ट्रेंडिंग:

>> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य

किसान ठगिदा बिचौलियालाई मालामालः ५ रूपैयाँमा लिएर १०० मा बिक्री

बजार भाउ नपाएपछि किसानले प्रतिकिलो ५ रूपैयाँमा काँक्रा बेच्न बाध्य छन् । कतिपय किसानले भने काँक्राको झाल काटेर आलु रोपेका छन् । तर बजारमा काँक्राका मूल्य भने प्रतिकिलो १०० को हाराहारीमा छ ।
११ मंसिर २०८०, सोमबार
११ मंसिर २०८०, सोमबार

बुटवल, ११ मंसिर । नवलपुर जिल्लाको हुप्सीकोट गाउँपालिका वडा नम्बर १ जोगीपानीका अगुवा किसान खुम बहादुर मगरले गत बर्ष काँक्रा बिक्रीबाट ८ लाख सम्म आम्दानी गर्दथे । गाउँपालिकाको कृषि पकेट क्षेत्रको रूपमा रहेको यो स्थानमा उनले यो पटक १२ कठ्ठा क्षेत्रफलमा कर्मा र भक्तपुरे लोकल काँक्राको खेती गरेका थिए । यो बर्ष पनि काक्राबाट मनग्ये आम्दानी गर्ने सोँच बनाएका उनी जस्तै गाउँका अधिकांस किसान बजार भाउ नपाएपछि फल्दै गरेको काँक्राको झाल काटेर आलु रोप्न थालेका छन् ।

गाउँको ३५ विघा भन्दा बढि क्षेत्रफलमा किसानहरूले व्यवसायिक काँक्रा उत्पादन गर्दै आएका थिए । हुप्सीकोटमा उत्पादन भएको काक्रा सबैभन्दा बढि बजार हिस्सा काठमाडौंको कालीमाटी बजारले लिने गरेको थियो । त्यसपछि बुटवल, पोखरा लगायतका स्थानमा पनि किसानको उत्पादन जाने गरेकोको यो पटक अधिकांस किसानकोले काँक्राको बजार मूल्य नपाउदा यत्तीकै काँक्रा को झाल काटेर फाल्दै आएका हुन ।
किसान खुम बहदादुर मगरका अनुुसार गत बर्ष किसानले बोट बाट नै प्रतिलिको ४० देखि ५० रूपैयाँ सम्ममा विक्रि गरेको काँक्रा यो पटक भने २० किलो काक्राको जम्मा १०० रूपैयाँमा विक्रि गर्न बाध्य भएका छन् । प्रतिलोको काक्रालाई ५ रूपैयाँ भन्दा पनि कम मूल्यमा बेच्नुपरेपछि लगानी समेत खेरा गएको किसान को गुनासो रहेको छ ।

विगतका बर्षमा स्थानीय तह, कृषि ज्ञान केन्द्रले समेत प्लाटिक, मल्चीङ्ग प्लाष्टिक, डोरी अनुदानमा दिने गरेको भएपनि यो पटक भने अनुदान समेत दिएको थिएन । १२ कठ्ठा क्षेत्रफलमा काक्रा खेती गर्दा खुम बहदुरले ८ लाख सम्म आम्दानी गर्दै आएकोमा यो पटक ४५ हजार भन्दा बढि आम्दानी नभएको बताउँछन् । बुटवल टुडे सँगको कुराकानीमा उनले भने–‘लागत समेत उठेन, १२ कठ्ठा काक्राको ४५ हजार जती भयो हो, खर्च मात्रै ढाई लाख भएको छ । ’

खन जोत, मल, विउ, मल्चीङ्ग प्लाष्टिक, काक्रा प्याकेजिङ्ग गर्ने प्लाष्टिक लगायतको खरिदमा नै ढाई लाख भन्दा बढि लगानी भएको उनको भनाई छ । कृषि पकेट क्षेत्रको रूपमा सरकारले घोषणा गरेको हुप्सीकोट १ जोगीपानीका अधिकांस किसान अहिले काक्राबाट नराम्रोसंग ठगीएका छन् । कतिपय किसानले प्रतिकिलो ५ रूपैयाँमा विक्र गरेको भएपनि कालीमाटीमा बजार नभएको भन्दै व्यवसायीहरूले काँक्रा फालेको भन्दै ५ रूपैयाँ पनि किसानलाई नदिएको समेत बताइएको छ ।

किसानले धान खेती हँुदै आएको खेतमा धानको सट्टा काक्रा खेती गरेर सोहीबाट आउने रकमले धान खरिद गर्दै उपभोग गर्दै आएका थिए । तर यो पटक धान खरिद गर्ने पैसा समेत उठ्ने भएको कारण ऋणधन गरेर धान, चामल किन्नुको विकल्प नभएको बताएका छन् । उक्त स्थनामा किसानले यो पटकको तिहार, पछिको चाडपर्व लक्षित गरी कर्मा र भक्तपुरे लोकल जातको काक्रा लगाउदै आएका थिए । ३५ विघा क्षेत्रफलमा तरकारी, काक्रा खेती हुदै आएको यो क्षेत्रका अधिकांस किसान यो पटक भने ऋणमा डुबेका हुन ।

बजार मूल्य नपाएपछि फल्दै गरेको काक्रा झाल काटेर किसानले आलु खेती गर्न सुरुवात गरेको बुटवलका व्यवसायी कृष्ण प्रसाद पौडेल बताउँछन् । स्थलगत रूपमा त्यहा पुगेका पौडेलले किसानको कान्तीबिजोग नै भएको बताए । कृषि ज्ञान केन्द्र नवलपुर (बर्दघाट सुस्ता पूर्व) का प्रमुख कुल प्रसाद तिबारीले १००० हेक्टरमा काक्रा खेती गर्दै आएको जानकारी दिँदै उनले अहिलेको समस्या उचित मूल्य नभएको बताए । बजारमा प्रतिकिलो १०० रूपैयाँ रहेकोमा किसानले भने ५ रूपैयाँमा विक्रि गर्नुपर्ने बाध्यता रहेको बताए । उनले विचौलियाहरूको कारण समस्या रहेको भन्दै त्यसलाई रोक्नको लागि किसानले आफै नै व्यवसायीकरण गर्न सकेमा राम्रो उनले उनले बताए ।उनले भने–‘किसानले उचित मुल्य पाएका छैनन, यसको लागि किसानले आफै बजारीकरणमा ख्याल गर्नुपर्नेछ, हामी किसानको लागि प्राविकि सहयोग समेत गर्दै आएको छौ ।’

हुप्सीकोट गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष प्रेम बहादुर घर्तीले यो पटक किसानको उत्पादन बजारीकरणमा समस्या भएको कारणले गर्दा बजार भाउ नपाएको बताए । उनले एकै पटक ठूलो मात्रामा उत्पादन हुँदा किसानको उत्पादनले बजार भाउ नपाएको उनको भनाई रहेको छ । किसानको उत्पादन खेरा गएको, भैरहेको उत्पादन समेत बजार नपाएको विषयमा आफुले पालिका मार्फत कृषि ज्ञान केन्द्र, गण्डकी प्रदेश सरकार र संघीय सरकारमा समेत पहल गरेको उनको भनाई रहेको छ । तर यो विषयमा कहि कतै बाट राहत लगायतका केही कार्यक्रम नआएका उनी बताउँछन् । अध्यक्ष घर्ती भन्छन्–‘हामी पहल गरेका छौ, तर कतै बाट केही रेप्सोन्स पाएका छैनन, किसानले प्रतिझोला(२०किलो) लाई १०० रूपैयाँमा बेच्नुभएको छ । ’
किसानबाट ५ रूपैयाँ, बजारमा १०० रूपैयाँ

अहिले किसानले काक्राको मुल्य पाएका छैनन । जसको कारण किसानबाट प्रतिकिलो ५ रूपैयाँमा विक्री भएको काक्रा (लोकल) बजारमा आउँदा अहिले खुद्रा रपमा भने प्रतिकिलो ५० देखि १० रूपैयाँमा विक्रि भैरहेको छ । बुटवलको स्थानीय बजारमा अहिले काक्रालाई प्रतिकिलो ५० देखि १०० रूपैयाँ मा विक्री भैरहेको हो । यसरी किसान स्वयम आफैले बजारीकण नगर्ने विचौलिया (व्यवसायी) मार्फत बजारीकण गर्दा किसनाले किलोमा नै ४५ देखि ९५ रूपैयाँ रकम गुमाएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?