ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति

आफैलाई बिर्सेपछि

९ मंसिर २०८०, शनिबार
९ मंसिर २०८०, शनिबार

केही दिनदेखि चिसो स्वाँट्टै बढेको थियो । घाम अस्ताएदेखि नै शीत खस्न शुरु गरिसकेको थियो । आँगनको बीचमा ठूल्ठूला मूढा जोरेर आगो बालिएको थियो । एउटा वृत्त बनाएर टोलभरिका केटाकेटीहरू त्यही आगो ताप्दै बसिरहेका थिए । केटाकेटीहरू सप्पै मेरा साना साथीहरू थिए ।
म गाउँ आएको थाहा पाउना साथ टोलभरिका मेरा सानासाना साथीहरू यसै गरी झुम्मिहाल्छन् । मैले तिनलाई आफूले ल्याइदिएको मिठाइको कोसेली दिएर मात्रै पुग्दैन । तिनलाई मैले कथा पनि सुनाउनु पर्दछ । आज पनि म तिनलाई कथा सुनाइरहेको थिएँ ।
एउटा जङ्गल थियो । जङ्गलमा अनेक प्राणीहरू थिए । अनेक प्राणीमा एक झुण्ड चीलहरू पनि थिए ।

चीलहरू मिहिनेती थिए । ती एक्ला एक्लै वा समूहमा मिलेर शिकार गर्दथे । तत्परताका साथ माथि माथि आकाशमा कावा खाँदै आफ्ना तीक्ष्ण नजर धर्तीमा गाडिरहन्थे । टाढा टाढा उडान भरेर शिकारको खोज गर्दथे । शिकार भेटिएमा सबै मिलेर भोज गर्दथे ।
मिहिनेत गर्नुपर्दथ्यो । शिकार गर्ने सीप र क्षमतालाई झन्झन् खार्दै लैजानुपर्दथ्यो । नयाँ बचेराहरूलाई पनि उसरी नै तालिम दिंदै माथि माथि आकाशमा वेग मार्न सिकाउनु पर्दथ्यो । बचेराहरूले निरन्तर शिकारको अभ्यास गर्नु पर्दथ्यो । अल्छी गर्न पाइदैनथ्यो । बस् तिनको जीवन मजाले चलेको थियो ।

समय प्रवाहको क्रममा भूगोलमा अनेकन ‘इभोलुशन’हरू भए । कतै वन जङ्गल पातलियो भने कतै हवात्तै बढ्यो । कहिले शिकार सजिलै उपलब्ध भयो भने कहिले शिकार पाउन नै धौ भयो । शिकार पाउन धौ धौ भएको बेला चीलको झुण्ड वर्षौदेखि आश्रय लिइरहेको जङ्गल छोडेर नयाँ ठाउँतिर लाग्यो ।
धेरै मिहिनेत गरेर ती नयाँ ठाउँमा पुगे । तिनले आफ्नो गन्तव्य भेट्टाए । ती एउटा औधी राम्रो टापुमा पुगे । त्यो एक गजबको सिमसार थियो । माछाका अनेक प्रजाति त्यहाँ उपलब्ध थिए । अनेक प्रजातिका चराच्रुङ्गीहरू त्यहाँ बस्दथे । शिकारको कुनै कमी थिएन । यत्र तत्र सर्वत्र रोजेको शिकार उपलब्ध थियो ।

चीलको झुण्ड असाध्यै खुसी भयो । बसी बसी शिकार पाइन्थ्यो । न टाढा टाढा शिकारको खोजीमा उड्नु पर्ने, न त माथि माथि आकाशमा कावा खाँदै शिकारमा आँखा गाड्नु पर्ने ! कुनै मिहिनेत बिना नै टापुमा सँधै चीलहरूको भोज चलिरह्यो । मोज चलिरह्यो ।
मिहिनेत बिनाको त्यो परमानन्दमा बूढा चीलहरू खुसी थिए । तन्नेरी चीलहरू खुसी थिए । बचेराहरू पनि खुसी थिए । तर अनुभवले खारिएका केही चीलहरू भने खुसी थिएनन् ।

ती आफ्नोपनमाथि घोत्लिए । तिनले आफ्नोपन खोजे । तिनलाई के लाग्थ्यो भने चीलको जात त आकाशमा वेग हान्ने जात हो । सप्पै चराहरूभन्दा माथि माथि कावा खाने जात हो । तीक्ष्ण र चनाखो नजरले शिकार र दुश्मनलाई पहिल्याउने जात हो । कहिल्यै नथाक्ने र अनवरत उडान भरिरहने जात हो । तिनले आफू को हुँ भन्ने कुरा पटक्कै बिर्सिनु हुँदैन ।
तर त्यहाँ के भएको थियो ? साराका सारा झुण्ड अल्छी भएको थियो । तिनले वेग हान्न छोडिसकेका थिए । आकाशमा माथि माथि कावा खान बिर्सिसकेका थिए । तिनको नजरको तीक्ष्णता घटिसकेको थियो । घण्टौं उडान भरेर शिकारको खोजी गर्ने साहस र धैर्य तिनमा थिएन । पुर्खाबाट विरासतमा प्राप्त उडानको गति र वेग, मिहिनेत र धैर्य तिनले नयाँ पुस्तालाई हस्तान्तरण गर्न सकेका थिएनन् ।
खासमा त्यो झुण्ड बसी बसी खाने अल्छीहरूको झुण्ड भएको थियो । अकर्मण्य झुण्ड भएको थियो । खासमा त्यो चील जातिको पतन थियो । बानीबेहोराले ती चीलजस्ता थिएनन्, बरु भ्याकुरो जस्ता भएका थिए ।
एकदिन अनुभवले खारिएका चीलहरू झुण्डको नेता कहाँ पुगे ।

तिनले नेतालाई आग्रह गरे–“हेर्नोस् नेताज्यू ! उपलब्ध छ भन्दैमा मिहिनेत नै नगरी खानु राम्रो भएन । यो बानीले हामीलाई अल्छी र पानी मरुवा बनाइरहेको छ । हाम्रा तन्नेरीहरू भोज र मोजमा मस्त छन् । वेग हान्दै आकाशमा कावा खाने क्षमता तिनमा छैन । नयाँ बचेराहरूमा पनि फूर्ति छैन । ती मोटाएर चिल्लिएका छन् । तिनका पखेटा र नङ्ग्रामा हुनु पर्ने ताकत छैन । बसी बसी खाने बानीले हाम्रो सिङ्गो जाति नै संकटमा पर्न सक्छ ।”
नेताले तिनलाई ठुंगिहाल्ला कि जस्ता आँखा पारेर हेयो । घाटी तन्काएर पखेटा भ्याट भ्याट गर्दै भन्यो–“यी चल्छ त पखेटा !”
बिन्ति गर्न गएका चीलहरू अक्कबक्क भए ।
अनि नेताले नङ्ग्रा उज्याउँदै बोल्यो–“लु को आउने अगाडि ? मेरा यी नङ्ग्राहरूले काम गर्छन् कि नाइँ चेकजाँच गर्नु प¥यो ।”
नेता उडण्द थियो । बिन्ति गर्न गएका चीलहरू बोलेनन् ।
नेताले तिनलाई उपहास गर्दै भन्यो–“यति मजाको टापुमा आइएको छ । चाहेको जस्तो शिकार पाइएकै छ । सात जनमलाई पुग्ने आहारा यहाँ छ । फेरि के को टाउको दुखाई हो तिमीहरूको ? भाग । यहाँबाट तुरुन्त भागि हाल ।”
नेतालाई बिन्ति गर्न गएका चीलहरू फर्किए । अस्तित्व रक्षाको चिन्ताले रनाहा परेका ती चीलहरूले आपसमा सल्लाह गरेर त्यो टापु छोडिदिए र नयाँ गन्तव्यको खोजीमा वेग हाने ।

नयाँ गन्तव्य खोज्दै उडेका चीलहरू अनेक देश देशावर पुगे । तिनले मौलिक वेग र उडान भर्दै जीवन बिताउन थाले । नयाँ बचेराहरूमा पनि शिकारको क्षमता बढाउँदै लगे । ती पक्का चील भएर बाँचे ।
यता टापुमा आश्रित चीलहरूको जीवन त्यसरी नै बिना मिहिनेतको मोज र भोजमा बित्दै गयो । बसी बसी खाने र सुत्ने गर्दा गर्दै ती अनावश्यक रूपमा मोटा भए । चीलबाट ती मानौं भ्याकुरोमा परिणत भैगए ।
एकदिन त्यो सीमसारमा सात समुद्र पारिबाट गोरा प्रजातिका चीलहरू आए । ती असाध्यै आक्रामक र क्रूर थिए । तिनले भेटेजत्ति चराचुरुङ्गीलाई आक्रमण गरे । मारे । धपाए । रैथाने चीलको झुण्ड त भ्याकुरो चरोजस्ता भैसकेका थिए । उडान भर्न, कावा खाएर बतासिन वा चुच्चो र नङ्ग्राले आक्रमण वा प्रत्याक्रमण गर्न तिनले भुलिसकेका थिए । सात समुद्रबाट उडान भरेर आएका शिकारी चीलहरूले रैथाने चीलहरूलाई गनी गनी आक्रमण गरे । शिकारी चीलहरूको वेग, उडान, खतरनाक चुच्चो र शक्तिशाली नङ्ग्राको आक्रमणका अघि रैथाने चीलहरूको केही जोर चलेन । सारा रैथाने चीलहरू मारिए । आफ्नो अकर्मण्यता र अल्छीपनका कारण स्वत्व गुमाएका रैथाने चीलहरूको पूरै झुण्डको अस्तित्व मासियो ।

त्यो टापु र सिमसारमा अनि सात समुद्र पारीबाट आएका शिकारी चीलहरूको रजगज चल्न थाल्यो ।
कथा सकियो ।
“यसले तपाईंहरूलाई के शिक्षा दियो ? मनमनै गुन्नु है ।”
यति भनेर म मेरा साना साथीहरूसँग छुट्टिएको थिएँ ।
त्यसपछि मैले आफूलाई एउटा सिमसार क्षेत्रमा भौतारिइरहेको पाएको थिएँ । त्यो सिमसार मेरै पुर्खाहरूको मिहिनेतले बनेको थियो । मेरा असंख्य शहीदहरूको बलिदानले त्यो सिमसार हराभरा भएको थियो । त्यो टापु मेरै अग्रजहरूको अस्थि हाडले बनेको थियो ।
भन्नेहरूले त्यसलाई गणतन्त्रको सिमसार भनिरहेका थिए । सिमसारको अग्लो ढिस्कोमा एउटा मोटोघाटो चील अल्छी मानेर उँघ्दै बसिरहेको थियो । त्यो चील खासमा चीलजस्तो पनि देखिदैनथ्यो । त्यो त कसो कसो गिद्धजस्तो पो देखिन्थ्यो । त्यो गिद्धजस्तो चील अघाएर ढाडिएको थियो । तर पनि उसको अनुहारमा कुनै कान्ति थिएन । कुनै सन्तुष्टि थिएन । उसका वरिपरि ऊ जस्तै थुप्रै चीलहरू झुम्मिएका थिए ।
ती सबै खान र मात्रै खानमा नै व्यस्त थिए ।
अचानक एउटा भुमरी जस्तो उठ्यो । हावा बिस्तारै हुण्डरीजस्तो भयो । आकाशमा धुलो र धुवाँको मुश्लो उठ्यो । चराहरू वेगले उडेजस्तो सुनियो । एउटा कोलाहल सुनियो ।
क्रिऽऽऽ क्रिऽऽऽ क्रिऽऽऽ क्वाँक्वाँऽऽऽ क्वाँक्वाँऽऽऽ क्रियाँऽऽऽ क्रियाँऽऽऽ क्रियाँऽऽऽ क्रियाँऽऽऽ
त्यो भयानक आवाजको कोलाहल चीलहरूको थियो । हेर्दा हेर्दै गणतान्त्रिक सिमसारको आकाशमा वेगवान र आक्रामक चीलहरूको ठूलो बथान देखियो ।

ती चीलहरू कथामा जस्तै सात समुद्र पारबाट आएका थिए ।
आकाश नै ढाक्ने गरी हावाहुण्डरी जस्तो गरी आएका ती चीलहरूले मानौं आक्रमणको शंखनाद गरे । तिनको शंखनाद सुनेर सिमसारको अग्लो ढिस्कोमा अल्छी मानेर उँघ्दै बसिरहेको चीलको सातोपुत्लो गयो । वेगवान उडान भरेर भागिजाउँ भने उसका पखेटाहरू कुँजिसकेका थिए । उसका नङ्ग्राहरू भुत्ते भइसकेका थिए । उसलाई घेरिबसेका उसका आसेपासे चीलहरूसँग समुद्र पारबाट आएका चीलहरूसँग मुकाबिला गर्ने साहस थिएन । न उडान भर्न सक्ने पखेटा थियो, न थियो आक्रमणकारी पञ्जाको नङ्ग्रा । थियो त पेटमा भरमार भोजन र थुलथुले बोसो मात्रै थियो ।

सिमसारका मोटे चीलहरूले सात समुद्रबाट आएका चीलहरूका अगाडि ‘त्वं शरणम्’ गरे । गणतान्त्रिक सिमसारमा सात समुद्र पारबाट आएका चीलहरूको रजगज चल्न थाल्यो ।
सात समुद्र पारबाट आएका चीलहरूले मलाई ठुंग्न थाले । तिनको एकोहारो ठुँगाइले म झसङ्ग भई ब्युझिएँ । जुरुक्क उठेँ र आफूले देखेको सपनाको बारेमा बिस्तरामै बसी बसी गम खान थालेँ ।
झ्यालबाट बाहिर हेरेँ । टाढा टाढासम्म आकाश छयाङ्ग खुलेको थियो । पूर्वबाट घामका कलिला किरणहरू फैलिदै थिए ।
मेरो अगाडि कुनै सिमसार थिएन ।
घाम उदाइरहेको देश थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?