ट्रेंडिंग:

>> आज लुम्बिनी बौद्ध विश्वविद्यालयको १५ औं सभाको बैठक, प्रधानमन्त्रीले उद्घाटन गर्दै >> थारु मानक भाषाका लागि भाषा वर्ण निर्धारण अभ्यास >> लोक सांस्कृतिक महोत्सवले संस्कृतिको प्रवद्र्धन गर्छ : मन्त्री थापा >> गोमाको ‘घरको अचार’ >> बाउन्नगढी नै प्राचीन बौद्धकालिन सम्पदा >> साइन्सोत्सव >> छत्रेश्वरीमा छाडा गाई व्यवस्थापन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनीमा राज्य पक्षबाट शान्ति भंग गर्ने प्रयास भयो : सांसद शुक्ला (भिडियो सहित) >> न्यून गुणस्तरका तीन औषधी विक्रिमा रोक >> लुम्बिनी, बाग्मती र एपीएफको जित >> एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी >> मसिना युवा क्लबद्वारा तीन दिवसीय भलिबल प्रतियोगिता सुरु >> कन्चनमा प्रस्तावना तथा प्रतिवेदन लेखन सम्बन्धी तालिम सुरु >> टिसिएल लगातार दुई वर्ष ग्लोबल टप २ टिभी ब्रान्डको स्थानमा >> सिटिजन्स बैंकले ९.९९ प्रतिशत ब्याजदरमै घर कर्जा दिने >> दैलेखमा अन्तरपालिकास्तरीय खेलकुद प्रतियोगिता >> लुम्बिनीका मुख्यमन्त्रीको दोहोरो चरित्रः शिखर सम्मेलनमा ७ करोड खर्चिदा बालमैत्रीको बजेटमा बेवास्ता >> प्रदिप र अभिलाषा उपाधि रक्षाको दाउमा >> कर्णालीको पानी लम्की ल्याइँदै, मुख्यमन्त्री शाहद्वारा आयोजनाको शिलान्यास >> गाउँबस्ती सफा राख्न अन्तक्र्रिया >> लुम्बिनी प्रदेश सभाको बैठक ६ मिनेटमै सकियो >> स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउन सांसद घिमिरेको माग >> नामिबियाविरुद्ध नेपालको रोमाञ्चक जित >> सहमती कार्यान्वयनको माग राख्दै बर्दघाटमा धर्ना >> फोहोर जलाउने क्रममा घरमा आगलागी, दुई लाख ३० हजारको क्षति >> रुपन्देही र इलामका होटेल व्यवसायीको माग : पर्यटनलाई सरकारले मुख्य एजेण्डा बनाओस् >> देवदह नगरपालिकामा उपभोक्ता समितिको परिचालन र व्यवस्थापन >> रुन्न बरिलै भन्दै आइन् सुजाता >> दुई बर्ष भित्र घोराही लैंगिक हिंसा नियन्त्रित नगर घोषणा गर्ने तयारी >> टी- २० सिरिज: नेपालले आज नामिबियाको सामना गर्दै, जित्नैपर्ने दबाबमा नेपाल >> उद्घाटन खेलमा लुम्बिनी टिम गण्डकीसंग खेल्दै >> सरकारद्वार स्वर्गद्वारी गुठीपीडित किसानसंग वार्ता समिति गठन >> हिउँदयाम सकियो, आजदेखि प्रिमनसुन सुरु >> लुम्बिनीको हिउँदे अधिवेशन आजदेखि, शनिबार प्रधानमन्त्रीले सम्बोधन गर्ने >> ठेकेदार लापरबाहीले नागरिकलाई सास्ती >> लुम्बिनी स्वच्छतामा बढ्दो लापरवाही >> दादुरा रुबेला खोपः बालबालिकाको जोगाउँछ जीवन >> आठ वर्षमा बन्यो प्रदेशको लैंगिक नीति, छिट्टै कार्यान्वयनको आशा >> प्रिन्टेड पेपर ‘क्यान्सरको घर’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> नेपालगन्जमा होटल पौवाको ५ तारे होटलको शिलान्यास >> नेपाल स्काउटको बुटवल आयुक्तमा खरेल >> मुख्यमन्त्रीलाई सभामुख घर्तीका १० गम्भीर प्रश्न >> किन हुँदैछ कर्णालीलाई डिजिटल बनाउने बहस् ? >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा टोकन प्रणाली शुरु >>   प्रदिप, प्रनव, रितिक र निशान्त छैटौ बुटवल खुला राष्ट्रिय लनटेनिसको अन्तिम चारमा >> फुलबारीमा कुडुले घर >> अखिल नेपाल महिला संघको कर्णाली अध्यक्षमा रेग्मी >> कृषिमन्त्रीको राजीनामा माग्दै दूध किसान सडकमा (भिडियोसहित)
पर्यटन

रामग्राम स्तुप क्षेत्रमा ऐतिहासिक प्रमाण फेला

११ मंसिर २०८०, सोमबार
११ मंसिर २०८०, सोमबार

नवलपरासी, ११ मंसिर ।  भगवान गौतम बुद्धको अस्तुधातु रहेको रामग्राम स्तुपा क्षेत्रमा भइरहेको उत्खनन्ले चिनियाँयात्री ह्वेगँसाँग र फाइयानले बर्णन र भूभौतिक सर्वेक्षण अनुसारका अधिकांश संरचना भेटिएको उत्खनन् टोलीले जनाएको छ । रामग्राममा गत २९ तारिख देखि भइरहेको उत्खननका क्रममा भेटिएका आधार प्रमाणबारे उत्खनन् टोलीले पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।
रामग्राम नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा वेलायत दुराम विश्वविद्यालयका पुरातत्व विद, नेपाल सरकार पुरात्व विभाग र

लुम्बिनी विकास कोष लगायतका पुरातत्व अधिकृत तथा विज्ञहरू तथा स्थानीय प्रशासन, स्थानीयबासी बीच उत्खननको उपलब्धी बारे जानकारी गराइएको थियो । भूभौतिक सर्वेक्षणमा देखिएका संकेतको आधारमा उत्खनन् गरिए पछि प्राचिन पोखरी र विहारका पर्खालहरू फेला परेको पुरातत्व विद रबिन कनिघंमले जानकारी गराएका थिए । त्यसैगरि पुरातत्व विभागले गरेको अन्वेषण खोज उपलब्धि तथा आगामी योजनाबारे जानकारी पुरात्व विभागका प्रमुख राम बहादुर कँुवरले जानकारी गराएका थिए ।

बौद्धकालिन इतिहास अनुसार पुरातात्विक बस्तुहरू फेला परिसकेका छन्, उनले भने, यो उप्रान्त अब प्राचिन कोलिय गाण्राज्यको राजधानी पण्डितपुर र यो रामग्राम स्तुपसँगै जोडेर विश्व सम्पदा सुचिमा सुचिकृत गर्ने आधार बनेको छ । विश्वसम्पदा सुचिमा सुचिकृत गर्नका लागि अब पुरातत्व विभागले प्रतिवेदन तयार गरि नेपाल सरकार समक्ष प्रस्तुत गर्नेछ । सरकारले युनेस्कोमा पेश गर्नेछ । युनेस्कोले थप अध्ययनका लागि टोली खटाई यसको पुष्टयाइँ गरेर विश्वसम्पदामा सुचिकृत हुने प्रकृयाको शुभारम्भ हुनेमा उनले विश्वास ब्यक्त गरेका थिए ।
चिनियायात्रीले गरेको बर्णन र भुभौतिक सर्वेले देखाएका सँकेतको आधारमा उत्खनन गर्दा प्राचिन विहार तथा पोखरीका अवशेष भेट्ेको उत्खनन टोलीले देखाएको थियो । रामग्राम स्तुपबारे भारतीयद्धारा पनि विभिन्न दुष्प्रचार भई रहेको बेला अहिले रामग्राम स्तुपक्षेत्रको उत्खननले थप खण्डनन गर्न थालेको हो । अहिलेको उत्खननले थप प्रमाण उपलब्ध गराएको छ । यो रामग्रामबासीलाई मात्र होईन्, सम्पुर्ण नेपालीकै लागि गौरवान्वित गर्दैछ । भगवान गौतम बुद्धको अस्थिधातुलाई आठ भागमा वितरण गर्दा आठ भाग मध्ये एक भाग कोलिय राजाहरूले पाएको भागलाई राखेर रामग्राम स्तुपको निर्माण गराएका थिए । पछि तत्कालिन मगध सम्राट अशोकले सबै स्तुपको उत्खनन गराई संसार भरि विगतरण गरि ८४ हजार स्पुप निर्माण गराउने अभियानमा लागेका थिए ।

अन्तिम पटक रामग्राम स्तुपको उत्खनन गर्न आउदा स्तुपको संरक्षण गरि बस्दै आएका नागबंशीले यो (रामग्राम) स्तुप नखनिदिन आग्रह गरे अनुसार सम्राट अशोकले यो स्तुप (रामग्राम) स्तुपको उत्खनन गरेरनन् । ती नागबंशी भिच्छुका लागि त्यही विहारको समेत निर्माण गराउन लगाएका थिए । त्यस पछि चिनियायात्री ह्वेगँसाँग लुम्बिनी क्षेत्रको भ्रमण गर्ने क्रममा आउदा आफुले लुम्बिनी पुर्वमा राजधानीको अवशेष भेटिएको र त्यसको दक्षिण पुर्व दिसामा एक स्तुप भएको र ति स्तुप नजिकै पोखरी र विहार समेत रहेको कुरा उल्लेख पाईन्छ ।
यसले गर्दा अहिले कोलिय गणराज्यको राजधानी कोलनगर(पण्डितपुर) लाई पनि पुरातत्व विभागले उत्खनन गरि शाक्यहरूको कपिलबस्तु राज्यको तिलौराकोट राजध ानीका समकालिन इसापुर्व ७ सयसम्मका प्राचिन बस्तुहरू भेटिएकाले कोलिय गणराज्यको राजधानी पण्डितपुरलाई नै कोलनगर वा प्राचिन देवदह भनेर राजधानी प्रमाणित गरेको छ । सो राजधानी देखी दक्षिण पुर्वमा रहेको यो स्तुपा नजिकैको विहार र पोखरीले स्तुपा भएको प्रमाणहरू देखिन थालेको छ । अब सम्भवतःविश्व सम्पदामा सुचिकृत हुन सक्ने धेरै प्रमाणहरू जुटि सकेको उत्खनन टोलीको पनि भनाई थियो । झण्डै दुई दशक रोकिएको उत्खनन कार्य अहिले पुनःशुभारम्भ भएकोमा खुशी ब्यक्त गर्दै आएका स्तुपमा चिनियायात्रीको बर्णन अनुसारको पुरातात्विक बस्तु फेला पर्दा थप उत्साही भएका छन् ।

विगत केही बर्ष अगाडी रामग्राम स्तुपाको उत्तर पश्चिम क्षेत्रमा जिओफिजिक्स (भूभौतिक सर्वे) द्वारा पहिल्याएको विहार र पोखरी क्षेत्रमा तिन वटा ट्रेन्स लगाई उत्खनन कार्य गरिएको थियो । सुचिकृत प्रकृयाका लागि विहार र पोखरी क्षेत्रको पुरातात्विक आधार बाहिर देखाईन्छ । ततपश्चात यसको बैज्ञानिक बर्ष आधार इतिहासको आधारमा खोज्ने कार्य हुन्छ । सन १८९८ मा डा.डब्लु होयद्वारा रामग्राम स्तुप यहिँ नै हो भनेर उल्लेख गरेका थिए । त्यस पछि स्तुप क्षेत्रको भूभौतिक सर्वे गरि १९९९ र २००१ मा उक्त क्षेत्रको उत्खनन कार्य शुक्रसागर श्रेष्ठद्वारा गरिएको थियो ।
शुक्रसागर श्रेष्ठको उत्खनन पश्चात दुई दशकसम्म उत्खनन कार्य रोकिदा अहिले यस क्षेत्रको समग्र विकास कार्य नै अवरुद्ध भएका छन् । त्यो बेला उत्खनन गर्दा मौर्यकालिन मौर्यन स्टोनका टुक्रा फेला परेको स्तुपको वरिपरि विभिन्न सुन्याघार जस्ता पुर्वाधारहरू फेला परेको थियो । त्यसैले पनि रामग्राम स्तुपाको आधार तयार गरेको थियो । रामग ्रामबारे बौद्ध साहित्य तथा इतिहासका आधारमा भगवान गौतम बुद्धको भारत कुशिनगरमा महापरिनिर्वाण पश्चात उनको अस्थिलाई विभिन्न ८ भागमा बाडिदा बुद्धका मावली राज्यका कोलिय राजाहरूले पाएको अस्तुको भागलाई ल्याएर आफ्नो राजधानीको पुर्व दक्षिण दिसामा अस्तु राखेर रामग्राम स्तुपको निर्माण गराएका थिए ।
ती स्तुपको संरक्षण,पुजा,पाठ,ध्यान अभ्यास निरन्तर नागबंशीहरूले गर्दै आएका थिए । तत्पश्चात तत्कालिन मगधका सम्राट अशोक बुद्धका सात वटा स्तुप उत्खनन गराई ति धातु संसारका ८४ हजार स्थानमा वितरण गर्ने अभियानको क्रममा अन्तिम पटक रामग्राम स्तुपको उत्खनन गर्न आएका थिए । उत्खनन गर्न आउँदा स्तुपको संरक्षण गरि बस्दै आएका नागबंशीहरूले यो स्तुप धर्मको धरोहर हो, भन्दै स्तुप उत्खनन नगरिदिन आग्रह गरेका थिए । आफूहरू बाचुन्जेल स्तुप खन्न नदिने नागबंशीको अटल विश्वासबाट प्रभावित भई सम्राट अशोकले नागबंशीसँग सम्बाद सिला बनाई स्तुप क्षेत्रमा राख्न लगाएको, ती नागबंशी तथा भिच्छुका लागि नजिकै बौद्ध विहार बनाई दिएको र स्नानका लागि पोखरीको निर्माण गर्न लगाएका थिए ।

रामग्राम स्तुप,प्राचिन इतिहास, धार्मिक धरोहर, बौद्धकालिन संस्कृतिको आधार र अध्यात्मिक अभ्यासका लागि संसारकै लागि हेर्न लायक स्थल हुनेमा सबैले विश्वास गरेका थिए । संसारको एक मात्र सिगाँे अष्टधातु रहेको यो रामग्राम स्तुपमा प्राचिन कालमा पनि स्तुप नजिकै अध्यात्मिक अभ्यासका लागि सुन्याघारहरू रहेको, भिच्छु बस्ने विहार पनि संगै फेला परेकोले यस क्षेत्रमा अध्यात्मिक अभ्यासका लागि विश्वकै लागि एक उपलब्धी हुनेछ । भगवान बुद्धको अस्तुधातु रहेको स्थानमा श्रद्धापुर्वक एउटा फूल मात्रै अर्पण गर्नाले मानिसको लागि देवलोकको बाटो खुल्ने बौद्ध साहित्यमा उल्लेख पाईन्छ । स्तुपमा बसेर ध्यान विपश्यना गर्नाले जरामरणको मुतिmको बाटोसम्म पु¥याउने अध्यात्मि क मान्यता रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?