ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति

रामघाटमा व्यावसायिक ड्रागन फ्रुट

१२ मंसिर २०८०, मंगलवार
१२ मंसिर २०८०, मंगलवार

पोखरा ।

पोखराको रामघाट क्षेत्रमा अहिले व्यावसायिक ड्रागन फ्रुुट खेती देख्न पाइन्छ । पुन समाज पोखराको व्यवस्थापनमा पोखराको रामघाटमा व्यावसायिक खेती सुुरु गरिएको हो । पुन समाज नेपालका संस्थापक तथा ड्रागन फ्रुट खेतीका संयोजक राजकुमारी पुनले २०७७ सालदेखि ड्रागन फ्रुट खेती सुरु गरिएको जानकारी दिइन् ।

ड्रागन फ्रुट खेती १६ महिनादेखि उत्पादन हुन थालेको हो । फार्ममा उत्पादन भएको ड्रागन फ्रुट लट लटमा टिप्ने गरेको बताउँदै उनले अहिलेसम्म पाँचौ पटक टिपिएको बताइन् । फार्ममा चौथो पटक ३ सय ३४ केजी ड्रागन फ्रुट उत्पादन भएको थियो । अघिल्लो बर्षमा करिब ३ लाख मुल्य बराबरको ड्रागन फ्रुट बिक्रि गरेको समाजले यसबर्ष करिब १० लाखसम्मको ड्रागन फ्रुट बिक्रि गर्ने लक्ष्य राखेको छ । गाई भैसीको मलसहित नितान्त अर्गानीक रुपमा उत्पादन भएको रातो जातको ड्रागन फ्रुट हालसम्म बजारको समस्या नभएको संयोजक पुनले बताइन् ।

फोहोर फाल्ने डम्पीङ साइड जस्तो झाडीले ढाकिएको क्षेत्रमा आफुहरुले धेरै मेहनत गरी सो क्षेत्रमा हाल ड्रागन फ्रुट खेत गरिएको समाजका कोषाध्यक्ष शेरबहादुर पुनले बताए । उनको अवधारणामा समाजका अध्यक्ष पुन, सदस्य गमबहादुर गर्बुजा लगायतको सक्रियतामा उक्त अभियानमा संचालन गरिएको हो । हाल ४३ जना आबद्ध छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमपट्टि सेतीनदी नजिक रामघाट क्षेत्रमा समाजमा ६ रोपनी क्षेत्रफलको जमिनमा उक्त ड्रागन फ्रुटको व्यावसायिक रुपमा खेती भएको हो । ४३ जनाको प्रतिव्यक्ति एक लाखको दरबाट ४३ लाखकै विउ पूँजिबाट सुरु भएको उक्त अभियानमा हालसम्म करिब ३७ लाख खर्च भएको समाजे जनाएको छ । हाल ६ रोपनी क्षेत्रफलमा सम्माउदा बढी खर्च भएको समाजले जनाएको छ । उक्त फार्ममा हाल ५ सय वटा पिल्लरमा २ हजार ड्रागन फ्रुटका बिरुवा रोपिएको छ । प्रतिपिल्लर नजिक पारी ४ वटा बिरुवा रोपीएको छ । भेतनामबाट आयात गरिएको तर चितवनको गंगा श्री बहुउद्देश्यीय फार्म भरतपुर (पदमबहादुर गुरूङ)बाट उक्त विरुवा खरिद गरी व्यावसाय सुरु भएको अध्यक्ष पुनले बताइन् । उक्त ड्रागन फ्रुड राती फुल्ने हुँदा यसलाई रातको रानीसमेत भन्ने गरिन्छ ।
समाजमा ब्रिटिस र भारतीय आर्मीका रिटायर्ड आबद्व छन् । पोखरामा सर्वसुलभ मुल्यमा ड्रागन फ्रुट उत्पादन गर्न समाजले निःशुल्क प्रशिक्षण दिने योजना तय गरेको छ । कोषाध्यक्ष पुन, सदस्य गमबहादुर गर्बुजा अवधारणामा सुरू भएको अभियानमा क्याप्टेन बलबहादुर पुनको डिजाईनमा एक पोलदेखि अर्को पोलसम्म २ मिटर चौडाई र लम्वाई ३ मिटर रहेको छ ।

हालसम्म उक्त फलको बजारको समस्या नभएको बताउदै पूर्व आर्मी खमबहादुर पूर्जा पुनले वेलायतसम्म आफुहरुले उत्पादन गरेको ड्रागन फ्रुट पुग्न थालेको बताए । हाल समाजले फार्मबाटै प्रतिकेजी ७ सयमा ड्रागन फ्रुट बिक्री गर्दै आएको छ । यो बजार मुल्य भन्दा केही सहुलियतमा छ भने यहाँको बढी गुणस्तरको भएको समाजले दाबी गरेको छ । स्वास्थ्यका दृष्टिले निकै लाभदायि वालवालिकादेखि जेष्ठ नागरिकलाईसम्म खान सहज हुने जसमा औषधीय गुणसमेत भएको शेरबहादुको दाबी छ ।

समाजले हाल एक जना कर्मचारीलाई रोजगार दिएको छ भने केही पर्दा समाजका पदाधिकारीसहितको टिम जुट्ने गरेको छ । पोखरा महानगरपालिकाका आर्थिक बिकास महाशाखा प्रमुख मनोहर कडरियाले पोखरा क्षेत्रको नमुना ड्रागन फ्रुट फार्म भएको दाबी गरे । चार प्रकारको ड्रागन फ्रुडमध्ये पोखरा क्षेत्रमा रातो र सेतोको खेति सुरु भएको उनले बताए । कडरियाले उक्त ड्रागन फ्रुडको बिरुवा तथा केही फलमा केही किराहरु लाग्न सुुरु भएकाले विशेष ख्याल गर्नसमेत किसानलाई सुुझाव दिएका छन् ।

७२ बर्षकी अध्यक्ष पुनः शारीरिक रुपमा पनि मोटो शरीर भए पनि उनको सोच र विचार युवा तन्नेरीको भन्दा कम छैन । खाली जमिनलाई प्रयोग गरी त्यहाँबाट आर्थिक उपार्जन गर्न समाजलाई प्रेरणा दिँदै आएकी छन् । उक्त फार्ममा फंकश रोग लाग्न लागेको समस्या रहेको र जुरेली तथा कागले खाने समस्या भएको समाजले गुनासो गरेको छ । वाँदरबाट खासै समस्या नभएको उक्त खेतीको असिनाको भने समस्या रहेको अध्यक्ष पुनले बताइन् । मल र घाँस व्यवस्थापन गर्न समाजले पाडापाडीसमेत पालन गर्न सुरू गरेको छ । पोखराका केही घरको कौसीमा यस खेतिको सुरू गरेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?