ट्रेंडिंग:

>> आज लुम्बिनी बौद्ध विश्वविद्यालयको १५ औं सभाको बैठक, प्रधानमन्त्रीले उद्घाटन गर्दै >> थारु मानक भाषाका लागि भाषा वर्ण निर्धारण अभ्यास >> लोक सांस्कृतिक महोत्सवले संस्कृतिको प्रवद्र्धन गर्छ : मन्त्री थापा >> गोमाको ‘घरको अचार’ >> बाउन्नगढी नै प्राचीन बौद्धकालिन सम्पदा >> साइन्सोत्सव >> छत्रेश्वरीमा छाडा गाई व्यवस्थापन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनीमा राज्य पक्षबाट शान्ति भंग गर्ने प्रयास भयो : सांसद शुक्ला (भिडियो सहित) >> न्यून गुणस्तरका तीन औषधी विक्रिमा रोक >> लुम्बिनी, बाग्मती र एपीएफको जित >> एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी >> मसिना युवा क्लबद्वारा तीन दिवसीय भलिबल प्रतियोगिता सुरु >> कन्चनमा प्रस्तावना तथा प्रतिवेदन लेखन सम्बन्धी तालिम सुरु >> टिसिएल लगातार दुई वर्ष ग्लोबल टप २ टिभी ब्रान्डको स्थानमा >> सिटिजन्स बैंकले ९.९९ प्रतिशत ब्याजदरमै घर कर्जा दिने >> दैलेखमा अन्तरपालिकास्तरीय खेलकुद प्रतियोगिता >> लुम्बिनीका मुख्यमन्त्रीको दोहोरो चरित्रः शिखर सम्मेलनमा ७ करोड खर्चिदा बालमैत्रीको बजेटमा बेवास्ता >> प्रदिप र अभिलाषा उपाधि रक्षाको दाउमा >> कर्णालीको पानी लम्की ल्याइँदै, मुख्यमन्त्री शाहद्वारा आयोजनाको शिलान्यास >> गाउँबस्ती सफा राख्न अन्तक्र्रिया >> लुम्बिनी प्रदेश सभाको बैठक ६ मिनेटमै सकियो >> स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउन सांसद घिमिरेको माग >> नामिबियाविरुद्ध नेपालको रोमाञ्चक जित >> सहमती कार्यान्वयनको माग राख्दै बर्दघाटमा धर्ना >> फोहोर जलाउने क्रममा घरमा आगलागी, दुई लाख ३० हजारको क्षति >> रुपन्देही र इलामका होटेल व्यवसायीको माग : पर्यटनलाई सरकारले मुख्य एजेण्डा बनाओस् >> देवदह नगरपालिकामा उपभोक्ता समितिको परिचालन र व्यवस्थापन >> रुन्न बरिलै भन्दै आइन् सुजाता >> दुई बर्ष भित्र घोराही लैंगिक हिंसा नियन्त्रित नगर घोषणा गर्ने तयारी >> टी- २० सिरिज: नेपालले आज नामिबियाको सामना गर्दै, जित्नैपर्ने दबाबमा नेपाल >> उद्घाटन खेलमा लुम्बिनी टिम गण्डकीसंग खेल्दै >> सरकारद्वार स्वर्गद्वारी गुठीपीडित किसानसंग वार्ता समिति गठन >> हिउँदयाम सकियो, आजदेखि प्रिमनसुन सुरु >> लुम्बिनीको हिउँदे अधिवेशन आजदेखि, शनिबार प्रधानमन्त्रीले सम्बोधन गर्ने >> ठेकेदार लापरबाहीले नागरिकलाई सास्ती >> लुम्बिनी स्वच्छतामा बढ्दो लापरवाही >> दादुरा रुबेला खोपः बालबालिकाको जोगाउँछ जीवन >> आठ वर्षमा बन्यो प्रदेशको लैंगिक नीति, छिट्टै कार्यान्वयनको आशा >> प्रिन्टेड पेपर ‘क्यान्सरको घर’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> नेपालगन्जमा होटल पौवाको ५ तारे होटलको शिलान्यास >> नेपाल स्काउटको बुटवल आयुक्तमा खरेल >> मुख्यमन्त्रीलाई सभामुख घर्तीका १० गम्भीर प्रश्न >> किन हुँदैछ कर्णालीलाई डिजिटल बनाउने बहस् ? >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा टोकन प्रणाली शुरु >>   प्रदिप, प्रनव, रितिक र निशान्त छैटौ बुटवल खुला राष्ट्रिय लनटेनिसको अन्तिम चारमा >> फुलबारीमा कुडुले घर >> अखिल नेपाल महिला संघको कर्णाली अध्यक्षमा रेग्मी >> कृषिमन्त्रीको राजीनामा माग्दै दूध किसान सडकमा (भिडियोसहित)
विचार

सहरमा घरजमको रहरले निम्त्याएको विदेश पलायन

७ मंसिर २०८०, बिहीबार
७ मंसिर २०८०, बिहीबार

कामको सिलसिलामा एक चिया पसलमा कसैको प्रतीक्षामा बसेको थिएँ । त्यतिकैमा मेरा निकटका आदरणीय गुरु मुस्कुराउँदै भित्र छिर्नुभयो । “गुरु नमस्कार” मैले मेरा आदरणीय सरलाई नमस्कार गरेँ । उहाँले पनि मुस्कुराउँदै दुबै हात जोड्नुभयो । गुरु र मेरो सम्बन्ध पहिलेदेखि नै सुमधुर थियो र अहिलेपनि उस्तै छ । गाउँले परिवेश, खेतीपाती, घरमै पशुपालन हुने हुँदा अर्गानिक खानपिन र शारीरिक श्रमले होला गुरुको मुहारमा चमक सदावहार उस्तै छ । यत्तिकैमा मैले प्रश्न गरेँ– “गुरु, हजुरले त स्वेच्छिक अवकाश लिने सोच बनाउनुभाछ रे, के यो साँचो हो ?” “खै अब छोड्नुपर्ला जस्तो छ ।” गुरुले जवाफ दिनुभो । “हैन गुरु, घरपायक पनि छ, बढुवा पनि भैसक्नुभाछ, एमफिल नि सक्नुभो, स्वास्थ्य पनि राम्रो छ । अनि के समस्या भो र सर ?” मैले प्रतिप्रश्न गरेँ । उहाँल भन्नुभो “खै बाबु…. समस्या त के भन्नु हाम्रो महाराजलाई महारानी भित्राउन सहरमा घर बनाइदिनु प¥यो रे ।” म अल्लमल्ल परे तर गुरुले भन्दै जानुभो…। उहाँको एकमात्र छोरा त ः बिबिएस सकेर एमडी पढ्न अमेरिका गएका छन् । विवाहित छोरी भने केही वर्ष अगाडि नै अस्ट्रेलिया पुगिसकेकी थिइन् । अब बिहे गरौँ न छोरा भनेर प्रसङ्ग चलाउन थालेको पनि निकै समय बितिसकेपछि बल्ल उहाँको छोराले काठमाडौँमा घर नबनाई बिहे नगर्ने विचार व्यक्त गरेछन् । विस्तृतमा खोतल्दै जाँदा छोराले रोजेकी उसकी प्रेमिकाले गाउँको घरमा बेहुली बनेर भित्रिन आफू तयार नरहेको कुरा गरेपछि उहाँको छोरालाई अप्ठ्यारो परेछ । लामो समयदेखिको पवित्र प्रेम सम्बन्धमा घर र गाउँको प्रसङ्ग बाधक बनेपछि जे जसरी भएपनि आफ्नो प्रेम बचाउन राजधानीमा घर बनाउन आफ्नो बुबालाई आग्रह गरेका रहेछन् । मात्र दुई सन्तान, छोरीको घरजाम भैसकेको अवस्थामा एउटा लगनशील, इमान्दार छोराको प्रस्ताव अस्वीकार गर्नु गुरुको बसको कुरा थिएन ।

उहाँको कुरा अनुसार आफ्नो सञ्चयकोष, बीमा, भएको सामान्य बचत र छोराको आम्दानी सबै बटुलेर करिब २० वर्षअगाडि ललितपुरमा किनेको ४/६ आना जग्गामा घर बनाउन पुग्दो रैछ । तर अन्तर आत्मादेखि चाहिँ गुरुलाई आफ्नो पेशा र गाउँ छोड्ने मन नभएको प्रस्ट हुन्थ्यो । समाजमा राम्रो प्रतिष्ठा बनाउनु भएका गुरु अझै केही वर्ष सक्रिय रहेर आफ्नो पेशालाई न्याय गर्न पक्कै सक्नुहुन्थ्यो । तर सन्तानको चाहनाका पछाडि अभिभावकको के नै चल्छ र । उहाँले भन्नुभो– “बाबु छोरीतिरको नाति नर्सरी पढ्दै छ, अब उपत्यकामा बास बनाउन र उतै बसेर नाति नातिनाको देखबाल गर्न गाउँ छोड्नैपर्ने भयो ।” गुरुले जागीर मात्र हैन गाउँ नै छोड्दै हुनुहुँदो रैछ । अलिक नमज्जा लाग्यो । केहीबेर अन्य कुराकानी भए, मेरो साथी आएपछि सँगै चिया पियौँ र गुरु निस्कनुभयो ।

बेलुका दिउँसोको गुरुसँगको संवादका विषयवस्तुले मेरो मगजमा अनेकौं प्रश्नहरू जन्मायो ।
– के शहरले साँच्चिकै गुरुलाई खुशी देला त ?
– उपत्यकामा घर नभई बिहे गर्दिनँ भन्ने छोराकी प्रेमिकाले के बिहेपछि गुरुको घरमा खुसी भित्राउलिन् त ?
– बिहान आठ बजे खाना खाएर विद्यालय जाने र दिनभर रमाउने गुरुको दिनचर्या अब कसरी बित्ला ?
– यो मेरो गुरुको मात्र समस्या होला कि, अरूको पनि ?
– के शहरमा घर नहुनेको बिहे नै नहुने हो त ?

मेरो विचारमा उक्त प्रेमिकाको प्रस्ताव भनेको अहिलेका अधिकांश युवतीहरूको आवाज हो । बदलिँदो सामाजिक परिवेश, ढिलो बिहे गर्ने प्रचलन लगायतले आजकल अधिकांश युवायुवती बिहे अगाडि प्रेम सम्बन्धमा जोडिन्छन् । जब बिहेको प्रसङ्ग चल्छ तब हैसियतरूपी प्रश्नवाचक चिन्ह भयंकर बनेर उभिन्छ । त्यो हैसियतमा सबैभन्दा अगाडि आउँछ घरको कुरा । यदि सहरमा घर छैन भने केटापक्ष त्यसै कमजोर देखिन्छ । बिहे गर्न उमेर पुगेका युवतीहरू र उनीहरूका अभिभावक, आफन्त सबैको चाहना हुन्छ– शहरमा घर भएको केटा होस् । हुन त सम्पन्न घर परिवारको चाहना सबैलाई हुन्छ र यो स्वाभाविक पनि हो । तर सम्पन्नताको परिभाषा के हो ? के शहरमा घर हुनु मात्रै सम्पन्नता हो ?
आजकल आफ्ना सन्ततिलाई खुसी बनाउन लागि गाउँमा÷पहाडमा प्रसस्त जग्गा, घरबारी, सामाजिक प्रतिष्ठा चटक्कै बिर्सेर शहरको एउटा घरभित्र सन्तुष्टि खोज्ने बा आमा थुप्रै हुनुहुन्छ होला । तर, सबैका मनहरू ती शहरका घरभित्र खुसी होलान् त ? यस्ता प्रश्नहरू थुप्रै उब्जिए । केही दिन अगाडि एमएस्सी सकेको एकजना भाइले भन्दै थिए, “दाइ, अब विदेश त बिहे गर्नका लागि भएपनि जानैपर्ने भयो । गाउँमा घर भएका हामी जस्तालाई कस्ले दिन्छ छोरी ?” उनको प्रश्नले पनि समकालीन समाजको धेरैथोक झल्काएको थियो । हो, आजकल गाउँमा बेहुली बनेर भित्रन कुनै युवतीहरू तयार छैनन् । गाउँमै जन्मेर, हुर्केर उच्च शिक्षाको खोजीमा मात्र शहर छिरेकाहरू छिटफुट बाहेक गाउँमा जीवन निर्वाह गर्ने कल्पना समेत गर्न सक्दैनन् । यो परिस्थिति किन सिर्जना भयो ? हामीले राज्य संरचना परिवर्तन गरेर गाउँ गाउँमा सरकार ल्यायौँ । केन्द्रको नजर हाम्रो घरदैलोमा पुगेन भनेर बनाएका हाम्रै जनप्रतिनिधिहरू विभिन्न भूमिकामा छन् । हामी भने छिटोभन्दा छिटो आफ्नो जन्मथलो छोडेर शहरमा घर जोडेर सम्पन्न बन्ने भागदौडमा प्रतिस्पर्धा गरिरहेका छौँ । परिस्थिति यस्तो बन्दैछ कि गाउँमा घर हुने युवायुवतीहरू बिहे गर्नकै लागि भएपनि शहरमा घर जोड्ने अभिलाषा सहितको भारी मन बोकेर विदेशको लागि जहाज चढ्नैपर्ने समय आखिर कसले जन्मायो ।
हामी औसत नेपालीको शहरमा घरजग्गा जोड्ने सपना र होडबाजी कहिलेसम्म चल्ला ? कति छन् कति यस्ता अनुत्तरित प्रश्नहरू…….. ।
सन्धिखर्क–७, अर्घाखाँची

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?