ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

भैरहवा मेलामा बुधबारदेखि कुस्ती प्रतियोगिता हुँदै

१२ मंसिर २०८०, मंगलवार
१२ मंसिर २०८०, मंगलवार

भैरहवा, १२ मंसिर ।

भैरहवामा जारी छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) अन्तर्गत मंसिर १३ गते बुधबारदेखि कुस्ती प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिता मंसिर १३ देखि १५ गतेसम्म (तीनदिन) सञ्चालन हुने महोत्सवका कुस्ती व्यवस्थापन संयोजक प्रभु यादवले बताए ।

महोत्सवमा महिला पहलमानको पनि सहभागिता रहने महोत्सवको आयोजक संस्था चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापारसंगठन, रुपन्देही) का अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक दर्पण श्रेष्ठले बताए । उनले तराई–मधेशमा लोकप्रिय खेलको रुपमा परिचित कुस्ती प्रतियोगिता महोत्सवमा आयोजना गरिने बताए । उनले भने, ‘प्रतियोगिताले कुस्ती खेलको संरक्षण र प्रवद्र्धनमा केही भए पनि टेवा पुग्छ भन्ने हाम्रो विश्वास छ ।’

प्रिती पासवान आउँदै

भैरहवामा जारी छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० अन्तर्गत मंसिर १३ गते बुधबार चर्चित भोजपुरी कलाकार तथा मोडल डान्सर प्रिती पासवान आउने भएकी छन् । बुधबार प्रिती पासवानको प्रस्तुति रहने महोत्सव आयोजक संस्था चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन, रुपन्देही) का सचिव तथा महोत्सवका प्रचारप्रसार उपसमिति संयोजक कृष्ण प्रसाद पाण्डेले बताए ।

हाँस्य कलाकार शैलेन्द्र सिम्खडा आउँदै

त्यस्तै बुधबार नै महोत्सवमा हाँस्य कलाकार शैलेन्द्र सिम्खडा आउने पाण्डेले जानकारी दिए ।

सिद्धार्थनगर–८ स्थित अञ्चलपुरमा महोत्सवमा स्थानीयसँगै राष्ट्रिय कलाकारको प्रस्तुति रहेकोले महोत्सवको अवलोकन गर्न मेला मूल आयोजक समितिका सह–संयोजक तथा साँस्कृतिक व्यवस्थापन समितिका संयोजक नारायण प्रसाद भण्डारीले आग्रह गरे ।

‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवद्र्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने नाराका साथ मंसिर १८ गतेसम्ममहोत्सवसञ्चालन हुने उद्योग व्यापार संगठन, रुपन्देहीकी महासचिव लक्ष्मी अधिकारीले बताइन् ।

महोत्सवको सह–आयोजकमा सिद्धार्थनगर नगरपालिका, कृषि तथा भूमिव्यवस्था मन्त्रालय लुम्बिनी प्रदेश, प्रवद्र्धकमा पर्यटन परिषद, लुम्बिनी प्रदेश, लुम्बिनी साँस्कृतिक नगरपालिका, मर्चवारी, सियारी, शुद्धोधन, कञ्चन, रोहिणी, ओमसतिया, कोटहीमाई र सम्मरीमाई गाउँपालिका, रुपन्देही रहेका छन् ।

महोत्सवको संरक्षकमा नेपाल चेम्बर अफ कमर्श, काठमाडौं र नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेश रहेका छन् ।

त्यस्तै महोत्सवको मुख्य प्रायोजकमा होटल मौर्य, सह–प्रायोजकमा रिया एण्ड रक्षा फुड प्रोडक्ट, माया तेल, एसआर स्टील, नेट पार्टनरमा फाइबर नेट, टिकट प्रायोजकमा एनजी मार्केट मणिग्राम, आधिकारिक बैंकमा प्रभु बैंक, पर्यटन पार्टनरमा बोधी रेडसन होटल र मुख्य गेट प्रायोजकमा माउण्ट एभरेष्ट कत्था मिल्स प्रा.लि. रहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?