ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति

पढाइसँगै सीप सिकाउँदै शान्ति

सीपले आत्मनिर्भर बन्न र आत्मविश्वास बढाउनमा सहयोग पुग्ने हुँदा विद्यार्थीलाई सीपसँग जोड्न खोजिएको हो ।
१२ मंसिर २०८०, मंगलवार
१२ मंसिर २०८०, मंगलवार

बुटवल, १२ मंसिर । रूपन्देहीको शान्ति नमुना माध्यमिक विद्यालयका विद्यार्थीले पढाइसँगै सीप सिक्ने गरेका छन् । सीपले भविष्यमा आम्दानीसँगै स्वरोजगार बन्न सहयोगी बन्ने विश्वास सहित विद्यालयले विद्यार्थीहरूलाई विभिन्न प्रकारका सीपहरू सिकाउँदै आईरहेको छ । विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले सीपले आत्मनिर्भर बन्न र आत्मविश्वास बढाउनमा सहयोग पुग्ने हुँदा विद्यार्थीलाई सीपसँग जोड्न खोजिएको बताए ।

गड्यौले मल प्राङ्गारिक खेतीका लागि अति उत्तम मल हो र यसलाई व्यवस्थित पालन गरेमा यसबाट राम्रो प्राङ्गारिक मल तयार गर्न सकिन्छ । गड्यौलाले खाएको खाना पाचन नलीमा धेरै बेर रहँदैन र धेरै पनि रहँदैन । खाएको ५–१० भाग मात्र शरीर उपयोगको लागि प्रयोग हुन्छ । अरू बाँकी भाग शरीर बाहिर निष्कासन गर्दछ, जसलाई काष्ट भनिन्छ । यसले खाएर पचाएर दिशाको रूपमा फालेको दानेदार मललाई गड्यौलाबाट तयार पारिएको कम्पोष्ट मल वा गँड्यौली मल भनिन्छ ।

विद्यार्थीलाई अनुशासनमा राख्न सहयोग समेत गर्ने हुँदा पनि पढाइसँगै सीप आवश्यक रहको लामीछाने बताउँछन् । उनी भन्छन्, हामीले केहि समय अगाडी एक सय जना विद्यार्थीहरूलाई गड्यौलाको मल बनाउने तालिमा दिएका थियौ । त्यहि तालिमलाई आधार बनाएर घरमा गाई भैसी पालेका किसानका छोराछोरी २० जना विद्यार्थीहरू छनोट गरेर मल बनाउन शुरु गरेका हौं । उनका अनुसार ३ महिनामा गड्यौला मल तयार भएर बिक्री समेत शुरु भएको छ ।

प्रयोगात्मक शिक्षामा पनि दख्खल बनाउन सके भबिष्यमा यस्ता काम गरेर पनि आर्थिक जीविकोपार्जन गर्न मद्दत पुग्ने विश्वास विद्यालयले गरेको छ । विद्यालयले शुरुमा गड्यौला र मल किन्नका लागि ५० हजार रुपियाँ लगानी गरेको छ । अहिले तीन महिनामा नै मल बिक्री हुन थालेपछि विद्यालय र विद्यार्थी हौसिएका छन् । एक हप्ता पहिले ६५ किलो मल ३० रुपिया केजीमा बिक्री गरेको विद्यालयले जनाएको छ । विद्यालयमा मल लिन आउनेको संख्या दैनिक रूपमा बढिरहेका छन् । विद्यालयले दोस्रो पटकमा १ सय ५० किलो मल तयार गरी पुनः बिक्री पनि शुरु गरेको छ । त्यस बाहेक अरू मल विद्यालयको फुलबारी र विद्यालयले विद्यार्थीलाई सीप सिकाई अन्तरगतको करिव दुई कठ्ठा लगाएको तरकारीमा प्रयोग गर्ने बताए ।

यसबाट उत्पादन बढी हुने भएकाले पनि मल किन्न आउनेको संख्या बढी रहेको छ । विद्यालयले नाफा कमाउने भन्दा पनि सिप सिकेर उत्पादनसँग जोडिन सहयोग पुग्ने भएकाले पनि उत्पादित मल सिदै किसानहरूलाई बिक्रि गरेको विद्यालयको भनाई छ । त्यस बाहेक शिक्षक विद्यार्थी, अभिभावक र स्थानियलाई प्राथमिकतामा राखेर बिक्री गरिरहेको छ । विभिन्न स्थानका व्यापारीहरूले एकमुष्ठ रूपमा मल किन्ने रुचि देखाए पनि आफुहरूले उत्पादन गरेको मललाई सकेसम्म यसपाली स्थानिय स्तरमा नै प्रयोग गर्ने सोचका साथले बिक्री गरिरहेको विद्यलायका प्रअ लामिछानेले जानकारी दिए ।

गड्यौला विभिन्न प्रजातिका हुन्छन् । संसारमा १८०० भन्दा बढी प्रजातिका गड्यौला पाईन्छन् र तीमध्य रातो विग्लरहरू गड्यौली मल बनाउनका लागि सामान्यता प्रयोग हुने गड्यौला हो । हुन त अहिले विभिन्न नामबाट प्राङ्गारिक र जैविक मलहरू उत्पादन भैरहेको छन् र ती मलहरूमा एकै किसिममा पोषक तत्वहरू नपाउन पनि सकिन्छ । त्यसैले आफैले घरमा गड्यौलापालन गरी उत्पादन गरिएको मल भरपर्दो र गुणस्तरीय हुन्छ ।

गड्यौली मलका फाइदाहरूः

यो मलमा भएका खाद्यतत्वहरू पानीमा घुलनशील हुन्छन् र बिरुवाले यसमा भएका खाद्यतत्वहरूलाई सजिलैसँग लिन सक्दछ ।
यो मलमा एन्टिबायोटिक, भिटामिन, हर्मोन प्राप्त हुने भएकोले अरू मलभन्दा यो मलको गुणस्तर राम्रो मानिन्छ ।ड्ड यस मलको प्रयोगले रासायनिक मलको उपलब्धता बढाउँछ र बाली बिरुवाको वृद्धि विकास पनि छिटो हुन्छ ।
गड्यौला कम्पोष्टको कार्बनः नाईट्रोजन अनुपात परम्परागत गोठेमल वा कम्पोष्टको भन्दा कम हुन्छ र यसमा भएको नाईट्रोजन बिरुवालाई तुरुन्तै उपलब्ध हुन्छ ।
खेती र घरेलु फोहर वस्तुहरूबाट यो मल बनाईने हुँदा वातावरणलाई स्वच्छ राख्न मद्दत पुग्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?