ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

मर्चवारमा गहुँको बीउ प्रशोधन तथा भण्डारण केन्द्र

९ मंसिर २०८०, शनिबार
९ मंसिर २०८०, शनिबार

भैरहवा, ९ मंसिर ।

रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा गहुँको बीउ प्रशोधन तथा भण्डारण केन्द्र निर्माण गरी संचालनमा ल्याइएको छ । मर्चवारको २० प्रतिशत क्षेत्र समेट्ने गरी कोटहीमाई गाउँपालिका–४, तुनिहवामा प्राथमिक प्रशोधन एवम् भण्डारण केन्द्र बनाइएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाइ कार्यालय, भैरहवा, कोटहीमाई गाउँपालिका र श्री नवदुर्गा स्वालम्बन बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त ९२ लाख ९१५ रुपैयाँ लागतमा बीउ प्रशोधन केन्द्र निर्माण गरी संचालनमा ल्याइएको हो ।

प्रशोधन केन्द्रको शनिबार कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले उद्घाटन गरे । केन्द्रको उद्घाटन गर्दै मन्त्री भुसालले कृषि नेपालीहरुको जीवन भएको जनाए । ‘नलगाएर र नखाएर बाँच्न सकिँदैन, त्यसैले कृषि हाम्रो जीवनचक्र र जीवन हो’, उनले भने, ‘यसैले सरकारले कृषि क्षेत्रबाट उत्पादन बृद्धि, निर्यात प्रबद्र्धन र आयात प्रतिस्थापन गर्नुपर्छ भनेर लागेको छ ।’ उनले सरकारले कृषि क्षेत्रमा उत्पादन बृद्धि गरी गरिबी हटाउने गरी यान्त्रिकरण र बजारीकरण गरिरहेको जनाए ।

उनले कृषि क्षेत्रबाट उन्नती गर्न ७ काम महत्वपूर्ण रहेको बताए । ‘त्यस मध्ये सिंचाई सबै भन्दा महत्वपूर्ण हो । उन्नत बीउ एवम् मलको ब्यवस्था पनि उस्तै महत्वपूर्ण मानिन्छ’, उनले भने, ‘उत्पादन र उत्पादकत्व बृद्धि, यान्त्रिकरण र बजारीकरण प्रभावकारी रुपमा हुनुपर्छ, यसमा सरकार लागिपरेको छ ।’ उनले बजारीकरणलाई सहज होस् भनेर रुपन्देहीको सेमलारमा मुलुककै ठूलो कृषि संकलन केन्द्र बनाउन लागिएको जानकारी दिए ।

संघीय सरकारले मलको आयात गर्ने बताउँदै उनले यसको बितरण र ब्यवस्थापन प्रदेश र स्थानीय तहको रहेको भए पनि व्यवस्थित हुन नसकेको जनाए । गत आवमा ४ लाख ७८ हजार मेट्रिक टन मल संघीय सरकारले आयात गरेको र यो मल पर्याप्त रहेको उनले दावी गरे । ‘कति मल चाहिन्छ भनेर सबै प्रदेशले माग गर्छन्, त्यहीअनुसार हामीले आयात गर्छौं, तर सही विवरण नपठाए मल अभाव हुन्छ’, उनले भने, ‘बितरणमा गडबडी पनि भएको छ, मलाइ थाहा छ । त्यस्तालाई कारबाही भएको छ र हुन्छ पनि ।’ उनले सहकारीहरुले कालोबजारी गर्न थालेको खबर आएको जनाउँदै जनप्रतिनिधि लगायत किसानहरु सतर्क हुनुपर्नेमा जोड दिए ।

उनले कोरिया र चीनसँग कृषि क्षेत्रको उन्नती गर्ने उद्देश्यसहित बिभिन्न सम्झौताहरु गरिएको जनाए । सरकार सधै किसानलाई प्रोत्साहन गर्न लागेको बताउँदै कृषि उत्पादन खपत र संकलनका लागि उद्योगहरुको स्थापनालाई समेत जोड दिइएको जनाए ।

मर्चवारको २० प्रतिशत क्षेत्र ओगट्ने गरि प्राथमिक प्रशोधन एवम् भण्डारण केन्द्रको स्थापन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाइ कार्यालय भैरहवाका प्रमुख नारायण काफ्लेले जानकारी दिए । यो प्रशोधन केन्द्र संचालनमा आएपछि भारतीय कमसल बीउको प्रयोग रोकिने र उत्पादन र उत्पादकत्व बृद्धि हुने उनको भनाई छ । सहकारीका अध्यक्ष दुर्गाप्रसाद कुर्मीले यस्तै प्रशोधन केन्द्र अझै १–२ वटा थपेमा जिल्ला नै भारतीय बीउबाट मुक्त हुने बताए ।

उनले सबैको साथ र सरकारको सहयोगले आज अन्न भण्डार मर्चवारमा बीउ प्रशोधन केन्द्र स्थापना भएको जनाउँदै नेपाल–भारतका सुरक्षाकर्मीको डण्डा खाएर भारतबाट कमसल बीउ खरिद गर्ने दिनको अन्त्य हुँदै गएको बताए । रुपन्देहीको कोटहीमाई, मर्चवारी, सम्मरीमाई तथा मायादेवी गाउँपालिका एवम् लुम्बिनी सांस्कृतिक नागरपालिकाका केही वडाहरु मिलाएर मर्चवार क्षेत्र बनेको छ । यहाँ करिब ६ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती हुने गरेको छ । प्रतिहेक्टर करिब साढे तीन मेट्रिक टन गहुँ उत्पादन हुँदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?