षमा पुगे । दुबैको मिलन भयो । यो कुरा कतैबाट गुप्तचरले पत्ता लगाएर बाणासुरलाई खवर गरे । बाणासुरले अनिरुद्धलाई पक्रन चाहेको थियो । उनी लुकिछिपी त्यहाँबाट बाहिर निस्किएर स्तम्भ ध्वस्त पारेर पुनः उषाको कक्षमा पुगे । त्यही मौका छोपेर बाणासुरले अनिरुद्ध उषा र चित्रलेखालाई समेत बन्दी बनायो । कडा पहरा दिएर कारागारमा राख्यो । यो खवर द्वारकापुरमा कृष्ण कहाँ पुग्यो अनि कृष्ण आफ्ना दाजु बलरामका साथमा शोणितपुरमा पुगे । बाणासुर र कृष्णका बीचमा ठूलो युद्ध भयो । बाणासुरका हज्जार बाहु एक एक गर्दै सबै काटिए । अन्तमा कृष्णले बाणासुरुलाई खतम गर्नका लागि सुदर्शन चक्र निकाले । त्यसै समयमा शिवजी प्रकट भएर “ अव बााणासुरको शेखी खतम भएको छ । यसको शेखी खतम गर्न कृष्णजीको कर्तव्य थियो” भनेर सम्झाएपछि बाणासुर कृष्णको संरक्षणमा पुग्यो । अनि अनिरुद्ध र उषालाई बाँधिएको बन्धनबाट मुक्त गरेर दुबैको विवाह गरिदिन राजी भयो । अन्तत कृष्णका पुत्र प्रद्युम्न, प्रद्युम्नका पुत्र अनिरुद्धसंग बाणासुर पुत्री उषाको विवाह सम्पन्न भयो । उषालाई लिएर अनिरुद्ध, कृष्ण, बलराम र यादव सेना सबै द्वारकापुरीमा फिर्ता आए ।

बाणासुर शिवजीको वरदानबाट मात्तिएर आफ्नो कर्तव्य समेत भुलेर शिवसंग युद्ध गर्नका लागि तयार भयो । उता पार्वतीले पनि बाणासुरको शेखी झार्नका निम्ति आफ्नो सत्रु मान्दै आएको कृष्णको नातीलाई बाणासुरकी पुत्री अनिरुद्धसंग विवाह गराउन मेसो मिलाएर बाणासुरको शेखी झार्न सफल भएको पाइन्छ । आफ्नै शक्ति कहाँ कसरी प्रयोग गर्ने भन्ने याद नभएको बाणासुर जस्ता राज्य सञ्चालकहरू कृष्णको पालामामात्र नभएर अहिले पनि प्रसस्त छन् । शक्ति राष्ट्रको हात र साथले आफूमा उन्माद चढेको थाहा नपाउने राज्य संचालकको कमी अहिलेपनि भएको छैन । शक्तिराष्ट्रले आफ्नो शक्ति देखाउन कहिले कसलाई बरदान र कहिले कसलाई बरदान दिने क्रम पनि उस्तै छ । कहिले मिलेनियम त कहिले के के बाट वरदान दिईरहेका छन् । नागरिकको जनजीवनमा तात्विक भिन्नता आएको छैन तर राज्य सञ्चालकहरू आफ्नो भक्तिले प्राप्त भएको बरदानको बखान आफै गरेर थाकेका छैनन् । तत्काल थाक्ने पक्षमा पनि छैनन् । राज्य सञ्चालकहरूले गरेको कार्यले नागरिकको जनजीवनमा सुधार आएको हुनुपर्दछ । भाषण गरेर सुधार आएको भन्ने हल्ला गर्नु आफ्नो सुरक्षा स्तम्भ आफै ध्वस्त पार्ने बाणासुर भन्दा फरक हुँदैनन् । आजका बाणासुरहरू हिंजो नै बाहुली चिलाएर धेरैको ज्यान लिएर आज राज्य सञ्चालन गर्न पाएका हुन् । अव विस्तारै ति हातहरू खस्कदैछन् । अनि आफ्नो लाज लुकाउन आफै भाषणको सहारा लिएर एकैदिनमा धेरै स्थानमा भाषण बाँड्दै हिंडेका भेटिन्छन् । जुन बाणासुरको उन्माद जस्तो मात्र हो । चेतना भया ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?