ट्रेंडिंग:

>> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य

विश्वभर द्वन्द्व अन्त्यको नेतृत्व नेपालले गर्नुपर्नेमा विज्ञहरुको जोड

११ मंसिर २०८०, सोमबार
११ मंसिर २०८०, सोमबार

भैरहवा, ११ मंसिर ।

विश्वमा बढ्दै गएको अशान्ति र द्वन्द्व अन्त्यका लागि शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल नेपालले नेतृत्व गर्नुपर्नेमा सरकारी अधिकारी तथा विज्ञहरुले जोड दिएका छन् ।

लुम्बिनी वाङमय प्रतिष्ठान, दाङ विपस्यना केन्द्र र लुम्बिनी विकास कोषको संयुक्त आयोजनामा सोमबार बुद्धजन्मस्थल लुम्बिनीमा ‘शान्ति क्षेत्र नेपाल’ बिषयक विचार गोष्ठी एंव पूर्णिमा उत्सवमा सहभागीहरुले विश्व शान्तिका लागि बुद्धजन्मस्थल लुम्बिनी रहेको नेपालले नै अगुवाई गर्नुपर्नेमा विभिन्न क्षेत्रका विद्वानहरुले जोड दिएका हुन् । केही समयदेखि लुम्बिनी प्रदेशमा ‘शान्ति क्षेत्र नेपाल’ अभियानका रुपमा अगाडि बढाउने शिलशिलामा लुम्बिनीमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले विश्वमा युद्ध हुँदा शान्तिको कामना गर्दै प्रार्थना गर्ने ठाउँ लुम्बिनी रहेको बताए । उनले संयुक्त राष्ट्र संघका महासचिव एन्टिरियो गुटरेसले लुम्बिनी भ्रमण गरी यहाँबाट इजरायलमा भएको द्वन्द्व र रुस युक्रेन द्वन्द्वबाट समाधान खोजी शान्तिका लागि गरेको आह्वानले पुष्टि गरेको बताए । कोषाध्यक्ष भट्टराईले भने, ‘विश्व शान्तिका लागि महासचिव गुटरेसले बुद्धजन्मस्थल लुम्बिनीबाट गर्नुभएको आह्वान अनुसार युद्धविराम पनि भएको छ, त्यसैले शान्ति क्षेत्र नेपालको अभियान लुम्बिनीबाटै गर्नु ऐतिहासिक छ ।’

उनले बुद्धका उपदेश, मार्गदर्शनले नै समाजलाई अगाडि बढाउन सक्ने बताउँदै बुद्धलाई धर्मका रुपमा मात्रै नभई दर्शनका रुपमा बुझेर ग्रहण गर्नुपर्ने बताए । उनले आफूले देवदहमा बौद्ध शिक्षा अध्ययनका लागि पहल गरेर बुद्धदर्शनलाई व्यवहारमा उतारेको समेत बताए ।

उनले लुम्बिनीमा छिट्टै प्रदेश सरकारको आयोजनामा विश्वमा नोबेल शान्ति पुरस्कार प्राप्त गरेका व्यक्तिहरु सहितको कार्यक्रम हुन गइरहेको बताउँदै त्यसले पनि नेपाल शान्ति क्षेत्र र लुम्बिनी विश्व शान्तिको केन्द्रका रुपमा स्थापित गर्न महत्वपूर्ण योगदान गर्ने बताए ।

कार्यक्रममा संविधानसभा सदस्य नेत्र पन्थीले नेपालमा जन्मिएका शान्तिका अग्रदुत बुद्धको मार्गदर्शन पालना गर्दै त्यही अनुसारको संस्कारको विकास गर्नुपर्ने बताए । उनले रोजगारीसँगै मानिसहरुलाई स्वाभिमान बनाउन सक्दा शान्ति स्थापना हुने बताए । यसैगरी अर्का संविधानसभा सदस्य नजिर मियाँले सबै धर्मका मानिसहरुविच एकता भातृत्व कायम हुँदा शान्ति कायम हुने बताए ।

कार्यक्रममा दाङ विपस्यना केन्द्रका अध्यक्ष एवं बरिष्ठ पत्रकार नारायण प्रसाद शर्माले बुद्ध जन्मेको देशबाटै विश्वलाई शान्तिको सन्देश छर्न सक्नुपर्नेमा जोड दिए । उनले शान्ति क्षेत्र नेपाल बुद्धकै उपदेश अनुसार विश्व अगाडि बढ्नुपर्छ भन्ने उद्देश्य सहित शान्तिबाटै विकास र समृद्धि ल्याउन सकिने अभियान भएको बताए ।

कार्यक्रममा डा. श्याम न्यौपाने, बरिष्ठ अधिवक्ता गोपाल शिवाकोटी चिन्तन र लेखक नारायण पौडेलले शान्ति क्षेत्र नेपाल बिषयमा कार्यपत्र प्रस्तुत गर्दै राज्यले नै यसको अगुवाई गर्नुपर्ने बताए ।

कार्यक्रममा बरिष्ठ पत्रकार अधिवक्ता डा. बालकृष्ण चापागाईले शान्ति क्षेत्र नेपाल अभियान विश्व शान्तिको आह्वान सहित शुरु गरिएको बताए । कार्यक्रममा लुम्बिनी वाङमय प्रतिष्ठानका अध्यक्ष ऋषि आजाद, साहित्यकार बुँद राना, वनमाली निराकार, विजय सागर, रुद्र ज्ञवाली, उत्तरकुमार पराजुली, पत्रकार निरु गौतम, साहित्यकार कविता पन्थी, उदय डाँगी, यज्ञलाल सुवेदी, दामु मर्सिफूल, गणेश घिमिरे, प्रा. डा. भिम खतिवडा लगायतले बोल्दै विश्व शान्तिका लागि नेपालबाटै अगुवाई गर्नुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?