ट्रेंडिंग:

>> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी

पौरखनी गाउँमा ‘तरकारी तरक्की’

विगतका बर्षहरूमा सिजनलमात्रै तरकारी लगाउने यो गाउँका स्थानीयहरूले अहिले बेमौसमी तरकारी उत्पादन गर्दै गर्जो मात्रै टारेका छैनन, बिक्रीबाट करोड बढि कमाउन सफल भएका हुन ।
८ मंसिर २०८०, शुक्रबार
८ मंसिर २०८०, शुक्रबार

पाल्पा, ८ मंसिर ।  रिब्दीकोट गाँउपालिकाको पौरखनी गाउँका अगुवा कृषक कुजु रानाले यस वर्ष टमाटर खेतीबाट यतिका रूपैयाँ हात पर्ला भनेर कहिल्यै कल्पना समेत गरेका थिएनन् । गाउँमा सिंचाईको भरपर्दो माध्यम नहँुदा घर परिवारमा दैनिक आवश्यक पर्ने तरकारीमा समेत पर निर्भरता गाउँमा राना जस्ता धेरै कृषकले व्यवसायी तरकारी खेति बाट मनग्ये आम्दानी गर्न लागेपछि सबै दंग परेका छन् ।

एकातर्फ बारीमा भरपर्दो सिचाईको माध्यम नहुनु, अर्को तर्फ बन्य जन्तु तर्फवाट बारीमा वाली जोगाउनै कठिन भएका बखतमा गाँउमा कृषकहरूको जिवनस्तर माथि उकास्न खालि जमिनमा खेतिबाट हराभरा बनाउन प्रदेश सरकारको स्मार्ट कृषि कार्यक्रम कृषि ज्ञान केन्द्रले कार्यन्वय गरेपछि कृषिका कारण सिंगोगाउ हराभरा मात्र भएको छैन । व्यवसायी तरकारी खेतीले कृषकको जिवन स्तर नै परिवर्तन गरि दिएको छ ।

स्मार्ट कृषि कार्यक्रम गाउमा प्रवेश गर्न साथ सिचाईको दिर्घकालिन व्यवस्थाका लागि पोखरी निर्माण गरी थोपा सिंचाईको माध्यमबाट सिचाई सुविधा पुगेपछि कृषकहरूले मौसमी तथा बेमौसमी तरकारी खेतिबाट राम्रो आम्दानी गर्न सफल भएका छन । यस वर्ष टमाटर खेतिबाट गाउँमा ५० लाख रूपैयाँ भित्रियो । प्राविधिकको सुचना अनुसार टनेल निर्माण गरी टमाटर खेति गरेको र टमाटर खेतिबाटै आफूले १५ लाख रूपैयाँ हात पार्न सफल भएका छन ।

स्थानीय सरकारको समन्वय र सहकार्यमा लागु भएको कार्यक्रम बाट कृषकलाई अपेक्षा गरे भन्दा बढि नै फाइदा भयो । कृषकहरूले अकवरे खुर्सानी, टमाटर सिमी, मुला,बन्दा काउलीको व्यवसायी रूपमा खेति गरेका छन । विगतमा गाउमा सडक संजाललाई जोडेको थिएन । डोको मै भारी निर्भर हुनु पर्दथियो । सिचाईको मात्र होइन । खानेपानीको समेत प्रर्याप्त सुविधा थिएन । त्यसैले तरकारीमा पर निर्भरता थियो । ०७७÷०७८ बाट स्मार्ट कृषि कार्यक्रम लागु भए पछि तिन सय रोपनी भन्दा बढि क्षेत्रफलमा बाह्रै महिना तरकारी खेती हुने गरेको स्थानीय कृषक इन्द्रजंग रायमाझी बताउँछन ।

बारीमा परम्परागत वाली लगाउदा वन्यले विनास गरिदिने छ । खाद्यान्न वालीमा भन्दा तरकारीमा कम नोक्सान हुने भएकाले यहा व्यवसायी तरकारीको खेति नै मुख्य आधार भयो । कुनै कुनै परिवारमा लाखौं रूपैयाँ खर्चिएर वैदेशिक रोजगारका लागि विदेश पुगेका श्रीमानको तुलनामा कम लगानीमा गरिएको तरकारी खेतीबाट बढि आम्दानी महिला पनि छन् । यस वर्ष तरकारी, टमाटर खुर्सानीका लागि अनुकुलको वातावरण नै बन्यो । यस वर्ष २ वटा टनेलको तरकारीबाट २ लाख रूपैया दिए एक लाख भन्दा बढिको बाकी नै छ । त्यसै गरी तीन रोपनी क्षेत्रफलमा लगाएको सिमी बाट २ लाख रूपैयाँ दिएको स्थानिय कमला राना बताउँछिन ।

व्यवसायी तरकारी खेतिले महिलाका लागि आत्मनिर्भर मात्र बनाएको छैन । आम्दानी गरेको रकम कसरी बचत गर्नु पर्दछ भन्ने कुरा समेत राम्रोसँग सिकायो । कुनै समय मेला पर्व आउँदा मिठो मसिनो खान र राम्रो लुगा लगाउनका लागि गाउँमा हुने खानेका जानु पर्दथ्यो । जब तरकारी खेतीलाई आफनो जीवनको मुख्य आधार नै ठानेर माटोमा पसिना बगाउन थालेपछि भने समय परिस्थिति र अवस्थामा समेत परिवर्तन भएछ । ५० हजार, १ लाख रूपैयाँ आवस्यक पर्दा हुने खानेको आँगन टेक्नु नै पर्दैन उनले भनिन । वन्य जन्तुका कारण थात थलो छोडेर शहर पसेकाहरूलाई भने पछिल्लो समयमा गाउँमा भएको बिकासले गर्दा पश्च्यातापको पिडाले गर्दा भत भती पोल्न लागेको छ । बाह्रै महिना तरकारी खेति हुने, उत्पादन तरकारीको ढुवानीका लागि टोल टोलमा सवारीका साधनहरू पुग्ने गर्दछन । उत्पादित कृषि उपज बजारमा बिक्री गरेर घर फर्किदा एक पटकमा कम्तीमा ३० हजार रूपैयाँ हात पर्दछ । यही नै कृषकको खुसीको कुरा हो ।

कृषकको जिवन स्तर माथि उठाउन, स्थानीय तह मै रोजगारीको वातावरण सृजना गरी वैदेशिक रोजगारीलाई न्यूनीकरण गर्ने उद्देश्यले प्रदेश सरकारसँग सहकार्यमा कार्यक्रम लागु गरिएको स्थानीय सरकारका उपाध्यक्ष कान्ता अधिकारी बताउँछिन ।सरकारले उद्देश्य अनुरूप लागु गरिएको कार्यक्रमबाट कृषकलाई सिचाई प्रविधी, सँगै पूर्वाधार निर्माण,मल, बिउ खरिदमा अनुदानको व्यवस्था भएपछि कृषकहरू उत्साहित भएका हुन । सुरु सुरुका वर्षमा यहाँका कृषकहरूलाई नै पत्यारै लागेको थिएन । उनलाई विश्वास दिलाउनका ठूलो मेहनत गर्नु प¥यो । पछिल्ला वर्षहरूमा कार्यक्रममा समावेश हुने कृषकको सख्या बढदै गयो । स्र्माट कृषि लागु भएका गाउँहरूका तुलनामा सबै भन्दा राम्रो यही नै भएको कृषि ज्ञान केन्द्रको प्रमुख कामना अधिकारी बताउछिन ।

हालसम्म स्मार्टकृषि कार्यक्रम लागु भएको तिनाउ गाँउपालिकाको दोभान गाँउको, झङ्गला, रम्भा गाउपालिकाको गेझाको तुलनामा पौरखनी गाँउमा प्रभावकारी भएको स्थानिय सरकारका प्रतिनिधी तथा वडा अध्यक्ष प्रकाश रायमाझी बताउँछन । विगतका वर्षमा बिकासका क्रियाकलाप सुन्य जस्तै भएका कारण यहाँबाट अन्यत्र बसाई सराईको क्रम बढेको थियो । पछिल्लो समयमा खानेपानी, विद्युत, सडक जस्ता राम्रो सुविधा भए पछि सिगो गाउ कृषि क्रान्तीमा लागेको पछि गाउँको मुहार फेरिएको छ । बसाइँ सरेर होस या रोजगारीको खोजीमा सम्पन्न शहर रोज्नेहरू क्रमिक रूपमा गाउ फर्कने क्रम बढेको वडा अध्यक्ष प्रकास रायमाझी बताउँछन ।

गाउँका युवा रोजगारीको अवसरको खोजीमा विदेशिए तर यहाँ मजदुरका रूपमा बाहिरबाट कामदार ल्याउनु परेको छ । विशेष गरी टमाटर, खुर्सानी टिप्नका लागि प्रतिब्यक्ति ५ सय रूपैया ज्याला दिएर काममा लगाउने हो । यस पटक टमाटर, र सिमी टिप्न २० हजार भन्दा बढि ज्याला लागेको अगुवा कृषक कुजु राना बताउछन । हावापानी, भु वनोट संगै सिचाईको सुबिधा जमिनमा कृषकको लगनशिलता भएको खण्डमा कृषि उपजको उत्पादन मात्र होइन ? रूपैयाँ नै उत्पादन गर्न सकिने नयाँ पुस्ताका कृषकहरूको अनुभव रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?