ट्रेंडिंग:

>> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य

सांस्कृतिक कार्यक्रमले महोत्सवमा दर्शकहरुको आकर्षण बढ्दै

मम्मी डान्समा मेनुका राई प्रथम, एली दोश्रो र निलकुमारी तृतीय भए
१० मंसिर २०८०, आईतवार
१० मंसिर २०८०, आईतवार

सैनामैना, १० मंसिर ।

रुपन्देहीको सैनामैनामा बुधबारदेखि सुरु भएको छैठौं राष्ट्रिय सैनामैना कृषि, पर्यटन, प्रविधि तथा औद्योगिक व्यापार महोत्सवको सांस्कृतिक कार्यक्रमतर्फ दर्शकहरुको आकर्षण बढ्दै गएको छ ।

महोत्सवमा कलाकारहरुको प्रस्तुती हर्ने दर्शकहरु झुम्मिने गरेका छन भने त्यसले महोत्सवमा सांस्कृतिक आकर्षण समेत थपेको छ ।

महोत्सवको क्रममा आयोजित मम्मी डान्स प्रतियोगिता, सैनामैना डान्सिङ आईडल, भजन प्रतियोगिता, ¥याप, नगरविद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, जिल्लास्तरीय दोहोरी गीत प्रतियोगिता, स्थानीय कलाकारको प्रस्तुती र स्थानीय कला संस्कृतिको प्रस्तुतीले महोत्सवमा बेग्लै आकर्षण थपेको छ ।

महोत्सवका क्रममा शनिवार लोक गायक पशुपति शर्माले सैनामैनाका दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

पशुपति शर्माको प्रस्तुतीमा दर्शकहरु महोत्सवका साँझ अबेरसम्म झुम्मिएका थिए । त्यसैगरी महोत्सवकै क्रममा आज आईतवार चर्चित गायक दुर्गेश थापाको प्रस्तुती रहने महोत्सवको सांस्कृतिक संयोजक कृष्ण पोखरेलले बताउनु भयो । त्यसैगरी लोकगायक दिपक गरौजा र गायिका बिष्णु श्रीपालीको समेत प्रस्तुती रहनेछ ।

महोत्सवकै क्रममा आयोजित मम्मी डान्स प्रतियोगितामा बुटवल तामनगरकी मेनुका राई प्रथम हुँदै नगद १५ हजार पुरस्कार हात पारेकी छिन । त्यसैगरी देवदह चरंगेकी एली बुढा मगर दोश्रो हुँदै १० हजार र सैनामैना सालझण्डीकी निलकुमारी रास्कोटी तृतीय हुदै नगद ५ हजार पुरस्कार प्राप्त गरेको मम्मी डान्स प्रतियोगिताकी संयोजक सिता क्षेत्रीले बताउनु भयो ।

आर्थिक विकासको राष्ट्रिय आधारः कृषि, पर्यटन, उद्योग र ब्यापार भन्ने नाराका साथ सैनामैना उद्योग बाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सवले सैनामैनासंगै यस क्षेत्रको उद्योग व्यापार र लोक संस्कृति संरक्षण तथा प्रवद्र्धनमा टेवा पुग्ने आयोजकले जनाएका छन ।

सैनामैना नगर क्षेत्रमा लगानीको अवसर सिर्जना गर्न तथा कृषि, पर्यटन उद्योग व्यापारको प्रवद्र्धन, धार्मिक एवं सांस्कृतिक क्षेत्रको संरक्षण र लोक संस्कृतिको जगेर्ना गर्न महोत्सवले सघाउ पुग्ने आयोजकले विश्वास लिएका छन ।

महोत्सव मुल आयोजक समितिका संयोजक तथा सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष प्रेमबहादुर खड्काले महोत्सवको सांस्कृतिक कार्यक्रमले दर्शकहरुलाई छुट्टै मनोरञ्जन प्रदान गर्नुका साथै स्थानीय कला संस्कृतिको विकास गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।

त्यसैगरी आयोजक समितिका सदस्य सचिव तथा संघका महासचिव लोकनाथ अधिकारीले महोत्सवबाट उद्योग व्यापारको प्रवद्र्धन, धार्मिक एवं सांस्कृतिक क्षेत्रको संरक्षण र लोक संस्कृतिको जगेर्ना गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।

महोत्सवका अवसरमा सैनामैनाभित्र रहेका पर्यटकीय स्थलहरुको प्रचार प्रसार, पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनी, सैनामैनाको पर्यटकीय सम्भावना बारे गोष्ठी तथा अन्तरक्रिया लगायतका कार्यक्रम आयोजना गरिने भएको छ ।
महोत्सवको साढे ३ लाख दर्शकले अवलोकन गर्ने तथा ५ करोड बढीको कारोबार हुने अपेक्षा राखिएको आयोजकले जनाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?