ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति

रित्तिदै गाउँ, ६० प्रतिशत गाउँबाहिर, उब्जाउ भूमि बाँझै

१० मंसिर २०८०, आईतवार
१० मंसिर २०८०, आईतवार

नवलपुर, १० मंसिर ।

गाउँबाट बिस्थापित भै शहर पस्ने क्रम बढेसंगै अहिले पूर्वी नवलपरासीका गाउँहरु रित्तिन थालेका छन् ।

पूर्वी नवलपरासीमा ६० प्रतिशत बासिन्दा स्थायी रुपमै गाउँ छाडेर शहर केन्द्रित भएका छन भने रोजगारीको सिलसिलामा २० प्रतिशत र बाँकी २० प्रतिशत मात्रै त्यो पनि बुढाबुढी, बयस्क र रोजगारी भएकाहरु मात्र गाउँमा बसोबास गरेका बुलिङटार गाउँपालिकाका वडा नं. ३ का वडाध्यक्ष बिष्णुविर जर्घामगरले बताए ।

“जिल्लाको पहाडी दुई गाउँपालिका बुलिङटार र बौदीकालीका ६० प्रतिशत बासिन्दा गाउँ छाडेर शहर केन्द्रित भैसके भने यो क्रम बढिरहने र समयमै रोक्न नसक्ने हो भने पाँच सात वर्षमा गाउँ पुरै रित्तिन सक्छ”, समाजशास्त्रका प्राध्यापक शालिकराम कोइराला भन्छन्, “गाउँ केन्द्रित नीति ल्याउन सकिएन भने गाउँमै बस्ने मान्छे पाईदैन ।”

पहाडी दुई गाउँपालिका मध्ये बुलिङटारको जनसंख्या २०६८ को जनगणनामा १९ हजार १२२ थियो त्यो अहिले २०७८ को जनगणनानमा घटेर १४ हजार ६३७ को हाराहारीमा पुगेको छ भने त्यो पनि शहर केन्द्रित भएकाहरुले बसाई सराई नल्याएर गाउँकै ठेगानामा विवरण भर्दा यस्तो भएको हो । गाउँमै स्थायी बसोबास गर्नेको संख्या त चार हजारको हाराहारीमा रहेको बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारीले बताए ।

उता बौंदीकाली गाउँपालिकाको २०६८ को जनगणनामा १९ हजार रहेको जनसंख्या अहिले २०७८ मा करिव १० हजारको हाराहारीमा पुुगेको गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताए । बौदीकाली गाउँपालिकाले त बजेटमै गाउँ फर्कनेलाई घर र २५ हजार, निःशुल्क शिक्षा दिने घोषणा गरे पनि त्यो अनुुसार गाउँ फर्कनेको संख्या भन्दा गाउँ छाड्नेको संख्या बढ्दै गएकोले यो सबैका लागि चिन्ताको बिषय भएको अध्यक्ष ओझाको भनाई छ ।

पहाडी गाउँपालिकासंगै शहरसंगै जोडिएका थप दुई गाउँपालिका हुप्सेकोटको वडा नं.२, ५ र ६ र विनयीत्रिवेणी गाउँपालिकाको वडा नं ३ का ८० प्रतिशतले गाउँ छाडेको र शहर केन्द्रित भैसकेका हुुप्सेकोट गाउँपालिकाका वडा नं. ५ का वडाध्यक्ष पदम रानामगरले बताए । अहिले पनि गाउँ छाडेर शहर केन्द्रित हुने उत्तिकै बढिरहेको छ । ती वडाहरुबाट बसाईसराई गरेर उनीहरु धेरै आफ्नै पालिकाका सुगम ठाउँमा बसोबास गरिरहेका तथ्याङ्कले देखाउँछ ।राई गरेर उनीहरु धेरै आफ्नै पालिकाका सुगम ठाउँमा बसोबास गरिरहेका तथ्याङ्कले देखाउँछ ।

अहिले गाउँसंग शहरको वातावरण फरक रहे पनि सडक सञ्जालका कारण गाउँघरको सेवा र सुविधा भन्दा शहरको रमझममा यहाँका बासिन्दाको विस्थापित हुने क्रम बढेको प्राध्यापक शालिकराम कोइरालाको बुुझाई छ । “गाउँमा बाटो पुगेको छ, विद्यालयहरु खुलेका छन् तर ती सबै छाडेर भएको जग्गा जमीन पनि बाँँझै छाडेर शहर पस्नेको लर्को लागेको छ”–बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी मगर भन्छन् ।

कतिपय रोजगारीको खोजीमा विदेशिनु परेको छ भने कतिपय गाउँमा रोजगारी नै नभए पछि शहर झरेर भए पनि पेट पाल्न सजिलै पाईने आशाले पनि झरेको पाइन्छ र जसका कारण ग्रामीण भेगका सर्वसाधारण सहर केन्द्रित हुने क्रम बढेको छ । स्वास्थ्य, शिक्षा, रोजगारी लगायतका सेवा सुविधा खोज्दै नवलपरासी पूर्वको पहाडी भेगबाट राजमार्ग केन्द्रित स्थानीय तहमा सर्वसाधारणको बसाइँसराइ बढेसँगै राजमार्गले छोएका स्थानीय तहमा जनसंख्याको चाप बढेको गैंडकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारी बताउँछन् ।

पछिल्लो दश वर्षको अवधिमा जिल्लाका ग्रामीण भेगबाट सहरी क्षेत्रमा बसाइँसराइ बढेपछि बुलिङटार र बौंदीकाली गाउँपालिकाको जनसंख्या ऋणात्मक देखिएको छ । बौदीकाली गाउँपालिका र बुलिङ्गटार गाउँपालिकाको जनसंख्या पछिल्लो दशवर्षको अवधिमा घटेको छ भने हुप्सेकोट गाउँपालिकाको जनसंख्या पनि बिस्तारै घट्दो क्रममा रहेको छ । मुख्य राजमार्गले छोएका गैंडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको जनसंख्या पछिल्लो दश वर्षमा ह्वात्तै बढेको छ ।

राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार जिल्लाको पहाडी क्षेत्रमा रहेको बौदीकाली र बुलिङ्गटार गाउँपालिकाको वृद्धि दर ऋृणात्मक रहेको हो । तथ्यांक कार्यालयले दिएको जानकारी अनुसार बौदीकालीको जनसंख्या वृद्धिदर ऋृणात्मक तीन दशमलव १४ र बुलिङ्गटारको जनसंख्या वृद्धिदर ऋृणात्मक दुई दशमलव ५७ प्रतिशत रहेको छ ।

त्यसैगरी मुख्य राजमार्गले नछोएको अर्को स्थानीय तह हुप्सेकोट गाउँपालिकाको जनसंख्या वृद्धिदर शुन्य दशमलव ५६ प्रतिशत मात्रै रहेको छ । यता पुर्व–पश्चिम राजमार्गले छोएका स्थानीय तहको जनसंख्या भने पछिल्लो १० वर्षमा बढेको देखिएको छ । जिल्ला सदरमुकाम समेत रहेको कावासोती नगरपालिकाको जनसंख्या वृद्धिदर जिल्लामा सबै भन्दा बढी छ । राष्ट्रिय जनगणना २०७८ अनुसार तीन दशमलव १७ प्रतिशत वार्षिक वृद्धिदर रहेको कावासोतीको जनसंख्या ८६ हजार आठ सय २१ पुगेको हो । राष्ट्रिय जनगणना २०६८ मा कावासोती नगरपालिकाको जनसंख्या ६२ हजार चार सय २१ रहेको थियो ।

जनसंख्या बढ्ने स्थानीय तहको दोस्रो नम्बरमा देवचुली नगरपालिका देखिएको छ । दुुई दशमलव ९७ प्रतिशत वार्षिक वृद्धिदर रहेको देवचुलीको जनसंख्या ५८ हजार पुगेको छ । २०६८ मा देवचुलीको जनसंख्या ४२ हजार छ सय तीन रहेको थियो । त्यसैगरी दुुई दशमलव .८७ प्रतिशत वार्षिक वृद्धिदर रहेको गैंडाकोट नगरपालिकाको जनसंख्या २०७८ मा ७९ हजार तीन सय ४९ पुगेको छ । यहाँ दस वर्ष अगाडि ५८ हजार आठ सय ४१ जनसंख्या रहेको थियो ।

त्यसैगरी राष्ट्रिय जनगणना २०७८ अनुसार मध्यविन्दु नगरपालिकाको वार्षिक जनसंख्या वृद्धिदर एक दशमलव १६ प्रतिशत रहेको छ । २०६८ को जनगणनामा ५४ हजार एक सय ४० जनसंख्या रहेको यो नगरपालिकाको जनसंख्या दश वर्षमा बढेर ६१ हजार ९१ पुगेको छ । त्यसैगरी विनयी त्रिवेणी गाउँपालिकाको वार्षिक जनसंख्या वृद्धिदर एक दशमलब ६ प्रतिशत रहेको छ । २०६८ को राष्ट्रिय जनगणनामा ३२ हजार ९४३ जनसंख्या रहेको यहाँको जनसंख्या दश वर्षमा बढेर ३८ हजार तीन सय ७० पुगेको छ ।

पहाडी भेगबाट राजमार्ग आसपासका स्थानीय तहमा बसाइसराइ बढेपछि ग्रामीण भेगमा जनसंख्या ऋणात्मक अवस्थामा पुगेको हो । गाउँमा किन जनसंख्या घट्दैछ त्यसतर्फ स्थानीय तहले गम्भीर भएर सोच्नु पर्ने प्राध्यापक कोइरालले बताए । गाउँमा जनसंख्या टिकाउने हो भने पूर्वाधारको विकास सँगसँगै कृषिमा आधारित रोजगारी बढाउने तर्फ स्थानीय तह लाग्नु पर्ने समाजशास्त्रका अर्का प्राध्यापक टोला भुर्तेलले बताए । “शिक्षामा आमूुल परिबर्तन र कृषिमा आधारित रोजगारीलाई प्राथमिकता दिन सकियो भने जनसंख्या गाउँमा पनि टिक्छ”, भुर्तेलको भनाई थियो ।

गाउँपालिकाले बसाइसराई रोक्न नीति तथा कार्यक्रममा नै उल्लेख गरेर शिक्षामा रुपान्तरण र कृषिमा आधारित निर्यातमुखी अर्थतन्त्रलाई जोड दिइए पनि सार्थकता पाउन नसकेको बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारीको भनाई छ ।

‘गुणस्तरीय शिक्षा र रोजगारीका लागि पहाडबाट गाउँ नै रित्तिने गरी बसाइसराइ बढिरहेको छ यसलाई रोक्न हामीले नीति तथा कार्यक्रममा नै उल्लेख गरेर शिक्षामा रुपान्तरण र कृषिमा आधारित रोजगारलाई जोड दिएर कार्यक्रम ल्याएका छौ’, अध्यक्ष प्रकाश ओझाले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?