ट्रेंडिंग:

>> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य

विद्युतीय फोहरको बढ्दो जोखिम

१० मंसिर २०८०, आईतवार
१० मंसिर २०८०, आईतवार

वर्तमान समयलाई इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिको युग भनिन्छ । विद्युतीय र सूचना प्रविधिका सामाग्रीहरूको उपलब्धता विनाको जीवन कल्पना गर्न समेत नसकिने भैसकेको छ । घरायसी प्रयोजनका बल्ब, हिटर, फ्रिज, एसी, पंखा, मोटर देखि टिभी, कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन, टेलिफोन, मोबाइल, ट्याब्लेट जस्ता सामाग्रीहरू अहिले मानव जीवनका आवश्यकताहरू बनेर प्रत्येक परिवार र व्यवसायिक प्रतिष्ठानमा प्रवेश गरिरहेका छन् । एकातर्फ यस्ता विद्युुतीय सामाग्रीहरूले मानव जीवनलाई सहज बनाइरहेका छन भने अर्कोतर्फ यस्ता सामाग्रीहरूले वातावरणमा विस्तारै समस्याहरू बढाउँदै छन् ।

अहिले विश्वमा मानव चाहना र विज्ञान र प्रविधिमा तिव्र परिवर्तन भैरहेको छ । यो परिवर्तनसंगै मानिसका आवश्यकता र चाहना पूरा गर्नका लागि हरेक दिन विश्वमा नयाँ नयाँ सामाग्रीहरू विकास र बजारीकरण भैरहेका छन । एकथरी विद्युतीय सामाग्रीहरू उपभोक्ताको हातमा नपुग्दै अर्कोथरी नयाँ सामाग्रीहरू उत्पादन भैरहेका छन । हरेक प्रविधिलाई नयाँ प्रविधिले छिटोछिटो विस्थापित गरिरहेका छन जसको कारणले उपभोक्ताहरूले खरिद गर्ने, उपभोग गर्ने र फ्याँक्ने काम छिटोछिटो गरिरहेका छन । उपभोक्ताले फ्याँकेका पुराना र काम नलाग्ने विद्युतीय सामाग्रीहरू नै अहिले विद्युतीय फोहरको रूपमा थुप्रिन थालेका छन । उपयोगमा आउन छोडेका र काम नलाग्ने भएर फ्याँकिएका विद्युतीय सामाग्री र तिनीहरूका पाटपुर्जाहरूलाई विद्युतीय फोहर भनिन्छ । विद्युतीय उपकरणमा प्रयोग हुने धातुहरू, प्लास्टिक, रबर, रासायनिक पदार्थ र विकिरणजन्य पदार्थहरूले विद्युतीय फोहरलाई जटिल र घातक बनाएका हुन्छन । खासगरी विद्युतीय सर्किट बोर्ड, टिभी र कम्युटरको स्क्रिन, पेन्ट्स, रिचार्जेवल ब्याट्री, इन्फ्रारेड डिटेक्टरमा लिड (सिसा) र क्याडमियम जस्ता हानिकारक तत्वको प्रयोग भएको हुन्छ । त्यसैगरी थर्मोमिटर, सिएफएल बल्ब, सेन्सर र स्वीचहरूमा पारोको प्रयोग भएको हुन्छ । कम्प्युटर मनिटर, स्मार्ट फोन र अन्य विद्युतीय सर्किटहरूमा क्रोमियम, बेरियम, बेरेलियम र प्लाटिनम जस्ता हानिकारक तत्वहरूको प्रयोग गरिएको हुन्छ । विद्युतीय फोहरहरू जथाभावी फ्याँक्दा, जलाउँदा वा पुनः प्रशोधन गर्दा यस्ता पदार्थहरू वातावरणमा फैलिन्छन्, जसबाट मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल असर पुग्दछ ।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको प्रतिवेदन अनुसार अहिले विश्वमा २ करोड देखि ५ करोड मेट्रीक टन विद्युतीय फोहर उत्सर्जन हुने गरेको छ र हरेक वर्र्ष यो मात्रामा ५ प्रतिशतका दरले वृ्द्धि भैरहेको छ । विद्युतीय सामाग्रीहरूको उपयोग विकसित देशहरूमा अत्यधिक मात्रामा हुने गरेको छ तर विद्युतीय फोहरको समस्या गरिव र विकासोन्मुख राष्ट्रहरूमा बढी देखिएको छ । धनी देशका मानिसहरूले उपयोग गरेका विद्युतीय सामाग्रीहरू थोत्रा भएपछि सहयोग र उपहारको नाममा गरिव देशमा पठाउने गरेका छन । कतिपय धनी देशहरूले गरिव देशहरूको कानुनी कमजोरीको फाइदा उठाई पुनः प्रशोधनको नाममा समेत यस्तो फोहर गरिव देशमा पठाउने गरेका छन । नेपालमा रोजगारीका लागि विदेश गएका मानिसहरूले आफ्नो घर फर्कदा रोजगारदाता मुलुकमा सस्तोमा पाइने कम्प्युटर, ल्यापटप, क्यामेरा, टिभीसेट र मोबाइल जस्ता विद्युतीय सामाग्रीहरू ल्याउने गरेको देखिन्छ । यस्ता सामाग्रीहरूको आयु नेपालमा आउँदासम्म लगभग सकिएको हुन्छ । जसले गर्दा केही समयपछि नै त्यस्ता सामाग्रीहरू विद्युतीय फोहरको रूपमा फ्याँकिन्छन । राष्ट्रिय जनगणना २०७८ लाई आधार मान्दा नेपालका ३४.२३ प्रतिशत परिवारमा कम्तिमा एउटा रेडियो छ भने ४९.४१ प्रतिशत परिवारसंग टेलिभिजन सेट, ७४ प्रतिशत परिवारमा कम्तिमा एउटा मोबाईल सेट छ । त्यसैगरी १५ प्रतिशत परिवारमा कम्प्युटर, ४.२ प्रतिशत परिवारमा वासिंग मेसिन र २३ प्रतिशत परिवारमा फ्रिज छ । वि.सं. २०५८ सालमा नेपालमा बत्ती बाल्नको लागि विद्युत प्रयोग गर्ने परिवार संख्या ३९.८ प्रतिशत रहेकोमा २०७८ सालमा यस्तो परिवार संख्या ९२.२ प्रतिशत पुगेको छ । पछिल्लो समयमा नेपालमा विद्युतीय सवारी साधनहरूको संख्या पनि बढिरहेको छ । देशमा शहरीकरणको वृद्धिसंगै विलासिताका र अत्यावश्यक विद्युतीय सामाग्रीहरूको प्रयोग बढिरहेको छ । यसबाहेक औगिक र व्यापारिक क्षेत्रले ठुलो मात्रामा कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन, एसी जस्ता विद्युतीय सामाग्रीहरूको प्रयोग गरिरहेका छन । नेपालमा प्रायजसो सस्ता र कमसल विद्युतीय सामाग्रीहरूको प्रयोग बढी हुने गरेकोले यस्ता विद्युतीय साधन र तिनीहरूको पाटपुर्जाहरू छिटोछिटो विद्युतीय फोहरको रूपमा फ्याकिने गरिएका छन ।

नेपालमा वि.सं. २०६८ सालमा विदेशबाट थोत्रा विद्युतीय सामाग्रीहरू ल्याउन नपाइने सचिवस्तरीय निर्णय गरिएको भएपनि यो निर्णय कागजमै सिमित हुन पुगेको छ । त्यसैगरी डेढ दशक अघि नै विद्युतीय फोहरमा परिणत हुन सक्ने सामग्रीको पहिचान सम्बन्धि प्रतिवेदन तयार गरि विद्युतीय फोहर बढी हानिकारक हुने भएकोले अन्य फोहरमैलासंग नमिसाई छुट्टै व्यवस्थापन गर्नुपर्ने कुरा औल्याइएको भएपनि अहिलेसम्म त्यस्तो व्यवस्था हुन सकेको छैन । सरकारले अहिलेसम्म विद्युतीय फोहरको मापदण्ड र व्यवस्थापन विधि तय गर्न सकेको छैन जसले गर्दा नेपालमा पुराना र कमसल विद्युतीय सामाग्रीहरू निर्वाध भित्रिने र काम नलाग्ने भएपछि अन्य फोहरमैला सरह फ्याँक्ने क्रममा कुनै रोकावट आएको देखिदैन् ।

विद्युतीय फोहरमैला वातावरण र जनस्वास्थ्यको लागि धेरै हानिकारक हुने भएकोले यसको सुरक्षित संकलन र व्यवस्थापन तथा विसर्जन गर्नुपर्ने भएपनि यसतर्फ उपभोक्ता र फोहरमैला व्यवस्थापन गर्ने निकायको ध्यान पुग्न सकेको छैन । केहि विद्युतीय फोहरलाई कवाडी संकलकले संकलन गरि भारत र नेपालका प्रसोधन केन्द्रहरूमा लैजाने गरेको भएपनि अधिकांश सामाग्रीहरू सामान्य फोहरमैला सरह फ्याँक्ने र जलाउने गरिएको छ । फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा २ ले तत्काल प्रयोग हुन नसक्ने अवस्थामा रहेका वा फ्याँकिएका वा वातावरणमा ह्रास आउने गरि निष्कासन गरिएका विद्युतीय तथा सूचना प्रविधिका वस्तुहरूलाई हानिकारक फोहरमैला भने परिभाषित गरेको छ । त्यसैगरी सोही ऐनको दफा ३८ मा यस्ता फोहरमैलालाई जथाभावी फालेमा दण्ड सजाय हुने कुरा उल्लेख गरिएको छ । वातावरण संरक्षण ऐन २०७६ मा विद्युतीय फोहरको बारेमा कुनै उल्लेख गरिएको छैन । यो ऐनको आधारमा सरकारले विद्युतीय फोहर सम्बन्धि मापदण्ड बनाउन सक्ने भएपनि अझैसम्म त्यसतर्फ ध्यान पुग्न सकेको छैन ।

नेपालमा वर्सेनी विद्युतीय सामाग्रीको प्रयोग बढिरहेको छ र यस्ता सामाग्री र यिनीहरूको पाटपुर्जाहरू फोहरको रूपमा फ्याक्ने क्रम पनि बढिरहेको छ । वस्तीहरूमा फैलिएका ईन्टरनेट तार र अप्टिकल फाईबरको जालो पनि केही समयमा नै फोहरको रूपमा फ्याक्ने क्रम बढ्दो छ । विद्युतीय फोहरमा भएका धातु र केही प्लाष्टिक कवाडी संकलकले लैजाने गरेको भएपनि धेरैजसो यस्तो फोहर अन्य फोहर सरह यत्रतत्र फ्याँक्ने गरिएको छ । विद्युतीय सामाग्रीको प्रयोगमा तीव्रता आएको करिव दुई दशकमात्र भएकोले अहिले विद्युतीय फोहरले खासै समस्या परेको देखिएको छैन । अबका वर्षहरूमा नयाँ प्रविधिको आगमन र पुराना सामानहरूको आयु सकिने क्रम बढने भएकोले विद्युतीय फोहरमैला बढ्ने र यसले वातावरणीय स्वच्छता र जनस्वास्थ्यमा गम्भीर समस्या थप्ने निश्चित छ । आउदो पुस्तालाई विद्युतीय फोहरको जोखिमबाट सुरक्षित राख्नको लागि सरकारले उचित नीति बनाएर कमसल खालका विद्युतीय सामाग्रीहरू नेपाल भित्रिन दिनबाट रोक्नुपर्दछ । त्यसैगरी विद्युतीय फोहर सम्बन्धि मापदण्ड बनाएर यस्ता फोहरमैलाको संकलन, विसर्जन र प्रसोधनकार्यलाई व्यवस्थित बनाउनुपर्दछ । प्रविधिको प्रयोगले वातावरण र जनस्वास्थ्य संकटमा पर्नु हुदैन । यसतर्फ सबैले बेलैमा ध्यान दिनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?