ट्रेंडिंग:

>> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य

भूकम्पपीडितको बिजोगः चिसोले त्रिपालभित्र जान्छ ज्यान

८ मंसिर २०८०, शुक्रबार
८ मंसिर २०८०, शुक्रबार

सुर्खेत, ८ मंसिर ।

चार दिनअघि निमोनियाका कारण त्रिपालमुनि बस्दै आएका जाजरकोटका एक महिने शिशुको ज्यान गयो । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरुताको चिसोले निधन हो ।

भेरी –२ का पूर्ववडाध्यक्ष कालीबहादुर वलीका अनुसार तीन दिनअघि बिरामी परेकी शिशुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । कडा निमोनियाले थला परेकी निरुताको उपचारका क्रममा मृत्यु भयो । जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीका अनुसार चिसोबाट जाजरकोटमा त्रिपालमुनि बस्दै आएका अधिकांश बालबालिका बिरामी परेका छन् ।

छेडागाड नगरपालिका वडा नम्बर १३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको पनि एक साता अघि मृत्यु भयो । उनलाई कात्तिक १९ गतेदेखि ज्वरो र टाउको दुख्न सुरू भएको थियो । कात्तिक २६ गते उनी सिकिस्त भइन् । उपचारका लागि सुर्खेत लैजाने तयारी गर्दागर्दै मनसरीको मृत्यु भएको उनका छोरा अमरबहादुर विकले जानकारी दिए । मनसरीलाई करिब ८ वर्षदेखि दम थियो । उनलाई कहिले गाउँमै, कहिले सुर्खेत, नेपालगञ्ज र चौरजहारीसम्म पु¥याएर परिवारले उपचार गराइराखेका थिए । ‘हामीसँग पाल थिएन, त्यसैले चर्किएकै अर्को घरमा बस्यौं’ उनले भने, ‘त्यो घर पनि एकदमै चिसो थियो, चिसो र रोगले गलाएर आमा बित्नु भयो ।’

जुनी चाँदे गाउँपालिका वडा नम्बर ४ लुहादहकी सुगिली नेपालीको पनि चिसोले गएको कात्तिक २९ गते मृत्यु भयो । केही महिनायता दमको औषधि सेवन गरिरहेकी सुगिलीलाई चिसोले झन् समस्या पारेको र मृत्यु भएको उनकी बुहारी सुर्मा नेपालीले बताइन् । पहिले पनि चिसोको कारण सासुआमा बिरामी हुँदै आएको उनले बताइन् ।

गएको कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर भुकम्प गएयता यहाँका नागरिकहरुको चिसोको कारण ज्यान गइरहेको छ । निमोनिया तथा दम तथा विभिन्न दीर्घ रोगीहरु त्रिपालभित्र ज्यान गुमाउन बाध्य छन् । हालसम्म ११ जना चिसोको कारण ज्यान गुमाइसकेका छन् ।

भूकम्पको केन्द्रबिन्दु बारेकोट गाउँपालिकामा मात्र चिसोका कारण ४ जनाको ज्यान गइसकेको छ । यहाँका भूकम्पपीडितलाई न्यानो गरी व्यवस्थापन गर्न समस्या भइरहेको गाउँपालिकाका अध्यक्ष विरबहादुर गिरी बताए । यस पालिकामा मात्र चार हजार चार सय ६७ घरधुरीका अधिकांश मानिस घरबाहिरै रहेका छन् ।

दीर्घरोगी, बालबालिका र चिसोले छिटो गाँज्ने अशक्त, सुत्केरीका लागि त्रिपालमुनिको बसाई यातना नै भएको गिरीले बताए । रातभरि शित चुहिने र त्यसभित्र एउटा कम्बलका भरमा परिवारै बस्नुपर्ने अवस्थाले समस्या भएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?