ट्रेंडिंग:

>> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी

टेम्पो सञ्चालनमा स्थानीय सरकारको ज्यादतीः ब्यवसायीले गराए दलहरुको ध्यानाकर्षण

१० मंसिर २०८०, आईतवार
१० मंसिर २०८०, आईतवार

बुटवल, १० मंसिर । बुटवलमा अटो संचालन गर्दै आएको टेम्पो ब्यवसायीहरुप्रति स्थानीय सरकारबाट ज्यादती भएको राजनीतिक दलहरुले बताएका छन् । विभिन्न दलका प्रतिनिधिहरुलाई राखेर टेम्पो व्यवसायीहरुले आइतबार आयोजना गरेको अन्तक्र्रियामा उपस्थित दलका प्रतिनिधिले ज्यादती हटाउन बुटवल उपमहानगरसँग माग गरेका हुन् ।

टेम्पो व्यवसायीहरुले नगरमा दर्ता खारेज गरी यातायात व्यवस्था कार्यालयबाट सञ्चालन गरिनुपर्ने, एकोहोरो कर प्रणाली हुनुपर्ने, सवारी साधनको दुईवटा नम्बर प्लेटदुईवटा ब्लुबुक र दुईवटा रुट परमिट खारेज हुनुपर्ने, ५ हजार, ८ हजार र १० हजार रुपियाँ जरिवाना खारेज हुनुपर्ने, बाटोमा निर्वाध चल्न पाउनुपर्ने, नगरबासीमात्र हुनुपर्ने भन्ने निर्णय खारेज हुनुपर्ने, प्रहरीको ज्यादती बन्द गरिनुपर्ने लगायतका माग गरेका छन् ।

स्वरोजगारमुलक ब्यवसाय गर्दै आएको टेम्पो ब्यवसायलाई धरासायी हुने गरी बिना अध्ययन पालिकाहरुले दोहोरो रुपमा कर उठाउने, पालिकास्तरमा आवतजावत रोक्ने जस्ता गलत काम गरेको भन्दै यसलाई तुरुन्त हटाउन विभिन्न राजनीतिक दलका नेताहरुले आग्रह गरेका छन् ।

तिनाउ टेम्पो यातायात प्रालिद्वारा “सरोकारवालाको ज्यादती अवरोध, कानुनी स्पष्टता हुँदाहँुदै ब्यावहारिक कठिनाई किन ?” भन्ने विषयमा भएको अन्तक्र्रियामा बोल्दै दलका प्रतिनिधिले दोहोरो कर हटाउन र र नगरमा हुने दर्ता खारेजको व्यवसायीको मागमा सहमति जनाएका हुन् ।

कार्यक्रममा नेकपा माओवादी बुटवल उपमहानगर कमिटिका अध्यक्ष महेन्द्र भुसालले यातायात ब्यवस्था कार्यालयमा दर्तापछि नगरमा रुट तयार गरेर चलाउनुपर्ने बिषयका बारेमा विगत लामो समयदेखि केवल छलफलको विषय बनेको बताए । स्थानीय सरकार काम गर्नेभन्दा पनि प्रचारमा लागेको दुखेसो गर्दै उनले एउटै सवारीको दोहोरो कर उठाउने जस्ता गलत नीतिका विरुद्ध आफुहरु विरोधमा उत्रन तयार रहने बताए । जनताको समस्या र आवश्यकता पूरा गर्नेभन्दा हरेक विषयमा राजनीति बढी भएको उनले दाबी गरे ।
“जुँगाको लडाईमा नेताहरु लड्दा आम नागरिकले दुख पाएका छन् ।’—उनले भने । केन्द्रमा नेपाली काँग्रेस पार्टीसंग आफुहरुको सहकार्य भएको भन्दैमा स्थानीय सरकारबाट भएका गलत कदमका विरुद्ध चुप नलाग्ने उनले बताए ।

नगरमा दर्ता खारेज, नेपाली नागरिकताको आधारमा सवारी चलाउन पाउनुपर्ने आफुहरुको माग रहेको प्रालिका अध्यक्ष महेन्द्र प्रसाद श्रेष्ठले बताए । ‘एक घर एक अटो’ नीति ल्याएर त्यस क्षेत्रमा कार्यान्वयन नभएको उनले दुखेसो गरे । अटो ब्यवसायीहरुले अदालतमा मुद्दा हालेपनि पेसी अगाडि नबढेको भन्दै आवश्यक परे सर्वोच्च अदालतमा जाने पनि उनले बताए ।

नेपाली काँग्रेस बुटवल उपमहानगरका उपसभापति ज्योति भण्डारीले नगरलाई ब्यवस्थित पार्किङ, वैज्ञानिक आधारमा संख्या लगायतका काम अघि बढाएको बताउँदै स्थानीय सरकारले यसवर्ष १६ वटा टेम्पो दर्ता गरेको भन्दै तर यो पनि प्रयाप्त नभएको बताए ।

नेकपा एमाले बुटवल उपमहानगर सचिव मेघराज भट्टराईले आधारभूत आवश्यकतालाई मौलिक हकका रुपमा मानिने भन्दै बुटवलको सडकको अवस्था अनुसार सवारी चाप नियन्त्रण गर्ने गरी नीति ल्याउनेतर्फ ध्यान दिनुपर्ने सुझाव दिए ।

कार्यक्रममा जनता समाजवादी पार्टीका मनिकर कार्कीले धेरै पहिलेदेखि शुरु भएको रिक्साको संख्या यकिनको कामलाई टुङयाउनेमा सरकारको ध्यान नगएको दुखेसो गरे । नेपालको संविधानमा वैधानिक दर्ता गरेको नेपाली नागरिक जुनसुकै क्षेत्र, ठाउँमा पुगेर ब्यवसाय गर्न पाउने कानुनी प्रावधान रहेको उनले बताए । ‘यो आधारभुत मौलिक हकलाई रोक्न पाइदैन ।’—उनले भने ।

नेकपा समाजवादी पार्टीका चिन बहादुर गुरुङ, नेकपाका विरेन्द्र बिक, राष्ट्रिय यातायात उद्यमशिलता भलाईकोषका वसन्त श्रेष्ठले दोहोरो कानुन अन्त्य हुनुपर्ने, टम्पो र अटोको विषय फरक भएको तथा यसको नियमबारे सरकार गम्भीर हुनुपर्ने सुझाव दिए ।

तिनाउ यातायात प्रालिका सल्लाहकार जिवलाल भुषालले यातायात कार्यालयमा दर्ता भएपछि फेरि दोहोरो दर्ता हुने झण्टिलो प्रक्रिया हटाउनुपर्ने बताए । दलका नेताहरुलाई एउटै फोरममा ल्याएर समस्या बुझाउने गरी कार्यक्रम गरिएको उनले बताए । हाल प्रालिमा ३० वटा टेम्पोहरु आवद्ध रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?