ट्रेंडिंग:

>> पूर्वप्रधानमन्त्री माधव नेपालले गरे चलचित्र नमेटिने घाउको आफ्नो दृश्यको डबिङ >> ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ? >> किन बढ्दै छ आइभिएफ ? >> ‘एक विद्यार्थी एक बिरुवा’ उपहार >> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त

निःशुल्क मधुमेह र मृगौला परीक्षणः मानव मृत्युको प्रमुख कारण बन्दै ‘नसर्ने रोग’

७ मंसिर २०८०, बिहीबार
७ मंसिर २०८०, बिहीबार

बुटवल, ७ मंसिर ।

विश्वभर नै धेरै मानव मृत्यु हुने कारणका रुपमा नसर्ने रोग कारण बनेको छ । नेपाल पनि यसबाट अछुतो छैन । स्वास्थ्य मन्त्रालयको एक तथ्यांक अनुसार नेपालमा वर्सेनि नसर्ने रोगका कारण ४२ प्रतिशत मानिसको मृत्यु हुने गरेको छ । अस्पताल पुग्ने विरामीमध्ये करिब ८१.५ प्रतिशत तथा ती मध्ये अन्तरंग सेवा लिने ८८ प्रतिशतलाई नसर्ने रोगको समस्या छ । नेपालमा दम, मुुटु, मृगौला, मधुमेह, पक्षघात, क्यान्सर लगायतका नसर्ने रोगको जोखिम बढ्दो छ ।

विश्व मधुमेह दिवसको अवसरमा केन सेन्टरले बुटवलमा सचेतना जगाउने उद्देश्यका साथ निःशुल्क स्वस्थ्य परीक्षण तथा अभिमुखिकरण चलाएको छ । चेन होटल पौवाको सहकार्यमा केन सेन्टरले मंगलबार र बुधबार (दुई दिने) मधुमेह र मृगौला सम्बन्धी निःशुल्क रगत र पिसाव जाँच गरेको छ । पौवाको योगीकुटी शाखामा संचालन गरिएको शिविरमा तिलोत्तमाका २ सय ३२ जना स्थानीयले सेवा लिएकामध्ये १४ प्रतिशतमा मधुमेह देखिएको केन सेन्टरका अध्यक्ष दिनेश कक्षपतीले बताए ।

कक्षपतीका अनुसार त्यसमध्येमा पनि मधुमेह संक्रमितसंगै २ प्रतिशतमा मृगौलामा सामान्य असर देखिएको छ । पछिल्लो समय नेपालीको प्रत्येक घरमा दीर्घरोगका रुपमा मधुमेह र उच्च रक्तचापका बिरामी बढेको तथ्यांकबाट प्रष्ट हुने उनको दाबी छ । ४० वर्ष माथिका व्यक्तिहरुमा सामान्य मधुमेह मात्रा देखिएको समयमा सही परामर्श र जीवनशैली व्यवस्थापन गर्न सके पूर्ण निमन्त्रण हुने उनले बताए । बिगत दुई दशकदेखि मधुमेह र मृगौला रोगबारे अभियान चलाएका कक्षपतीले तिलोत्तमामा मधुमेह र मृगौला बिरामीको संख्या धेरै देखिएको भन्दै समयमा नै नियन्त्रण नगरिए परिवारको स्वास्थ्यमा धेरै पैसा र समय सकिने चेतावनी दिए ।

यता होटल पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले संस्थागत रुपमा सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम गरेको बताए । होटलका ग्राहकका साथै छरछिमेकीहरुलाई समेत स्वास्थ्य सचेतना र सेवा दिएर अभियानलाई अघि बढाएको बताए । समयमा नै रोग पहिचान गरी ठूलो क्षति रोक्न सकिने हँुदा यस्तो अभियान जरुरी रहेको भन्दै उनले आगामी दिनहरुमा सहकार्य गर्दै जाने बताए ।

करिब २० वर्ष पहिले नेपालमा सर्ने रोगको संख्या ७० प्रतिशत र नसर्ने रोगको संख्या ३० प्रतिशत रहेकोमा यो संख्या बढेर हाल ६० प्रतिशत पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?