ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

नवौ संस्करणको नेपालगन्ज म्याराथन तथा कनक्लेभ तयारी पुरा

शान्ति, सद्भाव र एकता : राष्ट्र निर्माणमा प्रतिबद्धता
७ मंसिर २०८०, बिहीबार
७ मंसिर २०८०, बिहीबार

बुटवल, ७ मंसिर । नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादी बिच दशक लामो सशस्त्र द्धन्द्ध विधिवत अन्त्य गर्ने गरी भएको विस्तृत शान्ति सम्झौता (५ मंसिर २०६३) स्मरणमा संचालन हुदै आएको नेपालगन्ज म्याराथनको नवौ संस्करणको तयारी पुरा भएको छ । विहिबार पत्रकार सम्मेलन गरि आयोजक क्रियटिभ ह्याण्डसका संस्थापक अध्यक्ष टिएस ठकुरीले मंसिर ९ गते हुने नवौं धारा नेपालगन्ज म्याराथनसंगै यो वर्ष आयोजना हुन लागेको मंसिर ८ गतेको आर्थिक, साहित्य, आधाआकाश, खेल सहितको बिभिन्न बिषयमा बहस (नेपालगन्ज कनक्लेभ) को तयारी पुरा भएको बताए ।

यस वर्ष म्याराथनमा पुरस्कार राशी समेत वृद्धि गरिएको हो । विजेताले नगद दुई लाख पाउने प्राप्त गर्ने छन् । दोस्रो स्थान हासिल गर्नेले एक लाख, तेस्रोले ५० हजार, चौथोले २५ हजार, पाँचौंले १५ हजार, छैटौंले १० हजार, सातौं र आठौंले समान ५/५ हजारबाट पुरस्कृत गरिने छ । यसमा ४५ बर्षमाथिको धावकलाई पनि स्थान निर्धारण गरि प्रोत्साहन गरिने आयोजकले जनाएको छ । यसैगरि हाफ म्याराथन (महिला) मा प्रथम हुनेले ७५ हजार, दोस्रोले ५० हजार, तेस्रोले २५ हजार, चौथोले १५ हजार, पाँचौंले १० हजार, छैटौं, सातौं र आठौंलाई समान ५/५ हजार नगदले पुरस्कृत हुने आयोजक संस्थाका संस्थापक टिएस ठकुरीले बताए ।

त्यस्तै १० किलोमिटर महिला र पुरुषतर्फ शीर्ष तीन जनालाई ३० हजार, १५ हजार र १० हजार नगदले पुरस्कृत गरिनेछ । स्कुलस्तरीय ५ किलोमिटर दौडमा शीर्ष तीनलाई पाँच हजार, तीन हजार र दुई हजार प्रदान गरिनेछ । यसमा बाँके जिल्ला बाहिर र जिल्लाभित्रका विद्यार्थीलाई समेटिएको छ । यसमा पनि कक्षा ६ देखि ८ तथा ९ देखि १२ को अलग अलग स्थान निकालिनेछ । ह्वीलचेयर दौडमा पनि पुरुष तथा महिलातर्फ अलगअलग शीर्ष तीनलाई पाँच हजार, तीन हजार र दुई हजारबाट पुरस्कृत गरिनेछ । किड्स रनतर्फका विजेतालाई शैक्षिक उपहारबाट प्रोत्साहन गरिनेछ । कर्पोरेट पाँच किलोमिटर दौडमा विजेतालाई पदक र विभिन्न आकर्षक प्याकेजबाट सम्मानित गरिने ठकुरीले बताए ।
नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादी बिच दशक लामो सशस्त्र द्धन्द्ध विधिवत अन्त्य गर्ने गरी भएको विस्तृत शान्ति सम्झौता (५ मंसिर २०६३) स्मरणमा ५ मंसिरमा नेपालगन्जको बीपीचोक र कोहलपुर चौराहामा दीप प्रज्वलनसमेत गरिदै आएको छ । नेपालगन्ज म्याराथन एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्म रेश (एम्मबाट मान्यताप्राप्त दौड प्रतियोगिता हो । जापानको ओशाकामा भएको २३ जी सभामा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भाग लिएका थिए । यसले भविष्यमा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार हुने अपेक्षा छ । एम्सबाट ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी प्रमाणीकरण भएको छ । एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्ज म्याराथनले नेपालकै छैटौं पुरानो सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुरलाई जोड्ने काम गर्दछ । साथै, नेपालगन्ज म्याराथनका क्रममा कार्यक्रमलाई भव्य बनाउन सहभागिता जनाउने विभिन्न व्यक्ति तथा संस्थालाई पनि पुरस्कृत गरिनेछ । सबै जाति, सबै भाषा एक ठाउँ सबै मिलि देश बनाउँ भन्ने हेतुले म्याराथन रुटमा खेलाडीको हौसलाका लागि उपस्थित हुने सहभागीमध्येबाट एक जनालाई बेष्ट ड्रेस अवार्ड, बेस्ट सहभागिता अवार्ड, बेस्ट भोलेन्टियर अवार्ड लगायत विविध विधामा सम्मान गरिनेछ ।

नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ विजेता बनेका थिए । त्यसैगरी दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लानिवासी भारतीय गोखां सेनामा कार्यरत दुर्गाबहादुर बुढा, चौथोमा नेपाल पुलिस क्लबका भुमिराज राई, पाँचौंमा सेनाका भिमबहादुर साउद, छैठौंमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्कीं, सातौमा एपीएफकै किरणसिंह बोगटी र आठौँमा सेनाकै खडकबहादुर खड्का विजेता बनेका थिए भने महिला हाफ म्याराथनतर्फ सातौ र आठौं संस्करणमा गोल्डेन गर्न सन्तोषी श्रेष्ठ च्याम्पियन बनेकी थिइन । त्यसैगरी पहिलो एपीएफका कृष्णेस्वरी सिन्तकला, दोस्रोमा एपीएफकी कान्छीमाया कोजु, तेस्रोमा आर्मीकी रेशु बस्नेत, चौथोमा एपीएफकै कान्छीमाया कोजु, पाँचौंमा आर्मीकी पुर्णलक्ष्मी न्यौपाने, छैटौंमा एपीएफकी पुष्पा भण्डारी विजेता बनेका थिए । दुई संस्करण जित्ने खेलाडी कान्छीमाया कोजु र सन्तोषी श्रेष्ठ हुन् ।

नेपालगन्ज कनक्लेभमा युवा आर्कषण

नवौं धारा नेपालगंज म्याराथनको अघिल्लो दिने शुक्रबार अर्थतन्त्र, साहित्य, खेलकुद् र महिला सशक्तीकरणबारे विचार मन्थन गर्ने गरी नेपालगन्ज कनक्लेभ आयोजना गरिदै छ । म्याराथनको अघिल्लो दिन नेपालगन्ज म्याराथनलाई एउटा उत्सवका रुपमा अघि बढाउन यसै वर्षदेखि म्याराथनसँगै नेपालगन्ज कन्क्लेभसमेत आयोजना गर्न लागिएको आयोजक क्रियटिभ ह्याण्ड्सका संस्थापक अध्यक्ष टिएस ठकुरीले बताए । ‘कन्क्लेभ म्याराथनको बौद्धिक वार्मअप हो ।’—उनले भने । कनक्लेभलाई नेपालगन्ज साहित्य उत्सव–२०७३ को अर्को स्वरुपको शृंखलाका रुपमा अघि बढाउन लागिएको ठकुरीको दाबी छ । कनक्लेभमा खेलकुद् मात्र नभई समाज, अर्थ–राजनीति, साहित्य र सम्भावनाबारे विचार विमर्श गरिने उनले जानकारी दिए ।

नेपाली युवा उद्यमी मञ्च नेपालगन्ज च्याप्टर सहआयोजक र क्रियटिभ बुक्स साझेदार रहेको नेपालगन्ज कनक्लेभमा उद्यमशीलता, खेलकुद्, महिला सशक्तीकरण, साहित्य, युवा रोजगारलगायत विविध विषयका ६ वटा सत्र राखिएका छन् । पश्चिम नेपाल : उद्यमशीलता, पर्यटन र रोजगारी विषयमा उद्योगी प्रदीप छाजेड, नेपाल उद्योग परिसंघका कार्यकारी निर्देशक दीपकराज जोशी, धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमाल, भायानेटका सीईओ सेवा पाठक वक्ता रहने छन् । सो सेसनको मोडरेटर डा ओम मिश्रले गर्नेछन् ।
त्यस्तै, खेलकुदसँग टुटेको कडी : शिक्षा, स्वास्थ्य र खेलकुद् विषयक छलफलमा कर्णाली प्रदेशका प्रमुख सचिव चुडामणी पौडेल, विद्यालय संचालक शशी स्वाँर, मुटुरोग विशेषज्ञ डा विकास नेपाल, धाविका सन्तोषी श्रेष्ठ वक्ता रहने छन् । सो सेसनको सहजीकरण खेल पत्रकार प्रकाश तिमिल्सिनाले गर्नेछन् ।

यसैगरी, आकाश धर्ती बराबरी : महिला सशक्तीकरण विषयमा अन्तर्राष्ट्रिय उडान भर्ने पहिलो नेपाली पाइलट क्याप्टेन भावना पन्त, पर्वतारोही पूर्णिमा श्रेष्ठ, मिस नेपाल वल्र्ड श्रृच्छा प्रधान, पहिलो नेपाली महिला ओलम्पियन पार्वती थापा वक्ता रहेका छन् भने राष्ट्रिय मानवअधिकार आयोगका पूर्व सदस्य मोहना अन्सारीले यो सेसनको सहजीकरण गर्ने छिन ।
साहित्यसम्बन्धी अर्को सेसन छ, नेपाली आख्यानः के पढ्ने ? के लेख्ने ? आख्यानकार नयनराज पाण्डे, सुबिन भट्टराई, यस वर्षका मदन पुरस्कार विजेता उपन्यासकार विवेक ओझा, अभिनेत्री सुरक्षा पन्त वक्ता रहने छन् भने पत्रकार जनक नेपालले यो सेसनको सहजीकरण गर्नेछन् ।

युवा उद्यमशिलतासम्बन्धी स्वदेशमै सम्भव छ : युवा उद्यम र रोजगार विषयक छलफलमा हिमालय रिइन्स्योरेन्सका सीईओ उपासना पौडेल, युवा उद्यमी संघका अध्यक्ष सहारा जोशी, डल्फिन ग्रुपका डाइरेक्टर तीर्थ थापा र आईएमई ग्रुपका सचिन ढकाल वक्ता छन् भने यो सेसनको मोडरेटर नेपालगन्ज मेडिकल कलेजका निर्देशक डा नितेश कनोडियाले गर्ने छन् ।
नेपालगन्ज कनक्लेभको अन्तिम सत्रमा अभिनेता राजेश हमालसँग त्रिवि सहप्राध्यापक केशव सिग्देलको समाज, सिनेमा र साहित्यबारे संवाद हुने आयोजकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?