ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति

अहिलेको सरकार विघटन गर्नुपर्छ : प्रभु साह

११ मंसिर २०८०, सोमबार
११ मंसिर २०८०, सोमबार

काठमाडौँ

आज जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सत्तारुढ गठबन्धन सरकार विघटन हुनुपर्ने बताएका छन्।

मुलुकलाई संकटबाट निकास दिनका लागि वर्तमान सरकार विघटन गरी अन्तरिम सरकार बनाएर अघि बढ्नु नै सही निर्णय हुने उनको जिकिर थियो। सोमबार काठमाडौँमा आयोजित पार्टी स्थायी समिति बैठकमा बोल्दै अध्यक्ष साहले विचौलिया र दलालहरूको हिस्साको रुपमा काम गरिरहेको सरकारलाई विघटन गर्नुको विकल्प नरहेको दोहो¥याए।

उनले मुलुकमा विद्यमान राजनीतिक अराजकतालाई अन्त्य गर्नका लागि राष्ट्रपतीय प्रणालीमा जानुपर्ने प्रस्ताव समेत गरे। अध्यक्ष साहले सरकारले मिटरब्याजीको नाममा भ्रष्टाचार र घुसखोरीलाई बढावा दिएको उल्लेख गर्दै त्यसविरुद्ध आफ्नो पार्टीले आन्दोलन गर्ने चेतावनी समेत दिए।

‘मिटरब्याजीको नाममा भ्रष्टाचार, घुसखोरी चरम सीमामा छ। यसलाई रोक्न सबैको ध्यान जाओस्। खासगरी सरकार, जसले मिटरब्याजीमार्फत गरीबलाई न्याय दिन्छु भनेको थियो। आज ती कुरा हावादारी जस्तो भयो। गरीबले न्याय पाएनन्। अन्ततः दलालले लाभ पाए। घुसखोर कर्मचारीले लाभ पाए। र, आज एउटा खेल तमासा सीडीओ कार्यालयहरूमा भइराखेको छ। त्यतातिर सरकारको ध्यान जाओस्,’ साहले भने।

‘महंगी ठूलो समस्या भएको छ। सरकार निकम्मा देखिएको छ। मिसावट, कालोबजारी देशको प्रमुख समस्या भएको छ। र, त्यसलाई रोक्न सरकार निकम्मा जस्तो देखिन्छ। तपाईंहरूलाई थाहा छ–नेपालमा चिनीको हाहाकार छ। एक दिइ, दुई दिन होइन, महिनौंदेखि यो समस्या छ। तर पनि पर्याप्त चिनी मान्छेले पाउन नसकेका छैनन्,’ उनले भने, ‘तपाईंमा ८० रुपैयाँ केजीमा पाइने चिनी काठमाडौंमा १६० रुपैयाँ पर्छ, यो भन्दा पीडादायी के हुन्छ? सरकारले यो रेट रोक्नै नसक्ने हो र। के सरकारले आपूर्ति व्यवस्था मिलाउनै नसक्ने हो र? जिरा ५ सय चिज आज १५ सय पर्छ। यसलाई नियन्त्रण गर्न यदि सक्दैन भने, जनतालाई सहज ढंगले सेवा दिन सक्दैन भने छोडनु पर्छ।’

‘सक्छौं भने परिणाम देखाउ सरकार। विचौलिया र दलालहरूको हिस्सा हो सरकार। यसै हिसावले सरकार चलिराख्यो भने नेपाली जनताको भविष्य छैन। यतातिर सबैको ध्यान जाओस भन्ने चाहन्छु। हाम्रो यो बैठकले यसलाई सही निष्कर्ष दिन सक्नुपर्छ। हामीले भनेका छौं–देशको निकासको सही निर्णय भनेकै यो सरकारको विघटन, यो व्यवस्थाको विकल्पमा अन्तरिम सरकार बनाएर अघि बढ्ने हामीले भनेका छौँ। राष्ट्रपतीय प्रणालीमा जानुपर्छ। अनि मात्रै देशमा स्थिरता प्रदान हुन्छ। अनैतिकताको राजनीतिलाई अन्त्य गर्नुपर्छ,’ उनले भने।

त्यस अवसरमा अध्यक्ष साहले राजनीतिक दलहरूले जनमतको अपमान गरेको भन्दै आफ्नो पार्टीले जनमत फिर्ता अभियानलाई अघि बढाउने घोषणा समेत गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?