ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

तिलोत्तमा मेलामा पान, गुट्खा खुलेयाम बिक्रीः सकिनै लाग्दा समेत अधिकांश स्टल खाली

११ मंसिर २०८०, सोमबार
११ मंसिर २०८०, सोमबार

बुटवल, ११ मंसिर ।

तिलोत्तमा उद्योग बाणिज्य संघको आयोजना तिलोत्तमामा जारी तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवर्द्धन महोत्सव सकिन लाग्दा पनि अधिकांश स्टल खाली रहेका छन् । मेला स्थलमा व्यापार व्यवसायीहरुले चाँसो नदिँदा मेलाका अधिकांश स्टल खाली रहेका हुन् । कतिपय स्टलमा भने विद्यार्थीहरुले क्रिकेट समेत खेल्ने गरेको पाइएको छ ।

मेला स्थलमा राखिएको स्टल खाली भएपछि विद्यार्थीहरुले क्रिकेट खेल्दै गरेको दृश्य सोमबार देखिएको थियो । सोमबार दिउँसो मेलास्थलमा बुटवल टुडे कर्मी जाँदा मेला स्थलमा राखिएको स्टलमा विद्यार्थीहरुले ब्याट बल समाएर क्रिकेट खेल्दै गरेका थिए ।

मेला आयोजना तिलोत्तमा उद्योग बाणिज्य संघले यो मेला थप ५ दिन थपेको जनाएको छ । तर दर्शकहरुको संख्या भने दिन प्रतिदिन नै कम हँुदै गएका हुन । पुर्व घोषित योजना अनुसार मंसिर १२ गते मेला समापन हुने भनिएको भएपनि अध्यक्ष गुणानिधी भण्डारीले मेला ५ दिन थपिएको बताएका हुन् ।

मेला स्थलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले मेला ५ दिनको लागि थपीएको बताए । मेला स्थलमा राखिएका स्टल खालीको विषयमा भने उनले पुर्ववत रुपमा अनुमान गरिएअनुसार स्टलधनीहरु नआएको बताए । उनले कतिपयले पहिला बुकिङ्ग गरेको भएपनि उपस्थिति नभएको बताएका थिए ।

 तिलोत्तमा नगरपालिकाले २०७९ चैत ७ गते सूचना प्रकाशन गरी नगरपालिका भित्र सुर्ती र गुट्खाजन्य कुनै पनि पद्धार्थ विक्री गर्न नपाईने उल्लेख गरेको थियो । सूचना अनुुसार नगरपालिकाभित्र गुट्खा बिक्री गरे ५० हजारसम्म जरिवाना हुने उल्लेख गरिएको भएपनि तिलोत्तमा नगरपालिकामा जारी महोत्सवमा भने खुलेयाम रुपमा पान, गुट्का विक्रि भैरहेको छ ।

मुख्य सचिवालयको केही मिटर दुरीमा रहेको वाल उद्यान अगाडि नै पान पसल राखेर गुट्का, पान विक्रि भैरहेको पाइएको छ ।

बनारसी पामन भण्डार नामबाट त्यहाँ सुर्तीजन्य पान विक्री भैरहेको हो । यो विषयमा तिलोत्तमा नगरपालिका र मेला आयोजक संस्था समेत मौन बसेको छ ।

रमाईलाको नाममा अवैध जुवाः मेला स्थलमा कुनै पनि जुवा वा सर्कसजन्य गतिविधि गर्न पाईदैन । तर तिलोत्तमा नगरमा आयोजित महोत्सवमा गिलास फोड्ने सर्कस समेत बनाइएको छ । जहाँ ५ रुपैयाँमा ५ वटा बल लिएर त्यसलाई सबै बल फोड्न सकेमा १०० रुपैयाँ पाउने गरी अवैध खेल खेलाइएको छ । मेला स्थलको मुख्य चौरको नजिकै यस्तो प्रकृतिको खेल खेलाइएको हो । जसलाई एक प्रकारको जुवा नै भन्ने गरिन्छ ।

मेलामा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायत बिभिन्न प्रकृतिका २५४ स्टलहरू रहेको आयोजकको दावी रहेपनि अधिकांश स्टल खाली रहेका छन् ।

मेलाको अवलोकनको लागि ८० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ भने विद्यार्थीलाई ५० प्रतिशत छुट र ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था रहेको महासचिव राजकुमार पाण्डेय बताए । मेलाको टिकट समेत महंगो भएको मेला स्थलमा जाने दर्शककले गुनासो गर्दै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?