ट्रेंडिंग:

>> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य

व्यवस्थाको विकल्प खोज्नेतिर लागेमा अर्को जुनी खेर जान्छ : गगन थापा

८ मंसिर २०८०, शुक्रबार
८ मंसिर २०८०, शुक्रबार

सन्धिखर्क, ८ मंसिर ।

कांग्रेस महामन्त्री गगन थापाले वर्तमान व्यवस्थाको विकल्प खोज्नेतिर लागेमा फेरि अर्को जुनी खेर जाने बताएका छन् ।

कांग्रेस अर्घाखाँचीको प्रथम अधिवेशनलाई शुक्रबार सन्धिखर्कमा सम्बोधन गर्दै उनले जनतालाई दास बनाएर शासन गर्ने राजा अहिलेको आवश्यकता नभएको बताए ।

राजाले दिएको यातना, उनले गरेको कुशासन, उनका गतिविधिबाट जनता आजित बनेर सडकमा ओर्लिएको स्मरण गर्दै थापाले राजा आउने र ल्याउने बाटो अहिलेको आवश्यकता नभएको बताए । राजाको पालामा भन्दा प्रजातन्त्र आए पश्चात देशमा धेरै विकास भएको भन्दै उनले अहिले कतिपय तत्वले उल्टो पाठ पढाई रहेको बताएका छन् । ‘राजा ल्याउने बेमौसमी ढोल पिट्न खोजिएको छ,‘थापाले भने, ‘राजा फालिएको, राजाकै व्यवहारका कारण हो । पछाडी फर्कनु मुर्खता हुन्छ ।’

हुकुमी शैली अबको युगमा सम्भव नभएको भन्दै उनले सिंहदरबारमा बसेर जनतालाई यातना दिएजस्तोे सजिलो उनीहरुका आवश्यकता पूरा गर्न नभएको बताए । नेपालमा एउटै व्यक्ति चार÷पाँच पटक प्रधानमन्त्री हुनुले जनतामा राम्रो परिणाम दिन नसकेको थापाको भनाई छ । वर्तमान र भूतपूर्व प्रधानमन्त्रीहरुले अब हामी प्रधानमन्त्री हुँदैनौं भनेर निर्णय गरेमा सबै समस्या समाधान हुने थापाको तर्क छ । पछिल्लो समय नागरिकमा आक्रोश, भ्रम र निराशा भएकाले त्यसलाई सरकारले सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो ।

सहकारीबाट ठगिएका व्यक्ति, व्यवसाय, कृषक, वैदेशिक रोजगारी सबैमा पछिल्लो समय निराशामात्रै देखिएका नागरिकलाई सरकार भएको महसुस गराउन उनले सरकारलाई अनुरोध गरे । भष्टचारका काण्डैकाण्डले निराशा छाएकाले भ्रष्ट्राचार गर्ने, भुटानी शरणार्थी काण्डलगायत बाहिर आएका सबै काण्डमा जोसुकै, जुन पार्टीको नेता भए पनि समातेर कारबाही हुनुपर्ने बताए ।

यस्तै कांग्रेस नेता चन्द्र भण्डारीले भ्रष्टाचार गर्ने नेताको तीन पुस्तालाई छोड्न नहुने बताए । जनताको करमा रजार्इं गर्नेलाई माफ गर्न नसकिने भन्दै भण्डारीले तीन पुस्ता पिर्नेगरी कारवाही गर्नुपर्ने बताए । भ्रष्टाचार गर्ने केही सीमित व्यक्तिहरुले गर्दा त्यसको भारी आफुहरुले समेत बोक्नु परेको भन्दै नेता भण्डारीले भ्रष्टाचार गर्नेलाई त्यसै छोड्न नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?