ट्रेंडिंग:

>> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी

लुम्बिनीमा ‘शान्ति घन्टी’ को उद्घाटन, पर्यटनमन्त्रीले भने –‘बुद्धको सन्देश विश्वरभर फैलाऔं’

१२ मंसिर २०८०, मंगलवार
१२ मंसिर २०८०, मंगलवार

लुम्बिनी, १२ मंसिर ।

सँस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीले मंगलबार बुद्धजन्मस्थल लुम्बिनीमा शान्तिका लागि प्राथना गर्न कोरियाली धर्मगुरुद्धारा निर्माण गरिएको ‘शान्ति घन्टी’ को उदघाटन गरेका छन् । कोरिया नेपाल मित्रता पिस पार्कमा कोरियाली बौद्ध धर्मगुरु सन्मुक हेजाको नेतृत्वमा तयार पारिएको डेढ टनको घन्टी विश्व शान्तिको कामना गर्दै घन्टी बजाएर उदघाटन गरिएको हो ।

१०८ बुद्ध समाज तीर्थयात्रा प्रार्थना समूका सदस्यहरु, नेपाल लुम्बिनी विकास समितिको आयोजनामा शान्तिका लागि प्रार्थना गर्न कोरियाली घन्टी बजाउँदै घण्टी उद्घाटन समरोह गरिएको हो । उद्घाटनपछि आयोजित कार्यक्रममा मन्त्री किराँतीले बुद्धभूमिबाट घन्टी बजाएर विश्व शान्तिको सन्देश दिएको बताए ।

भिक्षुहरुले बुद्धजन्मस्थल लुम्बिनीमा चढाएको घन्टीले कोरिया र नेपालीहरुविचको निस्वार्थ सम्बन्धलमई थप प्रगाढ बनाएको समेत मन्त्री किराँतीले बताए । उनले बुद्धको सन्देश विश्वभर फैलाउन शान्ति घण्टीले ठूलो सहयोग गर्ने विश्वास व्यक्त गरे । ‘नेपाल कोरियाविच इतिहासजस्तै पूरानो, समुन्द्र जस्तो शान्त र हिमालजस्तै अग्लो सम्बन्ध छ’ लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री किराँतीले भने –‘ कोरियाले नेपालीहरुलाई रोजगारी दिएर र नेपालीहरुले पसिना दिएर सहयोग गरेका छौं, अब कोरियाली जनताले बुद्धभूमि लुम्बिनीको प्रचार गरेर सहयोग गर्नुपर्छ ।’

उनले संसारभरका बुद्धमार्गीहरुलाई लुम्बिनी जाऔं भन्ने अभियान कोरियामा चलाउन घन्टी उद्घाटन समारोहमा सहभागी हुन आएका बौद्ध गुरु, भिक्षु भिक्षुणी, उपासक, उपासिकाहरुसँग अनुरोध गरे । ‘नेपालीहरु पाहुनालाई भगवान मान्छौं, अब तपाईहरुले बुद्धभूमि लुम्बिनी जाऔं भन्ने अभियान चलाउनुहोला, परिवार सहित लुम्बिनीमा आउनुहोस्’ मन्त्रीले भने ।

उनले गौतमबुद्धलाई जन्म दिने आमा मायादेवीको चर्चा कम हुने गरेको बताउँदै अब लुम्बिनीमा आधुनिक प्रसुतीगृह निर्माण गर्नुपर्ने बताए । बुद्धजस्तै सन्तान जन्माउनका लागि मायादेवी प्रसुती अस्पताल निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउँदै विश्वका बौद्धधर्मालम्बीहरुलाई सहयोग गर्न मन्त्री किरातीले आग्रह गरे ।

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) का तर्फबाट सदस्य सचिव सानुराजा शाक्यले सन्देश वाचन गर्दै कोरियन शान्ति घन्टीको अनावरण र उद्घाटनको अवस्थसम्म ल्याउने भिक्षु गुरु सन्मुक हेजा र कोरियाका बौद्ध धर्मावलम्बीहरुलाई धन्यवाद दिए । उनले शान्ति घन्टीको अर्थ बुद्धको शान्ति र दयाको शिक्षाबाट विश्वमा द्धन्द्धको समाधान र शान्ति स्थापनाको सन्देशका रुपमा बुझ्नुपर्ने बताए ।

कार्यक्रममा शान्ति घन्टी स्थापना गर्ने कोरियाली बौद्ध धर्म गुरु सन्मुक हेजाले बुद्धजन्मस्थल लुम्बिनीमा स्थापित शान्तिको घन्टीले विश्वमा शान्ति स्थापनाका लागि सन्देश दिने विश्वास व्यक्त गरे । ‘यो घन्टीको आवाज बुद्ध र बोधिसत्वको आवाज हो, बुद्धका ८४ हजार शिक्षाहरुले प्राणीहरुको पिडालाई राहात दिने प्रतिक हो’ धर्मगुरु हेजाले भने –‘बुद्धको जन्मस्थलबाट बज्ने घण्टीले बुद्धत्वको अवस्थामा नपुगेका साधकहरुलाई साहस र शक्ति प्रदान गर्नेछ र प्राणीहरुको पिडालाई आनन्दको आवाज दिनेछ ।’

घन्टी उद्घाटन समरोहमा लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपती प्रो डा. सुर्वलाल बज्रचार्य, कोरियाली बौद्ध धर्मका जोगे अर्डरका सचिव थेजुङसा नुङदकले बोल्दै बुद्धजन्मस्थलमा शान्ति घन्टी स्थापनाले धार्मिक वातावरण बनाउने बताए । उद्घाटन समरोहमा नेपालका लागि कोरियाली काउन्सीलर जीङ ही, बरिष्ठ पुरातत्वविद् बसन्त बिडारी, लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराई, बरिष्ठ निर्देशक ज्ञानिन राई लगायतको उपस्थिती थियो ।

यसअघि धर्मगुरु सन्मुक हेजाकै नेतृत्वमा २००७ मा कोरिया नेपाल मैत्री शान्ति पार्क, विश्व शान्तिका लागि प्रार्थना गर्ने स्मारकको निर्माण तथा अनावरण गरिएको थियो । घन्टीउद्घाटन अघि सोमबार बेलुका मायादेवी मन्दिर, घन्टी निर्माण स्थलमा कोरियाली धर्म गुरु, भिक्षु भिक्षुणी, उपासक उपासिकाहरुले पूजा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?