ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति

जितगढी युद्ध संग्रहालय सञ्चालन गर्न थप १२ करोड आवश्यक

७ मंसिर २०८०, बिहीबार
७ मंसिर २०८०, बिहीबार

बुटवल, ७ मंसिर ।

बुटवलको महत्वपूर्ण सम्पदाका रुपमा चिनाउने उद्देश्यले निर्माण गरिएको जितगढी युद्ध संग्रहालयले आर्थिक अभावका कारण पूर्णता पाउन सकेको छैन । करिब ७ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको सो संग्रहालय संचालनका लागि थप १२ करोड आवश्यक पर्ने भएपछि आर्थिक अभावमा अलपत्र परेको हो ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १ मा पुरानो नगरपालिका रहेको करिब ३ कठ्ठा जग्गामा निर्माण भएको सो युद्ध संग्रहालय गत आर्थिक बर्षमै निर्माण सम्पन्न भएको थियो । संग्रहालय संचालनका लागि आवश्यक सामग्रीहरु र आन्तरिक सजावट लगायतका कार्यहरु पूरा गर्न थप बजेटको आवश्यक रहेको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।

स्थानीयका अनुसार भवन निर्माण कार्य भएपनि युद्ध संग्रहालय संचालनका लागि आवश्यक आन्तरिक साजसज्जा र युद्धकालीन सन्दर्भ सामग्रीहरु खरिदका लागि बजेट अभावका कारण अलपत्र जस्तै रहेको छ । ठेक्का पाएको भवन निर्माण कम्पनीले सम्झौता अवधिमा निर्माण सकेर उपमहानगरपालिकालाई हस्तान्तरण गरेको ५ महिना वितिसक्दा पनि संगह्रालय संचालन नहुनुका साथै निकट भविष्यमा पनि संचालन हुने कुनै छाँटकाँट नरहेको स्थानीयले बताएका छन् ।

बाहिरको संरचना र मूल भवन निर्माण भैसकेको भएपनि बजेटको श्रोत सुनिश्चित हुन नसक्दा भवनभित्र निर्माण गरिने प्राचीन सामग्रीहरु, आन्तरिक ब्यवस्थापन, जनशक्ति ब्यवस्थापन, हातहतियार लगायत युद्ध सामग्रीहरु, तत्कालीन अवस्थाको पहिरन र परिवेश लगायत राख्न नसकिएको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरका अनुसार निर्माण कम्पनी शिवशक्ति कन्स्ट्रक्सन प्रालि बानेश्वर काठमाडौंले २०७७ साल माघ २६ गते ठेक्का लिएको र २०८० असार १० गते निर्माण सम्पन्न गरी बुटवल उप–महानगरपालिकालाई हस्तान्तरण गरेको थियो । करिब ७ करोडमा निर्माण सम्पन्न भएको उक्त संग्रहालयलाई पूर्णता दिन अझै थप १२ करोड रुपैयाँको आवश्यकता पर्ने बुटवल उप–महानगरका इन्जिनियर गौतम रौनियारले बताए ।

संघीय सरकार र बुटवल उपमहानगरपालिकाको संयुक्त लगानीमा निर्माण शुरु गरिएको सो युद्ध संग्रहालय संचालनका लागि थप बजेट जुटाउन आवश्यक प्रयास भैरहेको उल्लेख गर्दै ईन्जिनियर रौनियारले संघीय सरकार र प्रदेश सरकारका सरोकारवाला मन्त्रालय तथा निकायहरुमा बजेट माग गरिएको जानकारी गराए । भवन भित्र निर्माण गरिने प्राकृतिक तथा कृत्रिम संरचनाहरुको अध्ययन गरी डिपिआर तयार भैसकेको छ । थप बजेटका लागि प्रदेश र संघीय सरकारको पर्यटन मन्त्रालयमा माग गरिएको गौतमको भनाई छ ।

लुम्बिनी प्रदेशकै नमुना युद्ध संग्रहालयका रुपमा निर्माण गर्ने भनिएको यो संग्रहालय भवनका आन्तरिक संरचनाहरु तत्काल निर्माण सम्पन्न गरी छिटो सर्वसाधरणका लागि खुल्ला गर्नु पर्ने स्थानीयले माग गरेका छन् । यो भवन छिटो निर्माण सम्पन्न गरी सर्वसाधारणका लागि खुला गर्न सकेमा आन्तरिक तथा वाह्य पर्यटकहरु भ्यित्राउन सकिने अपेक्षा गरिएको स्थानीय हरिप्रसाद उपाध्यायको भनाई छ ।

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गरी पर्यटकहरु भित्र्याउने उद्देश्यले निर्माण भएको यो संग्रहालय ईतिहास र युद्ध सम्बन्धी अध्ययन अनुसन्धान गर्ने अध्यताहरुका लागि भविष्यमा खोज तथा अध्ययनको केन्द्र पनि बन्न सक्ने अनुमान गरिएको छ । संघीय र स्थानीय सरकारले लगानी गरेको उक्त संरचनालाई पूर्णता प्रदान गरी यथाशीघ्र संचालनमा ल्याउनुपर्ने कुरामा बुटवलबासीहरुले जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?