ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति

गृह जिल्लामा विप्लवको सप्ताहव्यापी कार्यक्रम

११ मंसिर २०८०, सोमबार
११ मंसिर २०८०, सोमबार

रोल्पा, ११ मंसिर ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले रोल्पाका विभिन्न स्थानमा आयोजित एक हप्ता लामो कार्यक्रममा सरिक भएका छन् । दशौं पार्टी पुनर्गठनको अवसरमा रोल्पाको थवाङमा मंसिर ८ मा आयोजित जनसभालाई सम्वोधन गर्न रोल्पा आएका विप्लवले जिल्लाका अन्य स्थानमा आयोजित कार्यक्रमहरुलाई समेत सम्वोधन गरेका थिए ।

मंसिर ६ गते पार्टी केन्द्रीय कार्यालय कपिलवस्तु शिवगढीवाट रोल्पा प्रस्थान गरेका विप्लवले सोही दिन सुलिचौरमा आयोजित भेटघाट कार्यक्रमलाई सम्वोधन गरेका थिए । पार्टीका अगुवा कार्यकर्ता, समर्थक, सर्वसाधारण तथा स्थानीय व्यापारी, वुद्धीजीवि सहित अन्य दलका नेता कार्यकर्ताको समेत सो कार्यक्रमको सहभागिता रहेको नेपाल कम्युनिष्ट पार्टीका पुर्वी रोल्पा ईन्चार्ज मनिराज सीले जानकारी दिए । सोही दिन वेलुका रोल्पाको थवाङ ५ उवामा वास वसेका विप्लवले उवामा पार्टी कार्यकर्ता संग भेटघाट गरेका थिए ।

मंसिर ८ गते नेपाल कम्युनिष्ट पार्टी थवाङले आयोजना गरेको जनसभालाई महासचिव विप्लवले सम्वोधन गरेका थिए । संवोधनका क्रममा विप्लवले वाम एकता अहिलेको आवश्यकता रहेपनि मन्त्री वा सांसद वन्नका लागि एकता नहुने वताए । समाजवादी यात्राको लागि वामपन्थीहरु वीच एकता जरुरी छ महासचिव विप्लवले भने । जनसभामा सो पार्टीका केन्द्रीय सचिवालय सदस्यहरु सन्तोष वुढामगर, अनिल विरही र केन्द्रीय सदस्य सविन सीले वोलेका थिए । कार्यक्रमका केन्द्रीय सामना सांस्कृतिक परिवारले गीत तथा नृत्य प्रस्तुत गरेको थियो । सोही कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी थवाङले ठूलो गाउँमा निर्माण गरेको शहिद स्तम्भको महासचिव विप्लवले उद्घाटन गरेका थिए ।

मंसिर ९ गते महासचिव विप्लवले थवाङ गाउँपालिकाका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए । प्रशिक्षणका क्रममा कम्युनिष्टले कम्युनिष्टमाथि नराम्रो व्यवहार गर्न नहुने महासचिव विप्लवले वताएका थिए । दशवर्षे जनयुद्धवाट केही उपलव्धी प्राप्त भएको वताउदै “ती उपलव्धी पूर्ण होइनन्” महासचिव विप्लवले कार्यकर्ता माझ भने ।

राजतन्त्र फर्काउने गरी दुर्गा प्रसाईहरु अघि वढेको सन्दर्भमा वोल्दै महासचिव विप्लवले यो असम्भव कुरा भएको बताए । ३ घण्टा वढी समय प्रशिक्षणमा सहभागी भएका महासचिव विप्लव सोही दिन नेकपा पश्चिम रोल्पाले आयोजना गरेको छलफल कार्यक्रममा समेत सरिक भएका थिए । स्थानीय पार्टी कार्यकर्ता, शुभेच्छुक, अन्य पार्टीका समर्थक, सर्वसाधारण तथा स्थानीय वुद्धीजिविहरु सहभागी उक्त कार्यक्रमपछि बास वस्न विप्लव जन्म घर केवरी गएका थिए । मंसिर १० गते विहान केवरीमा विप्लवले स्थानीयहरु संग भलाकुसारी र समसमायिक विषयमा छलफल गरेका थिए । केवरीमा जन्मिएर सदरमुकाम लिवाङवाट एसएलसी उत्तिर्ण गरेका विप्लवको परिवार धेरै पहिले कपिलवस्तुको शिवपुर सरेको हो ।

मंसिर १० गते दिउँसो महासचिव विप्लवले माडी गाउँपालिकाको घर्तीगाउँमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई समेत सम्वोधन गरेका थिए । नेपाल कम्युनिष्ट पार्टी पश्चिम रोल्पाले आयोजना गरेको उक्त कार्यक्रममा माडी गाउँपालिकाका पार्टी कार्यकर्ता, शुभेच्छुक, अन्य पार्टीका नेता कार्यकर्ता, वुद्धिजीवि र शिक्षकहरुको सहभागिता रहेको थियो । एक हप्ता लामो रोल्पा भ्रमणले आफुमा नयाँ उर्जा थपिएको महासचिव विप्लवले वताए ।

महासचिव विप्लव मंसिर ११ गते विहान रोल्पा सदरमुकाम लिवाङमा आयोजित कार्यक्रममा सरिक भएका थिए । नेपाल कम्युनिष्ट पार्टी मध्य दक्षिण रोल्पाले आयोजना गरेको उक्त भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सो पार्टीका मध्य दक्षिण क्षेत्रका कार्यकर्ता, अन्य पार्टी समर्थक, वुद्धिजीवि, पत्रकार लगायतको उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रमका वाम एकता, समाजवादी क्रान्तिको मोडेल, विकासका दृष्टिमा रोल्पाको अवस्था लगायतका विषयमा छलफल भएको नेपाल कम्युनिष्ट पार्टी रोल्पा नगरपालिका ईन्चार्ज लालवहादुर सीले जानकारी दिए ।

महासचिव विप्लव संग पार्टीका सचिवालय सदस्यहरु सन्तोष वुढामगर, अनिल विरही, पोलिटव्युरो सदस्यहरु चुडामणी वली, नन्दवहादुर वुढामगर, असल सी, चिरण सीलगायत केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको नेपाल कम्युनिष्ट पार्टी पूर्वी रोल्पा ईन्चार्ज मणिराज सीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?